कार्डी बी
कार्डी बी | |
|---|---|
सन् २०२४ मा कार्डि बी | |
| जन्म | बेलकुइस मार्लेनिस अलमान्जर ११ अक्टोबर १९९२ न्यु योर्क सहर, संयुक्त राज्य अमेरिका |
| अन्य नाम | बेल्कालिस अल्मान्जर-सेफस |
| शिक्षा | बरो अफ म्यानहट्टन कम्युनिटी कलेज (छाडेको) |
| पेशा |
|
| कार्यकाल | सन् २०१५–हाल |
| जीवनसाथी | |
| समकक्षी | स्टिफन डिग्स (२०२५ – हाल) |
| सन्तान | ४ |
| आफन्त |
|
| पुरस्कार | पुरस्कारहरूको पूर्ण सूची |
| साङ्गीतिक जीवन | |
| विधा |
|
| वाद्ययन्त्र | गायन |
| लेबल | एट्लान्टिक |
| वेबसाइट | cardib |
| लोगो | |
| हस्ताक्षर | |
बेल्कुइस मार्लेनिस अल्मान्जर[१] (पूर्व नाम सेफस, जन्म; सन् १९९२ अक्टोबर), व्यावसायिक रूपमा कार्डी बी को रूपमा परिचित, एक अमेरिकी र्यापर हुन्।[२] न्युयोर्कमा हुर्किएकी उनी आफ्नो ऊर्जावान र्याप प्रवाह र स्पष्टवादी शब्दहरूका लागि परिचित छिन्। सन् २०१६ मा आफ्नो साङ्गीतिक यात्रा सुरु गरी दुईवटा मिक्सटेपहरू सार्वजनिक गरेपछि कार्डी बीलाई लोकप्रिय सङ्गीतमा महिला र्यापरहरूको सान्दर्भिकता कायम राख्न मद्दत पुर्याएको श्रेय दिइन्छ।[३]
सन् २०१८ मा सार्वजनिक गरिएको उनको पहिलो स्टुडियो एल्बम, इन्भेजन अफ प्राइभेसी बिलबोर्ड २००को शीर्ष स्थानमा पुगेको थियो। यस गीतिसङ्ग्रहले कुनै पनि महिला र्यापरको एल्बमका लागि अहिलेसम्मकै सबैभन्दा लामो समयसम्म तालिकामा रहन सफलको कीर्तिमानी कायम गरेको थियो। यो २१औँ शताब्दीको सबैभन्दा धेरै बिक्री हुने र महिला र्यापरद्वारा सार्वजनिक गरिएको उच्च प्रमाणित गीतिसङ्ग्रह बन्न सफल भएको थियो।रोलिङ स्टोन द्वारा महिला र्यापरको हालसम्मकै उत्कृष्ट पहिलो एल्बमको रूपमा वर्गीकृत यस एल्बमले कार्डी बीलाई उत्कृष्ट र्याप एल्बम विधामा पुरस्कार प्राप्त गर्ने इतिहासकै पहिलो एकल महिला कलाकार बनाएको थियो। यस गीतिसङ्ग्रहका "बोडाक एल्लो" र "आई लाइक इट" जस्ता गीतहरू बिलबोर्ड हट १०० को शीर्ष स्थानमा पुग्न सफल हुँदा यी गीतहरूले अमेरिकी रेकर्ड उद्योग सङ्घद्वारा डायमन्ड प्रमाणित प्राप्त गरेका थिए। "बोडाक एल्लो" बोलको गीतले कार्डि बीलाई २१औँ शताब्दीमा एकल गीत मार्फत बिलबोर्ड हट १०० को शीर्ष स्थानमा पुग्ने र डायमन्ड प्रमाणित गीत प्राप्त गर्ने पहिलो महिला र्यापर बनाएको थियो। मरून फाइभसँगको सहकार्यमा सार्वजनिक गरिएको "गर्ल लाइक यु" शीर्षकको गीतले पनि रेकर्ड उद्योग सङ्घद्वारा डायमन्ड प्रमाणिकरण प्राप्त गरेपछि कार्डी बी थुप्रै प्रमाणिकरण प्राप्त गर्ने पहिलो महिला र्यापर बनेकी थिइन्।
