काराकोरम भञ्ज्याङ
| काराकोरम भञ्ज्याङ | |
|---|---|
विशाल काराकोरम क्षेत्र भित्र काराकोरम भञ्ज्याङको अवस्थिति | |
| उन्नतांश | ५,५४० मिटर (१८,१८० फिट) |
| द्वारा आरपार | रोबर्ट स (सन् १८६८); फ्रान्सिस यङ्हसब्यान्ड (सन् १८८९); थियोडोर जुनियर र केर्मिट रुजवेल्ट (सन् १९२६)। |
| स्थान | लद्दाख, भारत – सिन्जियाङ, चीन |
| शृङ्खला | काराकोरम हिमशृङ्खला |
| निर्देशाङ्कहरू | ३५°३०′४८″N ७७°४९′२३″E / 35.5133°N 77.8231°E |
| काराकोरम भञ्ज्याङ | |||||||
|---|---|---|---|---|---|---|---|
| चिनियाँ नाम | |||||||
| परम्परागत चिनियाँ | 喀喇崑崙山口 | ||||||
| सरलीकृत चिनियाँ | 喀喇昆仑山口 | ||||||
| |||||||
| उइगुर नाम | |||||||
| उइगुर | قاراقۇرۇم ئېغىزى | ||||||
काराकोरम भञ्ज्याङ[१] (उइगुर: قاراقۇرۇم ئاغىزى) काराकोरम हिमशृङ्खलामा भारत र चीन बीचको ५,५४० मिटर वा १८,१७६ फिट अग्लो पहाडी भञ्ज्याङ हो। यो लद्दाखको लेह र तारिम जलाधारको यारकन्द बीचको प्राचीन कारभान मार्गको सबैभन्दा अग्लो भञ्ज्याङ हो।[२] 'काराकोरम' नाम तुर्केली भाषाबाट आएको हो जसको अर्थ 'कालो गिट्टी' हो।[३]
ऐतिहासिक रूपमा, बाटोको उच्च उचाइ र आहारको अभावका कारण अनगिन्ती भारी बोक्ने जनावरहरूको मृत्यु हुन्थ्यो भने यो मार्गमा हड्डीहरू चारैतिर छरिएर रहेको कारण क्षेत्र कुख्यात थियो।[४] यहाँ वनस्पतिको लगभग शून्य उपस्थिति रहेको छ।[५]
भञ्ज्याङबाट दक्षिणतिर यात्रा गर्दा लगभग ५,३०० मिटर (१७,४०० फिट) मा रहेको बाँझो देप्साङ मैदानहरू पार गर्दै तीन दिनको पैदल यात्रा गर्नुपर्दथ्यो।[६] उत्तरमा, देश केही हदसम्म कम उजाड थियो र यात्रुहरूले अपेक्षाकृत सजिलो र तल्लो सुगेट दावान (वा सुगेट भञ्ज्याङ) पार गर्नुपर्दथ्यो र त्यसपछि काराकास नदीको माथिल्लो उपत्यकामा रहेको शाहिदुल्ला वरपरको हरियो चरन मैदानमा पुगिन्थ्यो।[७]
यो भञ्ज्याङ दुई पहाडहरूको बीचमा रहेको र लगभग ४५ मिटर (१४८ फिट) चौडा छ। त्यहाँ कुनै पनि वनस्पति छैन र हावाको कारणले गर्दा यो सामान्यतया हिउँबाट मुक्त छ। तापक्रम कम छ, प्रायः धेरै उच्च गतिमा हावा बहन्छ भने यहाँ हिमपात भइरहन्छ। यी सबैको बावजुद, दुबै तर्फ क्रमिक उकालो चढ्ने र वर्षको धेरैजसो समय ग्रीष्मकालीन हिउँ र बरफको अभावको कारण यसलाई अपेक्षाकृत सजिलो भञ्ज्याङ मानिन्थ्यो। फलस्वरूप, भञ्ज्याङ वर्षको अधिकांश समय खुला रहन्छ।[८] यस भञ्ज्याङ पार गर्ने कुनै मोटर जाने बाटो छैन, र भञ्ज्याङ हाल सबै यातायातको लागि बन्द छ।
भूराजनीतिक समस्याहरू
[सम्पादन गर्नुहोस्]काराकोरम भञ्ज्याङ भारतको केन्द्र शासित प्रदेश लद्दाख र चीनको सिन्जियाङ स्वायत्त क्षेत्र बीचको सिमानामा पर्दछ।
यसले भञ्ज्याङको दक्षिणपश्चिममा रहेको सियाचिन हिमनदी क्षेत्रको नियन्त्रणलाई लिएर पाकिस्तान र भारत बीचको विवादमा पनि प्रमुख भौगोलिक भूमिका खेल्छ। यो क्षेत्र सन् १९८४ देखि भारतको नियन्त्रणमा छ (हाल लद्दाखको केन्द्र शासित प्रदेशको भागको रूपमा प्रशासित छ)।[९][१०][११][१२][१३] यो अवस्था सन् १९७२ मा भारत र पाकिस्तान बीच हस्ताक्षर गरिएको सिमला सम्झौताबाट उत्पन्न भएको थियो, जब सन्धिले नियन्त्रण रेखाको अन्त्यदेखि चीनसँगको सीमासम्मको युद्धविराम रेखाको अन्तिम १०० किलोमिटर (६० माइल) वा सोभन्दा बढी निर्दिष्ट गर्न असफल भएको थियो।
