कामीरिता शेर्पा
एभरेस्ट म्यान कामीरिता शेर्पा | |
|---|---|
सन् २०१० मा रिता | |
| जन्म | कामीरिता शेर्पा १७ जनवरी १९७० थामे, नेपाल |
| अन्य नाम | एभरेस्ट म्यान |
| नागरिकता | नेपाली |
| पेशा | पर्वतारोहण |
| कार्यकाल | सन् १९९२–वर्तमान |
| चिनारीको कारण | सगरमाथाको ३२ पटक सफल आरोहण |
| जीवनसाथी | लाक्पा जाङ्मु |
| सन्तान | २ |
कामीरिता शेर्पा (जन्म: माघ ०४, २०२६) सगरमाथा शिखरमा सबैभन्दा धेरै पटक आरोहण गरेर कीर्तिमानी बनाएका एक नेपाली शेर्पा पर्वतारोही हुन्। उनले २०७५ जेठदेखि उनले यो कीर्तिमान आफ्नो नाममा बनाएका थिए। उनले वि.सं २०८३ जेठ ३ का दिन ३२ औँ पटक सगरमाथा शिखरको सफल आरोहण गरेर[१][२] आफूले पहिले बनाएको कीर्तिमान तोडेका थिए।[३][४] उनका बुबा सन् १९५० मा सगरमाथा विदेशी पर्वतारोहीहरूका लागि खोलिएपछि पहिलो व्यावसायिक शेर्पा पथप्रदर्शकहरूमध्ये एक थिए। उनका भाइ लाक्पा रिताले[५] पनि १७ पटक सगरमाथा आरोहण गरिसकेका छन्।[६][७]
२०७४ सालमा रिता सगरमाथाको शिखर २१ पटक पुग्ने तेस्रो व्यक्ति बनेका थिए जसले यो कीर्तिमान आप्पा शेर्पा र फूर्वा तासी शेर्पासँग साझा गरेका थिए।[८][९] पछिल्ला दुवै व्यक्तिहरू त्यसपछि सेवानिवृत्त भएका छन्।[१०]
जेठ ०२, २०७५ मा, ४८ वर्षको उमेरमा रिताले ८,८४८ मिटर (२९,०३१ फिट) अग्लो यो हिमालको सबैभन्दा धेरै आरोहणको कीर्तिमान बनाउँदै सगरमाथा २२ पटक आरोहण गर्ने पहिलो व्यक्ति बनेका थिए।[६][११][१२] त्यस वर्षको अप्रिलमा, उनले समाचार माध्यमलाई बताएअनुसार उनी सेवानिवृत्ति हुनुभन्दा पहिले २५ पटक सगरमाथा आरोहण गर्ने योजनामा रहेका थिए। "यो मेरा लागि मात्र होइन, मेरो परिवार, शेर्पा जाति र मेरो देश नेपालको लागि हो";[१३][६] उनले वि.सं २०८२ जेठ १३ का दिन सगरमाथाको ३१औँ पटक सफल आरोहण पूरा गरेका थिए।[१४]
रितासँग सबैभन्दा धेरै ८,००० मिटरभन्दा अग्ला हिमालको शिखर आरोहणको कीर्तिमान पनि रहेको छ जसमा उनले जम्मा ४२ पटक आरोहण गरेका थिएर सगरमाथा बाहेक, उनको कुल आरोहणमा चोयुमा ८ पटक (२००१, २००४, २००६, २००९, २०११, २०१३, २०१४ र २०१६), ल्होत्से (२०११), के२ (२०१४) र मनास्लु (२०२३) समावेश छन्।[१५][१४]
व्यवसाय
[सम्पादन गर्नुहोस्]रिताका भाइ लाक्पा रिताका अनुसार,[१६] कामीको हिमालसँग सम्बन्धित पहिलो काम सन् १९९२ मा आधार शिविरमा भान्सेलाई सहयोग गर्ने थियो। अर्को विवरणअनुसार उनले १२ वर्षको उमेरदेखि नै सगरमाथा आधार शिविरसम्म सामान बोक्ने भरियाको रूपमा काम गर्न थालेका थिए। २४ वर्षको उमेरसम्म उनले सगरमाथा आरोहण गरिसकेका थिए।[१७]
सन् २०१८ मा रिताले एक पत्रकारसँग कुरा गर्दै नेपाल सरकारले पर्वतारोहण मार्गदर्शकहरूलाई उचित सहयोग नगरेको बताएका थिए। उनका अनुसार, “हामी विश्वभर परिचित छौँ। धेरै विदेशीहरूले हामीलाई चिन्छन्, तर हाम्रो सरकारले हाम्रो ख्याल गर्दैन।” उनले आङरिता शेर्पालाई सन् २०१७ मा मस्तिष्कघात भएपछि काठमाडौँमा अस्पताल भर्ना गर्दा सरकारले कुनै सहयोग नगरेको पनि बताएका थिए।[१८]
उन्नत उपकरण र मौसम पूर्वानुमानका कारण विगतको तुलनामा पर्वतारोहण सुरक्षित भए पनि यो पेशा अझै जोखिमपूर्ण रहेको उनले बताएका थिए।[१९] रिताले भनेका थिए, “हिमनदीका चिराहरू गहिरा हुन्छन् र हिमालका ढलानहरू अप्रत्याशित हुन्छन्।”[१६]
सन् २०१८ को एक प्रतिवेदनअनुसार एनपिआरले सगरमाथामा हुने कुल मृत्युको एक-तिहाइ शेर्पा आरोहीहरूको हुने जनाएको थियो।[२०][२१]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]रिताको जन्म नेपालको थामे गाउँमा भएको थियो जुन सोलुखुम्बु जिल्लामा पर्दछ।[२२] उनी ठूलो परिवारसँग एउटै कोठाको घरमा हुर्किएका थिए। थामे गाउँ प्रसिद्ध पर्वतारोही शेर्पाहरूको जन्मस्थल पनि हो, जसमा तेन्जिङनोर्गे पनि पर्दछन्, जसले एडमन्ड हिलारीसँग मिलेर सन् १९५३ मा पहिलो आरोहण मार्फत सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए।[२३]
युवावस्थामा उनले भिक्षु बन्ने विचार गरेका थिए र थामे डेचेन चोखोरलिङ गुम्बामा केही समय बिताएका थिए तर पछि उनले त्यो मार्ग नअपनाउने निर्णय गरेका थिए।