सन् २०२५ मा सार्वजनिक गरिएको एम आई द ड्रामा? नामक उनको दोस्रो एल्बमले उनलाई इतिहासमै आफ्ना पहिलो दुईवटै एल्बमहरू सार्वजनिक गरिए लगत्तै बिलबोर्ड २०० को शीर्ष स्थानमा प्रवेश गरेपछि यो सफलता प्राप्त गर्ने उनी प्रथम महिला र्यापर बनेकी थिइन् भने यो सन् २०२० को दशकको सबैभन्दा उच्च प्रमाणित महिला र्याप एल्बम पनि बन्न सफल भएको थियो। यो २०२० को दशकमा बिलबोर्ड २०० को शीर्ष दसभित्र सबैभन्दा धेरै हप्ता टिक्न सफल र बिलबोर्ड हट १०० सङ्गीत तालिकामा उनका १८ वटा गीतहरू तालिका प्रवेश गरेपछि उनको यस एल्बम बिलबोर्डको इतिहासमै सर्वाधिक सफल बनेको थियो। त्यसैगरी उनको यस एल्बमबाट "आउटसाइड" नामक गीत अमेरिकी बिलबोर्ड हट १०० शीर्ष १० मा र "वाप" र "अप" नामक गीतहरू तालिकाको शीर्ष स्थान पुगेका थिए। यसको अतिरिक्त, "वाप" नामक गीत हट १०० को शीर्ष स्थानमा पुग्ने महिला र्यापसँगको पहिलो सहकार्यतात्मक गीत थियो जसले ठूलो सांस्कृतिक प्रभाव निकै ठूलो थियो।
कार्डी बीका ५ वटा गीतहरू बिलबोर्ड हट १०० सङ्गीत तालिकाको शीर्ष स्थान पुगेपछि सबै धेरै गीत शीर्ष स्थानमा पुर्याउन सफल उनी एकमात्र महिला र्यापर बनेकी थिइन्। यसबाहेक उनी अमेरिकी डिजिटल एकल बिक्री (६ करोड ९० लाख) मा अहिलेसम्मकै सबैभन्दा उच्च प्रमाणित महिला र्यापर हुन्। उनका तीनवटा डायमन्ड प्रमाणित गीतहरू अन्तर्गत "बोडाक एल्लो" अहिलेसम्मकै सबैभन्दा उच्च प्रमाणित महिला र्याप गीत हो जसले अमेरिकामा कुल १० करोड आरआइएए प्रमाणित एकाइहरू बिक्री गरेको थियो। थप रूपमा इन्भेजन अफ प्राइभेसी शीर्षकको उनको एल्बम एप्पल म्युजिक र स्पोटिफाईमा सबैभन्दा धेरै पटक बजाइएको महिला र्याप एल्बम हो। कार्डी बीले महिला र्यापरको रूपमा एक ग्रामी पुरस्कार, सबैभन्दा धेरै बिलबोर्ड सङ्गीत पुरस्कार (८), गिनिज विश्व कीर्तिमान (८), बेट हिप हप पुरस्कार (१४) र वर्ष शीर्ष गीतकार पुरस्कार (२) प्राप्त गरेकी थिइन्। यसका साथै उनले ६ वटा अमेरिकी सङ्गीत पुरस्कार र ४ वटा एमटिभी भिडियो म्युजिक पुरस्कार पनि प्राप्त गरेकी थिइन्। टाइम पत्रिकाले उनलाई सन् २०१८ मा विश्वका १०० प्रभावशाली व्यक्तित्वहरू मध्ये एकको रूपमा सूचीबद्ध गरेको थियो भने सन् २०२० माबिलबोर्ड उनलाई वर्ष शीर्ष महिला घोषणा गरेको थियो।
टिप्पणीहरू
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ English pronunciation: /ˈbɛlkəliːz ɑːlˈmænzɑːr/ BEL-kə-leez ahl-MAN-zar, Spanish pronunciation: स्पेनी उच्चारण: [alˈmansaɾ].
- ↑ Cobo, Leila (जुलाई ३, २०१८), "The Times Have Changed: What 'I Like It' Hitting No. 1 Means to Latin Music", Billboard (magazine), अन्तिम पहुँच जुलाई ६, २०१८।
- ↑ Kameir, Rawiwa (जुन २२, २०१७), "Cardi B Did It Her Way", The Fader, अन्तिम पहुँच जुलाई १७, २०१७।
बाह्य कडीहरू
[सम्पादन]- आधिकारिक वेबसाइट

- कार्डी बी अल म्युजिकमा
- कार्डी बी डिसकोग्समा साङ्गीतिक कार्यहरू
- इन्टरनेट चलचित्र डेटाबेसमा कार्डी बी
- कार्डी बी म्युजिक ब्रेन्जमा साङ्गीतिक सङ्ग्रहहरू