कार्तिकेय (मोहन्याल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

कार्तिकेय ( मोहन्याल) देवता कुमाऊ गडवालमा रहेका स्वामी केदारनाथ (शिव)का पुत्र हुन्। केदारनाथका दुई पुरत्रहरू गणेश र कार्तिकेय(मोहन्याल)का बीचमा को ठुलो (जेठो) भन्नेमा विवाद भयो। त्यो विवाद चर्कदै जाँदा केदारनाथले थाहा पाएकी उनका छोराहरु को ठुलो भन्नेमा विवाद गरिरहेका छन्। यसपछि केदारनाथले भने तिमीहरु बिबाद नगर जसले सुमेरु पर्वत सात पटक परिक्रमा गरेर पहिले फर्कन्छ त्यो ठुलो हुन्छ भने पछि कार्तिकेय ( मोहन्याल) मयुरमा सवार गरेर सुमेरु पर्वत परिक्रमा गर्न हिंडे भने उता गणेश मुसामा सवार भएर केदारनाथ (शिव)को मात्र परिक्रमागर्न थाले। दुबैले परिक्रमा गरेर केदारनाथ सामु आई बिन्तिगरेकी हामीले परिक्रमा गरेर सकेउ अब यहाँको निर्णय पर्खेका छौ, भनेपछि शिवले गणेशको सुमेरु पर्वत परिक्रमा सम्बन्धिको तर्क(कुरा) सुने गणेशले भने यो संसारमा सुमेरु पर्वत भने पनि जे भने पनि हजुर(केदार/शिव) हो त्यस कारण मैले हजुरको सात पटक परिक्रमा गरेको छु। गणेशका यस्ता कुराले केदारनाथ (शिव)गणेश देखि खुशी भई त्यसै दिनदेखि केदार (शिव)ले कार्तिकेय( मोहन्याल) र गणेश( धिरगाणी) मध्ये गणेश बुद्दिको र कार्तिकेय शक्तिको जेठो (धनि) हुने छन् भन्ने निर्णय गरेकाले गणेश बुद्दि र कार्तिकेय शक्ति का जेठा (धनि ) भए। यसैले कुनै पनि बैदिक कार्य गर्दा पहिले गणेशको पूजा गरेर मात्र अन्य कार्य हुन्छ र लेखनको सुरुवात पनि श्री गणेशाय नम: भनेर हुने भएको हो । कार्तिकेय (मोहन्याल) शक्तिका बलवान भएकोले दैत्य, राक्षेसको बधगर्न अगाडि जान्छन । यसैकारण यिनलाई ३३ कोटी देवताका सेनापति तथा ५२ गण देवताका राजा भनिएको हो । लडाई, युद्दमा यी बाघ(सिंह) चलाउने गर्दछन। बाघको सहयोगले दुस्मन, बैरीको बर्बादी गर्दछन ।

राज सिंहासनमा मोहन्याल (कार्तिकेय)
नाम : कार्तिकेय (मोहन्याल )
पुत्र : शिव (केदार )
चरित्र : ३३कोटी देवताका राजा
कुलदेवता : कत्युरी राजवंशका
पुजन तिथि : हरिबोधनी एकादसी
जात्रा (जांत ) : कार्तिकशुक्ल दशमी
युद्द वाहन : बाघ (सिंह)
उड्ने वाहन : मजूर(मयुर)
स्थान : डोटी अलाड़ी (नेपाल)

कार्तिकेय(मोहन्याल)को जन्म, युद्द, नामाकरण र पुजनको इतिहास[सम्पादन गर्ने]