सन् २०१८ को एक प्रतिवेदनअनुसार रिता आफ्नी पत्नी लाक्पा जाङ्मु र दुई सन्तानसँग काठमाडौँमा बस्छन्। उनले आफ्ना सन्तानलाई शिक्षा दिलाएका छन् ताकि उनीहरूले पर्वतारोहण मार्गदर्शनभन्दा कम जोखिमपूर्ण पेशा रोज्न सकून्। उनले एक पत्रकारलाई भनेका थिए, “हामी अशिक्षित र गरिब थियौँ, र त्यसबेला जीविकोपार्जनका अन्य उपाय थिएनन्। त्यसैले जीवन धान्न खतरनाक हिमाल चढ्न बाध्य भयौँ।”
सगरमाथा अभियानहरू
[सम्पादन गर्नुहोस्]अभियान समयरेखा:
| वर्ष | मिति / उचाइ | मार्ग | स्थिति / टिप्पणी |
|---|---|---|---|
| सन् १९९४ | १३ मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् १९९५ | ८५०० मिटरसम्म | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् १९९७ | २५ मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | आरोही |
| सन् १९९८ | २५ मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् १९९९ | १३ मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २००० | २३ मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २००२ | २५ मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २००३ | ३० मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २००४ | २४ मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २००५ | ३० मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २००६ | २० मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २००७ | २२ मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २००८ | २४ मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २००९ | ५ मे, २३ मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | डोरी जडान टोली / उच्च हिमाली कामदार |
| सन् २०१० | ५ मे, २४ मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | डोरी जडान टोली / उच्च उचाइ कामदार |
| सन् २०१२ | १८ मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २०१३ | १० मे, २२ मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | डोरी जडान टोली / उच्च हिमाली कामदार |
| सन् २०१६ | २० मे | उत्तर कोल | उच्च हिमाली कामदार |
| सन् २०१७ | २७ मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २०१८ | १६ मे[२४] | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २०१९ | १५ मे, २१ मे[२५] | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २०२१ | ७ मे[२६] | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २०२२ | ७ मे[२७] | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २०२३ | १७ मे,[२८] २३ मे | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २०२४ | १२ मे,[२९][३०] २२ मे[३१][३२] | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
| सन् २०२५ | २७ मे[३३] | दक्षिण कोल - दक्षिणपूर्वी रिज | उच्च हिमाली कामदार |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Kami Rita Sherpa sets new world record with 32nd Everest summit", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२६-०५-१७।
- ↑ Sen, Sandeep (२०२६-०५-१७), "Kami Rita, Lhakpa Sherpa script history with record Everest summits on same day", himalayantimes, अन्तिम पहुँच २०२६-०५-१७।
- ↑ P, Basu (२०२५-०६-०३), "Kami Rita Sherpa’s Incredible Journey - Everest 31 Times…", Nepal Social Treks and Expedition (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०५-१७।
- ↑ "Kami Rita Sherpa Makes History Again: 31st Ascent of Mount Everest on May 27, 2025", 14Peaks Expedition (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०५-१७।
- ↑ Legend, Sherpa (२०२५-०१-०५), "Lakpa Rita Sherpa : How a Schoolboy's Dream Led to 17 Everest Summits", Sherpa Legend (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०५-२०।
- 1 2 3 "Sherpa guide Kami Rita climbs Everest for record 22nd time", The Guardian, Associated Press, १६ मे २०१८ – www.theguardian.comद्वारा।