काराकोरम भञ्ज्याङमा सम्भावित चीन-भारत-पाकिस्तान त्रिविन्दूको उल्लेख सन् १९६३ मा चीन र पाकिस्तान बीच काराकोरम पार क्षेत्र सम्बन्धी सीमा सन्धिमा गरिएको थियो, तर भारत त्यो सन्धि वा कुनै त्रिविन्दू सम्झौताको पक्ष थिएन।[१४] हालको वास्तविक त्रिविन्दू सियाचिन मुज्तागको इन्दिरा कोल नजिकैको भञ्ज्याङबाट लगभग १०० किलोमिटर पश्चिममा छ, जहाँ भारतीय र पाकिस्तानी सेनाहरू बीचको वास्तविक भू-नियन्त्रण रेखा चीनसँगको सीमासँग मिल्छ।
ऐतिहासिक नक्साहरू
[सम्पादन गर्नुहोस्]टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ SRTM data; the figure is now known to be a few meters lower than the figure of 5578 provided in Rizvi, Janet. Trans-Himalayan Caravans : Merchant Princes and Peasant Traders in Ladakh, p. 28. 1999. Oxford University Press. New Delhi. आइएसबिएन ०-१९-५६४८५५-२.
- ↑ "Pass to better relations with China", The Hindu, India, २०१३, अन्तिम पहुँच ७ जुलाई २०१३।
- ↑ Younghusband, Francis E. The Heart of a Continent: A Narrative of Travels in Manchuria, across the Gobi Desert, through the Himalayas, the Pamirs and Chitral, 1884-94. First published: 1897. London. Unabridged facsimile (2005): Elibron Classics Replica Edition, p. 225. London आइएसबिएन १-४२१२-६५५१-६ (pbk); आइएसबिएन १-४२१२-६५५०-८ (hbk).
- ↑ Shaw, Robert. (1871). Visits to High Tartary, Yarkand and Kashgar. Reprint with Introduction by Peter Hopkirk (1984): Oxford University Press, p. 431. आइएसबिएन ०-१९-५८३८३०-०.
- ↑ Rizvi, Janet. Ladakh: Crossroads of High Asia, p. 48. 1983. Oxford University Press. Reprint: Oxford University Press, New Delhi (1996). आइएसबिएन ०-१९-५६४५४६-४.
- ↑ Rizvi, Janet. (1999). Trans-Himalayan Caravans : Merchant Princes and Peasant Traders in Ladakh, p. 216. Oxford University Press. New Delhi. आइएसबिएन ०-१९-५६४८५५-२.
- ↑ Younghusband, Francis E. The Heart of a Continent: A Narrative of Travels in Manchuria, across the Gobi Desert, through the Himalayas, the Pamirs and Chitral, 1884-94. First published: 1897. London. Unabridged facsimile (2005): Elibron Classics Replica Edition, p. 226. London आइएसबिएन १-४२१२-६५५१-६ (pbk); आइएसबिएन १-४२१२-६५५०-८ (hbk).
- ↑ Rizvi, Janet. (1999). Trans-Himalayan Caravans : Merchant Princes and Peasant Traders in Ladakh, pp. 28, 217. Oxford University Press. New Delhi. आइएसबिएन ०-१९-५६४८५५-२.
- ↑ "The Tribune, Chandigarh, India – Opinions"।
- ↑ Gauhar, Feryal Ali; Yusuf, Ahmed (२ नोभेम्बर २०१४), "Siachen: The place of wild roses", अन्तिम पहुँच ४ अगस्ट २०१७।
- ↑ North, Andrew (१२ अप्रिल २०१४), "Siachen dispute: India and Pakistan's glacial fight", BBC News, अन्तिम पहुँच ४ अगस्ट २०१७।
- ↑ "India gained control over Siachen in 1984 - Times of India", The Times of India, ९ अप्रिल २०१२, अन्तिम पहुँच ४ अगस्ट २०१७।
- ↑ "The Siachen Story, then and Now"।
- ↑ Anderson, Ewan W. (२००३), International Boundaries: A Geopolitical Atlas, Routledge, पृ: १८०, आइएसबिएन 978-1-57958-375-0।