कार्तिकेय (मोहन्याल) स्वामी केदारनाथ (शिव)को सुद्द विर्यबाट जन्मेका हुन्| यिनले केदार्नी (पार्वती)को गर्भमा बस्नु परेन। केदारनाथ(शिव)ले उत्तेजित हुँदै आफ्नो तेज विर्य भुईमा राखी दिएछन। त्यो विर्य देवताहरूले निले(खाय) तर देवताले त्यसलाई सहन गर्न सकेनन। अग्निमा फालियो त्यसले पनि सहन गर्न सकेन अन्तमा "तामाको ढोल"मा हालेर मन्दाकिनीमा फालियो मन्दाकिनीले पनि सहन गर्न नसकेपछि त्यहाँ अयोध्याका राजाको वंशजलाई त्यो शिवको विर्य प्राप्त भयो। अयोध्यका रघुवंशी (सूर्यवंशी) राजाले त्यसलाई ल्याएर कुमाऊ गडवालको कार्तिकेयपुर् राज्यका शक्तिशाली देवता मानेर कत्युरी नरेश(कत्युरी राजवंश)को कार्तिकेयपुरी राज्य स्थापना गरेका हुन्। यो कथा शिव महापुराणमा कार्तिकेय देवताको ताराकसुर दैत्यसंग भएको युद्दको रूपमा ब्याख्या भएको छ भने हाम्रो समाजमा मोहन्यालको खापरेसंगको युद्द कथाको रूपमा ब्याख्य छ। पौराणिक कालका घटनाहरू पुनरुत्थानकालमा तिनै देबी देवात्लाई फरक नामले पुकार गरिएता पनि कथामा ,घटनामा एकरुपता भेटिन्छ। कार्तिकेय भनिने यी देवता बैशाख शुक्ल मोहनी एकादशीका दिनमा कत्युरी नरेश राजा जगति पालको राज्यकाल शाके १२३५ (बि.स १३७०) मा बैशाख शुक्लपक्ष "मोहनी एकादशी" को दिनमा डोटी बोगटानमा ल्याएपछि मोहनी एकादशीको नामले मोहन्याल भनिएका हुन्। यी देवताको जात कार्तिक शुक्ल पक्षा दशमीका दिनमा हुन्छ। हरिबोधनी एकादशी ( बिष्णु भगवानको तिथि) मा यी सुद्द बस्तुबाट बैदिक विधिले पुजिंछंन। कार्तिक, माघ र बैशाख महिनाको शुक्लपक्षमा मोहन्याल देवता सम्बन्धी देवकार्य गरिन्छ |[१] यधपि कत्युरिहरु षशहरु नै हुन्। षशहरु मध्य सबैभन्दा पहिला कत्युरिहरु नै शंकराचार्यसँग पराजित भइ वैदिक हिन्दुत्वतिर ढल्किएका हुन्। अंग्रेजी साइटहरूमा पनि यस विषयको खोज अनुसन्धानबाट प्रशस्त प्रमानहरु भेटिन्छन्।

मोहन्याल जांत को दृश्य अलाड़ी डोटी नेपाल

हेर्नुस्ः

https://en.m.wikipedia.org/wiki/Katyuri_kings

केदारनाथले मोहन्याल बगाएको मन्दाकिनी[सम्पादन गर्ने]

