काराकोरम राजमार्ग
| National Highway 35 | |
|---|---|
| काराकोरम राजमार्ग شاہراہ قراقرم | |
| मार्ग विवरण | |
| एसियाली राजमार्ग ४, एसियाली राजमार्गको भाग | |
| सम्भारकर्ता राष्ट्रिय राजमार्ग प्राधिकरण (पाकिस्तान) र सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको यातायात विभाग (चीन) | |
| लम्बाइ | १,३०० किमी (८०० माइल) पाकिस्तान: ८८७ किमी (५५१ माइल) चीन: ४१३ किमी (२५७ माइल) |
| वर्तमान | सन् १९६६–वर्तमान |
| इतिहास | सन् १९७९ मा सम्पन्न, सन् १९८६ देखि सर्वसाधारणका लागि खुला |
| प्रमुख स्थानहरू | |
| उत्तर अन्त्य | |
| दक्षिण अन्त्य | |
| स्थान | |
| देश | Pakistan |
| मुख्य सहरहरू | हरिपुर, एबटाबाद, मानसहरा, बटग्राम, बेसम, पट्टन, दासु, चिलास, गिलगित, अलियाबाद, गुलमित, सोस्त, तासकुरगान, उपाल, काशगर |
| राजमार्ग प्रणाली | |
| काराकोरम राजमार्ग | |||||||
|---|---|---|---|---|---|---|---|
| चिनियाँ नाम | |||||||
| सरलीकृत चिनियाँ | 喀喇昆仑公路 | ||||||
| |||||||
| ur name | |||||||
| ur | شاہراہ قراقرم शाहराहा कराकरम | ||||||


काराकोरम राजमार्ग (उर्दु: شاہرہ قراقرم), जसलाई राष्ट्रिय राजमार्ग ३५ (उर्दु: قومی شاہراہ ۳۵), र चीन-पाकिस्तान मैत्री राजमार्ग पनि भनिन्छ, १,३०० किमी (८१० माइल) लामो राष्ट्रिय राजमार्ग हो जुन पाकिस्तानको पञ्जाबको हसन अब्दलदेखि गिलगित बाल्तिस्तानको खुन्जराब भञ्ज्याङ सम्म फैलिएको छ, जहाँ यो चीनमा प्रवेश गर्छ र चिनियाँ राष्ट्रिय राजमार्ग ३१४ बन्छ।
यो राजमार्गले पाकिस्तानी प्रदेश पञ्जाब र खैबर पख्तुनख्वा साथै गिलगित बाल्तिस्तानलाई चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रसँग जोड्छ।[१][२] यो राजमार्ग एक लोकप्रिय पर्यटकीय आकर्षण हो र संसारको सबैभन्दा अग्लो पक्की सडकहरू मध्ये एक हो, जुन काराकोरम हिमशृङ्खला हुँदै खुन्जराब भञ्ज्याङ नजिकै ४,७१४ मिटर (१५,४६६ फिट) को अधिकतम उचाइमा पुग्छ। यसको उच्च उचाइ र निर्माण गरिएको कठिन परिस्थितिका कारण, यसलाई प्रायः विश्वको आठौँ आश्चर्य भनेर चिनिन्छ। यो राजमार्ग एसियाली राजमार्ग ४ को एक अंश पनि हो।[३][४][५]
इतिहास
[सम्पादन गर्नुहोस्]
काराकोरम राजमार्गलाई चीन र पाकिस्तान सरकारहरूले संयुक्त रूपमा निर्माण गरेका थिए। यो सन् १९६२ मा सुरु भएको थियो र सन् १९७९ मा सम्पन्न भएको थियो भने यसलाई सन् १९८६ मा जनताका लागि खोलिएको थियो। पाकिस्तानले सुरुमा मिन्टका भञ्ज्याङ हुँदै जाने बाटो रोजेको थियो। सन् १९६६ मा, चीनले मिन्टका हवाई आक्रमणको लागि बढी संवेदनशील हुने तथ्यलाई उद्धृत गर्दै ठाडो खुन्जेराब भञ्ज्याङ सिफारिस गरेको थियो।[६] राजमार्ग निर्माण गर्दा लगभग ८१० पाकिस्तानी र लगभग २०० चिनियाँ कामदारहरूको प्रायः पहिरो र खसेर मृत्यु भएको थियो।[७] निर्माणको क्रममा मृत्यु भएका १४० भन्दा बढी चिनियाँ कामदारहरूलाई गिलगितको चिनियाँ चिहानमा गाडिएको थियो। यसको बाटोले प्राचीन रेशम मार्गको धेरै बाटोहरू मध्ये एकलाई पछ्याउँछ।[८]
