कानागावा
कानागावा प्रान्त(神奈川県, कानागाौवा केन) जापानको होन्शु टापुमा रहेको कांटो क्षेत्रको एक प्रान्त हो। कानागावा जापानको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको प्रान्त हो। यहाँ १ अप्रिल २०२२ अनुसार जनसंख्या ९,२२१,१२९ छ [१]र जनघनत्व करिब ३,८०० जना प्रति वर्ग किलोमिटर (९,८००/वर्ग माइल) रहेको छ। [२]
यसको भौगोलिक क्षेत्रफल २,४१५ वर्ग किलोमिटर (९३२ वर्ग माइल) छ, जसले यसलाई जापानको पाँचौं सानो प्रान्त बनाउँछ। कानागावा प्रान्तको उत्तरमा टोकियो, उत्तर-पश्चिममा यामानाशी प्रान्तर पश्चिममा सिजुओका प्रान्तसँग सिमाना जोड्छ।
यो प्रान्तको राजधानी र सबैभन्दा ठूलो शहर योकोहामा हो, जुन जापानको दोस्रो ठूलो शहर पनि हो। अन्य प्रमुख शहरहरूमा कावासाकी, सगामीहारा, र फुजिसावा समावेश छन्। कानागावा प्रान्त जापानको पूर्वी प्रशान्त महासागर किनारमा टोकियो र सगामी मा अवस्थित छ, जुन मियुरा प्रायद्वीप द्वारा छुट्याइएको छ र बोसो प्रायद्वीपको चिबा प्रान्तको अगाडी पर्छ।
कानागावा प्रान्त ग्रेटर टोकियो एरिया को हिस्सा हो, जुन विश्वकै सबैभन्दा बढी जनसंख्या भएको महानगरीय क्षेत्र हो। यो क्षेत्रको योकोहामा र अन्य केही शहरहरू प्रमुख व्यावसायिक केन्द्र र टोकियोका दक्षिणी उपनगरहरूका रूपमा परिचित छन्।
कानागावा प्रान्त कामाकुरा काल (११८५–१३३३) मा जापानको राजनीतिक र आर्थिक केन्द्रको रूपमा परिचित थियो, जब कामाकुरा जापानको राजधानी र सबैभन्दा ठूलो शहर थियो र कामाकुरा शोगुनातको मुख्यालय पनि त्यहीँ रहेको थियो।[३]
अहिले कानागावा प्रान्त टोकियो क्षेत्रको लोकप्रिय पर्यटन स्थल हो, जहाँ कामाकुरा र हाकोने दुई लोकप्रिय गन्तव्य रहेका छन्न्।
भूगोल
[सम्पादन गर्नुहोस्]कानागावा प्रान्तअपेक्षाकृत सानो प्रान्त हो, जुन कांटो मैदानको दक्षिणपूर्वी कुनामा स्थित छ। यसलाई उत्तरमा टोकियो, उत्तरपश्चिममा माउन्ट फुजीको तलाउ, र दक्षिण तथा पूर्वमा सगामी बे र टोकियो बे ले घेरिएको छ।
पूर्वी भाग अपेक्षाकृत समतल र बढी सहरीकरण भएको छ, जसमा योकोहामा र कावासाकी जस्ता ठूलो बन्दरगाह शहरहरू समावेश छन्।
दक्षिणपूर्वी क्षेत्र, मियुरा प्रायद्वीप नजिक, कम सहरीकरण छ र प्राचीन शहर कामाकुरा मन्दिर र देवालयहरूको लागि पर्यटकहरूलाई आकर्षित गर्दछ। पश्चिमी भागको सिमा यामानाशी र शिजुओका प्रान्तसँग छ, यहाँ बढी पहाड छन् र ओदावारा र हाकोने जस्ता रिसोर्ट क्षेत्रहरू समावेश छन्।
यो क्षेत्रको विस्तार पश्चिमदेखि पूर्वसम्म ८० किलोमिटर र उत्तरदेखि दक्षिणसम्म ६० किलोमिटर छ, कुल क्षेत्रफल २,४०० वर्ग किलोमिटर छ, जुन जापानको कुल भूमि क्षेत्रफलको ०.६४% हो।
प्राकृतिक पार्क
[सम्पादन गर्नुहोस्]१ अप्रिल २०१२ सम्म, कुल भूमिको २३% प्राकृतिक पार्कका रहेको छ, जसमा फुजी-हाकोने-इज़ु नेशनल पार्क, तन्जावा-ओयामा क्वासी-नेशनल पार्क, र जिन्बा सगामीको, मनाजुरु हान्तो, ओकुयुगावारा, तन्जावा-ओयामा प्रिफेक्चरल नेचर पार्कहरू छन्।
कानागावा प्रान्ततीन भिन्न क्षेत्रहरूमा विभाजित छन्:
• पश्चिमी क्षेत्र: पहाडी, जसमा तन्जावा पर्वत श्रृंखला र माउन्ट हाकोने ज्वालामुखी छ।
• पूर्वी क्षेत्र: टीलयुक्त, जसमा तामा हिल्स र मियुरा प्रायद्वीप छन्।
• केन्द्रीय क्षेत्र: समतल, मुख्य नदिहरू जस्तै सगामी नदी, साकाई नदी, त्सुरुमी नदी, र तामा नदी वरिपरि फैलिएको छ।