स्वामी श्री मोहन्याल(कार्तिकेय) उत्पति भएको मन्दाकिनीनदी पबित्र नदी हो। यो नदी भारत उत्तराखण्ड राज्य अन्तर्गतपर्ने कुमाऊ गढवालमा रहेको केदारनाथको नारायण पर्वतमा भगवान विष्णुको चरणबाट निस्केकीे छन्। मन्दाकिनीनदी हिन्दू तीर्थयात्रीहरुका लागि शुद्धपवित्र हिन्दूधर्मसँग सम्बन्धित छन। यस नदीलाई हिन्दूधर्मशास्त्र तथा पुराण अनुसार स्वर्गमा बग्ने गङ्गाको धारा भनेर व्याख्या गरिएको छ। रामचरीत मानसमा मन्दाकिनी नदीलाई “यहाँ भरतु सब सहित सुहाय, मंदाकिनी पुनीत नहाए, सरित समीप राखि सबलोग, मागि मातु गर सचिव नियोग ।” भनेर व्याख्या गरिएको छ। श्रीमद्भागवतमा मन्दाकिनी “मोक्ष प्रदायिनी नदी मध्ये एकनदी” को रूपमा व्याख्या भएको छ। यो मन्दाकिनी नदीको अर्को नाम “पैसुनी नदी” पनि हो। यो नदी ८२ किलो मिटर लामो छ। हिमालमा रहेको चोरबारी दह/तालबाट उत्पन्न भएको छ। यो नदी सोनप्रयागमा कालीगङ्गासँग मिल्दछ भने, बद्रीनाथबाट बग्दै आउँने अलकन्दा नदीसँग रुद्रप्रयागमा मिल्दछ। मन्दाकिनी र अलखन्दानदी मिलेको यो दोमोहान तथा संगमस्थल हिन्दू तीर्थयात्रीहरुका लागि महत्त्वपूर्ण तीर्थका रूपमा लिने गरिन्छ। यस संगमस्थलमा धेरै धार्मिक तीर्थ स्थलहरु छन्। यहाँ चित्रकुट, रुद्रप्रयाग र केदारनाथ यस संगम स्थलका तिरमा रहेकाछन्। यी यस स्थानका धार्मिक स्थलहरु हुन्। मन्दाकिनी नदीको अर्को ब्याख्या अनुसार यस नदीमा भगवान राम र सीता दैनिक नुहाउँने गर्दर्थे भनिएको छ। यहाँ सीता नुहाउँने स्थान जानकी कुण्डमा रहेको चट्टानमा सीताका पाईतालाका छाप रहेका छन् । यहाँबाट जोशीमठ २२ कि.मी.को दूरीमा पर्दछ। यही जोशी मठका ज्योतिषलाई केदारनाथले मोहन्यालको जन्मकुण्डली देखाउँदा मोहन्याल निकै सुरवीर रहेको र केदारका मुल जन्मेको भन्ने सल्लाह ज्योतिषहरूबाट भए अनुसार केदारनाथले तामाको ढोलभित्र हाली मन्दाकिनीमा बगाएका थिए । यहाँको गोविन्दघाटका गोडियाको जालमा मोहन्याल देवता लागेका थिए । गोविन्दघाट लक्षमणगँगा र अलखन्दानदीको सँगम स्थलमा छ। यहाँ गोविन्दघाटलाई कंगनघाट पनि भन्ने गरिन्छ। गोविन्दघाट शिख धर्मालम्बिहरूको पनि पवित्र तीर्थस्थल हो। शिखहरूको इतिहास अनुसार यस क्षेत्रमा बालागुरु गोविन्दले सुनको चुरा फालेका थिए। यो सुनको चुरा हराएपछि राजा गोविन्दराई दुःखित भए उनलाई रामका परम भक्त तथा अवतार मानिएका शिवदत्त पण्डितले मानसिक शान्ति दिएका थिए। गुरु नानक र राजा त्रिलोकपालसँग सम्बन्धित यस गोविन्द घाटको कहाँनी शिखहरूमा पनि पाईन्छ। यस सम्बन्धमा अनेक थरीका व्याख्याहरु छन् ।

केदारनाथ ले कार्तिकेय (मोहन्याल ) बगाएको मन्दाकिनी नदी को दृश्य, केदारनाथ गडवाल उत्तराखण्ड भारत
७९५ वर्ष देखि पूजा पाठ बन्द भएको कार्तिकेय (मोहन्याल) देवताको जिर्ण मन्दिर को दृश्य, कुमाऊ कत्युर उत्तराखण्ड

डोटेली फागमा मन्दाकिनी(मन्दालोक)[सम्पादन गर्ने]

इजा–चेली, ऐंचो–पैंचो, बाबुचेला, लेखो–जोखो, जानैन मन्दालोक पापैको भार, इजा–चेली, गाबडि एकै गाव–दोइया, मामा–भान्ज एकै सौड्न सिया, जानैन् मन्दालोक पापैको भार । सासु पैरा धरै, वौरानी पाउ उछालै, जानैन मन्दालोक पापैको भार जस्ता डोटेली फागले पनि मन्दालोक भनिने मन्दाकिनीको धार्मिक महत्त्व दर्शाउछ । यिनै कार्तिकेय (मोहन्याल)को नामबाट कत्युरी राजवंश को कार्तिकेयपुर् राज्य बसेको थियो। मोहन्याल सम्बन्धि मङ्गल, फाग डोटी बोगटानमा गाउने गरिन्छ। सूर्यवंशी राजाले पाएको मन्दलोक भनेर मगल गाउनेहरु गाउछन। अयोध्याका सूर्यवंशी तथा रघुकुलका राजाको जाडु/जाट/जड/प्रमुख अन्तर्गतका शाखा सन्तान मानिने प्रमुख शाखाका क्षत्रिय/राजपूत/ठाकुर/ठकुरीहरूलाई जड भन्दै गर्दा जाडको अपभ्रम्स हुँदै जाडु तथा जाट भनिन थालियो। यसै कारण कार्तिकेयपुर् लाई जाड कत्युर पनि भन्ने गरिएको हो |