पाकिस्तानी तर्फ, सडक फ्रन्टियर वर्क्स अर्गनाइजेसनद्वारा निर्माण गरिएको थियो, जसले पाकिस्तानी सेनाको इन्जिनियर फौजलाई रोजगारी दिएको थियो। पाकिस्तानी सेनाको प्रमुख इन्जिनियर शाखाले राजमार्गको इतिहासको दस्तावेजीकरण गर्ने परियोजना पूरा गरेको थियो। काराकोरम राजमार्गको इतिहास पुस्तक ब्रिगेडियर (सेवानिवृत्त) मुहम्मद मुमताज खलिदले दुई खण्डमा लेखेका थिए। पहिलो खण्डमा, लेखकले भूमि र मानिसहरू, उत्तरी क्षेत्रहरूमा प्रागैतिहासिक सञ्चार प्रणाली, गिलगितसँग सबै मौसमी सडक सम्पर्कको आवश्यकता र सिन्धु उपत्यका सडकको निर्माणको बारेमा छलफल गर्छन्। दोस्रो खण्डले सिन्धु उपत्यका सडकलाई काराकोरम राजमार्गमा रूपान्तरण गर्ने घटनाहरू, यसको निर्माणमा कठिनाइहरू, र यसको निर्माणमा पाकिस्तानी सेनाको इन्जिनियर फौज र उनीहरूका चिनियाँ समकक्षीहरूको भूमिकाहरू कैद गर्दछ।[९]
पर्यटन
[सम्पादन गर्नुहोस्]हालैका वर्षहरूमा राजमार्गले साहसिक पर्यटन गन्तव्यको रूपमा विकसित भएको छ यद्यपि पाकिस्तानले घरेलु पर्यटकहरूको तुलनामा थोरै अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्दछ। तर हालका वर्षहरूमा, देशको सुधारिएको सुरक्षा अवस्थाका कारण,[१०] सन् २०१३ देखि पाकिस्तान आउने विदेशी पर्यटकहरूको सङ्ख्या तीन गुणा बढी भएको छ, जुन सन् २०१६ मा १७ लाख ५० हजार पुगेको थियो।[११]
देशका पर्यटकीय गन्तव्यहरू मध्ये, यसलाई द गार्जियनले "तेस्रो उत्कृष्ट" मानेको छ।[१२][१३] बीबीसी ट्राभलले यसको लोकप्रियतालाई केहीले "विश्वको आठौँ आश्चर्य" भनेर उल्लेख गरेको छ, जबकि स्थानीय वातावरण र संस्कृतिमा यसको नकारात्मक प्रभावलाई पनि उल्लेख गरेको छ।[१४]
सडकले पर्वतारोहीहरू र साइकल चालकहरूलाई यस क्षेत्रका धेरै अग्ला पहाडहरू, हिमनदीहरू र तालहरूमा सजिलो पहुँच दिएको छ। राजमार्गले सडक मार्गबाट इस्लामाबादबाट गिलगित र स्कार्दुमा पहुँच प्रदान गर्दछ। यी पाकिस्तान प्रशासित कश्मीरको गिलगित बाल्तिस्तान क्षेत्रमा पर्वतारोहण अभियानका लागि दुई प्रमुख केन्द्रहरू हुन्।[१५]
पाकिस्तान प्रशासित कश्मीरको गिलगित-बाल्तिस्तान प्रशासन र चीनको सिन्जियाङ प्रशासनले आफ्ना स्थायी बासिन्दाहरूलाई सीमा पास जारी गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। यो पास एक आर्थिक वर्षको लागि मान्य छ र खुन्जराब भञ्ज्याङबाट मात्र यात्रा गर्न प्रयोग गरिन्छ। काराकोरम राजमार्गलाई संसारको सबैभन्दा सुन्दर गन्तव्यहरू मध्ये एकको रूपमा वर्णन गरिएको छ। यसलेले पाकिस्तानको हसन अब्दलबाट काश्गरसम्म अन्तर देशीय सडक यात्रा प्रदान गर्दछ।[१६]