- ↑ "Kami Rita Sherpa scales Mt. Everest 23 times", १५ मे २०१९।
- ↑ "Nepalese Kami Rita Sherpa scales Mount Everest for record 21 times", The Financial Express (अङ्ग्रेजीमा), २०१७-०५-२७, अन्तिम पहुँच २०१७-०५-२७।
- ↑ "Nepalese Sherpa scales Everest for record 21 times", The Tribune (India), PTI, २८ मे २०१७, अन्तिम पहुँच २३ अप्रिल २०२२।
- ↑ Gurubacharya, Binaj (१५ मे २०१९), "Sherpa climber scales Mount Everest for a record 23rd time", chicagotribune.com।
- ↑ "Kami Rita Sherpa scales Mt Everest for record 22 times", The Himalayan Times, अन्तिम पहुँच २०२३-०८-०१।
- ↑ "Sherpa eyes record-breaking 22nd Everest climb", Gulf Times, अन्तिम पहुँच २०२३-०८-०१।
- ↑ "This veteran Sherpa is trying to reach the top of Everest for a record-breaking 22nd time", The Independent, ११ अप्रिल २०१८।
- 1 2 "Sherpa climbs Mount Everest for a record-breaking 31st time", CNN, Associated Press, २७ मे २०२५, अन्तिम पहुँच २७ मे २०२५।
- ↑ "Most ascents of 8,000ers", Guinness World Records, guinnessworldrecords.com, ७ मे २०२२, अन्तिम पहुँच २०२५-०५-२९।
- 1 2 "This veteran Sherpa is trying to reach the top of Everest for a record-breaking 22nd time", The Independent (अङ्ग्रेजीमा), २०१८-०४-११, अन्तिम पहुँच २०१९-०५-२३।
- ↑ Prasai, Sangam (२०१९-०४-१९), "Everest climber Kami Rita returns to break his own world record", www.efe.com (अङ्ग्रेजीमा), मूलबाट २०१९-०४-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०५-२३।
- ↑ "Sherpa eyes record-breaking 22nd Everest climb", Gulf-Times, २०१८-०५-१२, अन्तिम पहुँच २०१९-०५-२३।
- ↑ "Will Everest's Climbing Circus Slow Down After Disasters?", National Geographic News, २०१५-०५-१३, मूलबाट १५ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०५-२३।
- ↑ "One-Third Of Everest Deaths Are Sherpa Climbers", NPR, १४ अप्रिल २०१८, अन्तिम पहुँच १७ मे २०१९।
- ↑ "Why is Mount Everest running out of Sherpa guides?", SBS Your Language (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-२३।
- ↑ Benavides, Angela (२१ मे २०१९), "Everest Summit", explorersweb.com, अन्तिम पहुँच १८ डिसेम्बर २०२२।
- ↑ "Leadership", Thames Sherpa Fund, १ मार्च २०१६, अन्तिम पहुँच १७ मे २०१४।
- ↑ "Everest bears witness to several new records today", dreamwanderlust.com, १६ मे २०१८।
- ↑ "Kami Rita Sherpa breaks his own world-record again, scales Everest for 24th time today", dreamwanderlust.com, २१ मे २०१९।
- ↑ "Kami Rita Sherpa breaks his own record with 25th ascent to Mt Everest", khabarhub.com, ७ मे २०२१, अन्तिम पहुँच ४ जुलाई २०२२।
- ↑ "Nepal's Kami Rita Sherpa climbs Mount Everest for 26th time to set new world record", newsonair.gov.in, ८ मे २०२२, अन्तिम पहुँच ४ जुलाई २०२२।
- ↑ Sharma, Gopal (२०२३-०५-१७), "Nepali sets Everest record with 27 ascents, Briton makes most summits by a foreigner", Reuters (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०५-१७।
- ↑ "Sherpa Kami Rita scales Mount Everest for 29th time, extending his own record", NBC News, २०२४-०५-१३, अन्तिम पहुँच २०२४-०५-१३।
- ↑ Sangam Prasain (२०२४-०५-१४), "Kami Rita summits Everest 29th time, eyes yet another climb this season", The Kathmandu Post, अन्तिम पहुँच २०२४-०५-१४।
- ↑ "Nepal's 'Everest Man' claims record 30th summit", france24.com, २२ मे २०२४, अन्तिम पहुँच २२ मे २०२४।
- ↑ "Kami Rita Sherpa scales Mt Everest for 30th time breaking own record", The Himalayan Times, २२ मे २०२४, अन्तिम पहुँच २२ मे २०२४।
- ↑ Gopal Sharma (२७ मे २०२५), "Nepali Sherpa scales Mount Everest for a record 31st time", reuters.com, अन्तिम पहुँच २९ मे २०२५।