तामा नदी कानागावा र टोकियोबीचको धेरै सीमा बनाउँछ। सगामी नदी प्रान्तको बीच भाग हुँदै बग्छ। पश्चिमी क्षेत्रमा, सकावा नदी सानो तराई क्षेत्र सकावा लोवल्याण्ड हुँदै बग्छ र सगामी बे मा मिसिन्छ।
तन्जावा पर्वत श्रृंखला, कांटो पर्वत श्रृंखलाको हिस्सा, मा सबैभन्दा उच्च शिखर माउन्ट हिरु (१६७३ m) छ। अन्य पहाडहरूको उचाई १,४००–१,६०० मिटर आसपास छ, जस्तै हिनोकिबोराम हिमाल, तन्जावा हिमाल, ओमुर्तो हिमाल, हिमेत्सुगी हिमाल, र उसु हिमाल।
दक्षिणमा पर्वत श्रृंखला होचो हुन्छ र हदानो बेसिन तर्फ विस्तार हुन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]कानागावा प्रान्तमाका पुरातात्विक स्थलहरू जोमोन काल (करिब ४०० ई.पू.) सम्मका पाईन्छ। करिब ३,००० वर्षअघि, हाकोने ज्वालामुखी विस्फोट भयो जसले प्रान्तको पश्चिमी क्षेत्रमा असी भनिने पोखरी निर्माण भयो।[४]
५ औँ शताब्दीदेखि सम्राट वंशले यस क्षेत्रमा शासन गरेको थियो भन्ने विश्वास गरिन्छ। प्राचीन कालमा, यस क्षेत्रका मैदानहरू कम जनसंख्या) बसोबास गर्थे। मध्यकालीन जापानमा कानागावा सगामी र मुसाशी प्रान्त को भाग थियो। सगामीको मध्य भागमा रहेको सहर कामाकुरा काल (११८५–१३३३) मा जापानको राजधानी थियो।
एडो कालमा, सगामी प्रान्तको पश्चिमी भाग ओदावारा किल्ला का दाइम्योले शासन गर्थे भने पूर्वी भाग टोकुगावा शोगुनात द्वारा सिधा शासित गर्थे।
म्याथ्यु पेरी १८५३ र १८५४ मा कानागावामा आए र जापानी बन्दरगाहहरू अमेरिकाका लागि खोल्न "कन्वेन्सन अफ कानागावा" मा हस्ताक्षर गरे। योकोहामा, टोकियोको सबैभन्दा ठूलो गहिरो-पानी बन्दरगाह भयो र १८५९ मा विदेशी व्यापारीहरूको लागि खोलियो र पछि जापानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा विकसित भयो।
योकोसुका, टोकियो को मुख नजिकै, एक नौसेनाको बन्दरगाहको रूपमा विकसित भयो र अहिले अमेरीकी र जापानी समुद्री आत्म-रक्षा बलको अपरेशनहरूको मुख्यालयको रूपमा काम गर्छ।
मेइजी कालपछि, धेरै विदेशीहरू योकोहामा शहर मा बसोबास गर्न थाले। मेइजी सरकारले जापानमा पहिलो रेलवे १८७२ मा शिनबाशी (टोकियो) देखि योकोहामा सम्म विकास गर्यो।
१९२३ को ग्रेट कान्टो भूकम्प को केन्द्र बिन्दु सगामी बेको इज़ु ओशिमा टापु मुनि थियो। यसले टोकियो, योकोहामा, चिबा, कानागावा र शिजुओका प्रान्तहरूमा व्यापक विनाश ल्यायो। समुद्र ४०० मिटर सम्म पछाडि हट्यो र त्यसपछि ठूलो तटीय तरंगको रूपमा फर्केर मित्सुइशी-शिमा डुबायो। कामाकुरामा भूकम्प, सुनामी र आगोबाट मृत्यु हुनेहरूको संख्या २,००० भन्दा बढी भयो। ओदावारामा, ९०% भवनहरू तुरुन्तै भत्किए र त्यसपछि आगोले बाँकी रहेका संरचनाहरूलाई नष्ट गर्यो।
१९४५ मा यू.एस. बमबारी ले योकोहामा, कावासाकी र अन्य प्रमुख शहरहरूमा ठूलो क्षति पुर्यायो। कुल मृत्यु दर केही हजारभन्दा बढी थियो। युद्धपछि, जनरल डगलस म्याकआर्थर, जापानको कब्जा गर्ने गठबन्धन सेनाहरूका सुप्रीम कमाण्डर, कानागावामा उत्रिए। हाल पनि कानागावामा अमेरिकी सैन्य अड्डाहरू छन्।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Statistics Bureau Home Page", www.stat.go.jp।
- ↑ "Kanagawa Prefecture Resident Economic Accounts for Fiscal Year 2021", Kanagawa Prefecture Government (जापानीमा), अन्तिम पहुँच २०२४-१०-१८।
- ↑ NHK Broadcasting Culture Research Institute, सम्पादक (२४ मे २०१६), NHK日本語発音アクセント新辞典, NHK Publishing।
- ↑ "Jomon Prehistoric Sites in Northern Japan", मूलबाट २०२५-०९-०१-मा सङ्ग्रहित।