नल्तार उपत्यका काराकोरम राजमार्ग मार्फत पहुँच गरिएका सबैभन्दा रमणीय उपत्यकाहरू मध्ये एक हो।[१७] उपत्यकमा हिउँले ढाकिएका पहाडहरू, आकाशका अग्ला चुचुराहरू, उच्च पर्वतीय ढलानहरू, उच्च उचाइका तालहरू, हिमनदीहरू र पहाडी भञ्ज्याङहरू रहेका छन्। बिशगिरी ताल पाकिस्तानको अग्लो तालहरू मध्ये एक हो। जबकि पकोडा भञ्ज्याङ यसको हिमनदी र घाँसे मैदानहरूको लागि प्रसिद्ध छ।
हिमाल र हिमनदीहरू
[सम्पादन गर्नुहोस्]

काराकोरम राजमार्गले गिलगित-बाल्तिस्तान, कश्मीर र चीनका लगभग सबै चुचुराहरूको लागि अभियानहरूको लागि मार्ग प्रदान गर्दछ। यस क्षेत्रमा बाल्तोरो र सियाचिन हिमनदीहरू जस्ता विश्वका केही ठुला हिमनदीहरू समावेश छन्। पाकिस्तानमा रहेका विश्वका आठ हजार मिटर (२६,००० फिट) भन्दा अग्ला दुई हिमालहरू राजमार्गबाट पहुँचयोग्य छन्। राजमार्गमा यात्रा गर्दा प्रत्यक्ष रूपमा देख्न सकिने उल्लेखनीय पहाडहरू निम्न छन्:
- नङ्गा पर्वत, गिलगित-बाल्तिस्तान, ८,१२६ मी (२६,६६० फिट) उचाइ सहित विश्वको नवौँ अग्लो हिमाल
- राकामपोसी, गिलगित-बाल्तिस्तान, ७,७८८ मी (२५,५५१ फिट) उचाइ सहित २७औँ अग्लो हिमाल
- दिरान, गिलगित-बाल्तिस्तान, पाकिस्तानको खतरनाक हिमाल
- शिस्पर, गिलगित-बाल्तिस्तान
- उल्तर सर, गिलगित-बाल्तिस्तान
- तुपोपदन, गिलगित-बाल्तिस्तान,
राजमार्गमा यात्रा गर्दा धेरै हिमनदीहरू देख्न सकिन्छ:
- मिनापिन हिमनदी
- पसु हिमनदी
- गुलकिन हिमनदी
- खुन्जराब हिमनदी
नदी तथा तालहरू
[सम्पादन गर्नुहोस्]राजमार्गबाट धेरै नदी र तालहरू पहुँचयोग्य छन्। यी समावेश छन्:
- सिन्धु नदी
- हुन्जा नदी
- एब्टाबाद नदी
- गिलगित नदी
- खुन्जराब नदी
- काराकुल नदी सिन्जियान (चीनमा)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Karakoram Hindu Kush", मूलबाट २९ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अक्टोबर २०१०।
- ↑ Lonely Planet Karakoram वेब्याक मेसिन अभिलेखिकरण ११ अक्टोबर २०१२ मिति
- ↑ "World record highways – Karakoram", मूलबाट ११ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अक्टोबर २०१०।
- ↑ Mahnaz Z. Ispahani (जुन १९८९), Roads and Rivals: The Political Uses of Access in the Borderlands of Asia (First संस्करण), Cornell University Press, पृ: १९१, आइएसबिएन 978-0801422201।
- ↑ Tanveer Naim (२०१०), "South Asia", UNESCO Science Report, युनेस्को, पृ: ३४२, आइएसबिएन 978-9231041327, अन्तिम पहुँच १८ जुलाई २०१३।
- ↑ 刘欣 (२०१३-०५-०३), "重寻玄奘之路" (चिनियाँमा), 东方早报, मूलबाट १० नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०२-०२, "1966年,时任新疆军区副司令员的张希钦在主持修筑中巴公路时,为避敌国空袭,放弃了巴方主张的走宽阔的明铁盖达坂的方案,而取道地势高峻的红其拉甫山口。"
- ↑ 25th Anniversary of the Karakoram Highway (1978–2003) वेब्याक मेसिन अभिलेखिकरण २८ मे २०१३ मिति". Pakistan Post Office, 16 May 2006. Retrieved on 10 July 2006.
