कानेगाड खोला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कानेगाड खोला दैलेख जिल्लाको सिंगासैन गा. वि. स.को "छेपाडी" भन्ने ठाउँबाट उद्गम भएर तिलेपाटा गा. वि. स. हुदै बग्ने खोला हो। यो खोला राकम कर्णालीमा पुगेर कर्णाली नदीमा मिलेको छ। यो खोलामा दुइवटा लघु जल विद्युत गृह निर्माण गरिएका छन्। तिलेपाटा गा.वि.स.को चौडेता भन्ने स्थानमा एक लगु जल विद्युत गृह निर्माण गरिएको छ। यहाँबाट तिलेपाटा गा.वि.स.को ३ वटा वडाहरूमा पर्ने करिब ३०० घरधुरीहरूलाई विद्युत आपुर्ती भएको छ। यसैगरी राकम कर्णाली र तिलेपाटाको सिमाना नजिक पर्ने रहखेतमा अर्को लघु जल विद्युत गृह निर्माण गरिएको छ। यसबाट राकम कर्णाली गा.वि.स.का करिब ५०० वटा घरधुरी र राकम कर्णाली बजारलाई विद्युत आपुर्ती भैरहेको छ। तिलेपाटा गा.वि.स.को वडा नंवर १ तानिखेत भन्ने ठाउँमा पनि अर्को लघु जल विद्युत गृह बनाई तिलेपाटा गा.वि.स.का ३ वटा वडाहरूलाई विद्युत आपुर्ती दिने लक्ष राखिएको छ।