- ↑ Li, Keqiang (२०१३-०५-२३), "Making New Progress in Growing China-Pakistan All-Weather Friendship", जनवादी गणतन्त्र चीनको विदेश मन्त्रालय (अङ्ग्रेजीमा), मूलबाट ३ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०२-०२।
- ↑ Muhammad Mumtaz Khalid (१३ जुन २०१३), "History of KKH", www.historyofkkh.info, मूलबाट २०१३-०६-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०२३ – web.archive.orgद्वारा।
- ↑ shuaib (२०१९-०८-१८), "Road Trip on Karakoram Highway", Mehmaan Resort (en-USमा), मूलबाट १ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०९-०१। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-०१ मिति
- ↑ "Foreign tourists to Pakistan more than triple since 2013", Dawn, ३० सेप्टेम्बर २०१७, मूलबाट २९ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मे २०१८।
- ↑ shuaib (२०१९-०८-१८), "Hunza Valley: Insight into Colors", Mehmaan Resort (en-USमा), मूलबाट १ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०९-०१। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-०१ मिति
- ↑ Windsor, Antonia (१७ अक्टोबर २००६), "Out of the rubble", The Guardian (London), मूलबाट ५ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०१०।
- ↑ Shea, Samantha (८ सेप्टेम्बर २०२३), "The Road that's the Eighth World Wonder", बीबीसी।
- ↑ Pakistan and the Karakoram Highway, Owen Bennett-Jones, Lindsay Brown, and John Mock, Lonely Planet Publications; 6 Rev Ed edition (30 Sep 2004), आइएसबिएन ०-८६४४२-७०९-३
- ↑ Karakoram Highway, Road Trip, "Karakoram Highway Cross Country Road Trip", www.skardu.pk, Skardu.pk, मूलबाट २४ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ नोभेम्बर २०१६।
- ↑ shuaib (२०१९-०८-१८), "Naltar Valley: Heaven on Earth", Mehmaan Resort (en-USमा), मूलबाट १ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०९-०१। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-०१ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- उर्दुमा: सफर है सार्ट काराकोरम राजमार्गमा आधारित वृत्तचित्र, विश्वको आठौँ आश्चर्य
- ब्रिगेडियर (सेवानिवृत्त) मुमताज खलिद (पाकिस्तानी सेनाको इन्जिनियर फौज)द्वारा काराकोरम राजमार्गको इतिहास
- काराकोरम राजमार्ग उत्तरी कश्मीर वेबसाइट
- काराकोरम राजमार्गमा उर्जिन वाघमारको टिप्पणी र ताहिर जहाँगीरको समीक्षा पाकिस्तानको उत्तरी क्षेत्रको यात्रा साथी, सन् २००४
- उत्तरी क्षेत्र विकास प्रवेशद्वार
- पाकिस्तानको उत्तरी क्षेत्रहरू
- काराकोरम राजमार्गको नक्सा
- राजमार्गको संक्षिप्त विवरण
- काराकोरम राजमार्ग मार्फत यात्राको फोटोग्राफिक विवरण
- गिलगित बाल्तिस्तानमा काराकोरम राजमार्ग अन्तरदेशीय सडक मार्गका साहसिक कार्य
३५°३६′उ ७४°३९′पू / 35.600°N 74.650°E
३६°५१′००″उ ७५°२५′४०″पू / 36.85000°N 75.42778°E