७९५ वर्षदेखी प्रयोग नभएको जिर्ण मोहन्याल (कार्तिकेय) देवता नाच्ने गादीको दृश्य, लिलाचौरी हांट कत्युर कुमाऊ उत्तराखण्ड

मोहन्याल देवता सम्बन्धी देवकार्य[सम्पादन गर्ने]

श्री स्वामी कार्तिकेय (मोहन्याल)बाबाको जात डोटी बोगटानका धेरै स्थानहरु ( सिंहासन, अलाड़ी, कोटकेना, मनिकोट, डुगरी, लोली, कठिउर, पाण्डुन ...) मा हुने गर्दछ । यी मध्ये कैलाली र कंचनपुर को सुरक्षा दिने गरी राखिएको सिहासन र तल्लो बोगटानको अलाड़ी मुख्य स्थान हुन्। अलाड़ी कत्युरी राजवंशको प्रमुख शाखाको अनिबार्य उपस्थिति हुनु पर्ने मानिन्छ। कार्तिकेय (मोहन्याल)का धामी र भराडी बोहरा, ताड़ी, कठायत, धामी थरका क्षेत्री जाति हुन्छन । प्रमुख पुजारी ज्योतिष गणपतिको वंशजका कौडिन्य गोत्रीय जोशी(पनेरु) छन्। स्थान अनुसर उपमन्यु गोत्रीय बिनाड़ी, अत्रि गोत्रीय ओझा, कश्यप गोत्रीय जोशी पनि पुजारी छन्। कुनै कालमा कश्यप गोत्रीय बडू ब्राहमण पूजारी थिए। कार्तिकेय (मोहन्याल) देवता पाउदका समय कार्तिकेयपुरीका सूर्यवंशी राजा देवताका धामी बनेर नाच्न थाले त्यसपछि रमिता हेर्नेले "नात्तेका चेला रामहेद्दा, राम हेर्नेका चेला नात्ता अथवा राजा नाच्न थाले रैती दुनिया रमिता हेर्न थाले" भनेर गिल्ली गर्न थाले पछि यो त् राम्रो भएन भनेर कत्युरी राजाले आफ्नो गोत्र "शौनक" दान गरेर क्षेत्री जातिलाई देवता सौपेको हो भन्ने किब्दन्ति छ। ठकुरी रजवारहरु निर्णय कर्ता र सम्मान ग्रहण गर्न जातमा उपस्थित हुन्छन। कुनै कार्य कर्नु पर्यो भने त्यसको निस्कर्ष ठकुरीले दिनु पर्दछ। मोहन्याल देवताका अधेगा (पर्दा) यी ठकुरी रजवारहरुका ठकुरानी (महारानी)हरु हुने गर्दछन। यस कारण कत्युरी राजवंशका यी ठकुरीहरुका ठकुरानीहरु मोहन्यालको जांतमा जादैनन्। कार्तिकशुक्ल दुत्यका दिनमा मोहन्यालको ठुलो जात हुन्छ। यसै पक्षको दशमीमा जात्रा लाग्छ भने एकादशी (हरिबोधनी)का दिन शुद्द बस्तुबाट पुजिन्छन। बैदिक विधिले कथा, सप्ताह लाग्छ। कार्तिकेय (मोहन्याल)का पुजारी शाकाहारी हुनु पर्दछ। मांसहारीबाट मोहन्याल पुजिदैनन। १२ बोटानका राजा मोहन्याल भन्ने चलन छ। मोहन्यालको देव कार्यकोलागि उपयुक्त मानिन्छन।

मोहन्याल देवताको गादी अलाड़ी डोटी देवता नाच्ने स्थान
  • १- असार शुक्ल हरिशयनी एकादशी
  • २- कार्तिक शुक्ल हरिबोधनी एकादशी
  • ३- माघ शुक्ल भीमा एकादशी
  • ४ - बैशाख शुक्ल मोहनी एकादशी

यी चार पक्ष मोहन्याल देवताको पुजाको लागि उत्तम पक्ष र तिथि हुन्। प्राय जसो

  • क) कार्तिक शुक्लपक्ष,
  • ख) माघशुक्लपक्ष र
  • ग) बैशाख शुक्लपक्ष

यिनै तीन वटा तिथि र मितिका पक्षमा मोहन्यालको देवकार्य गर्ने गरिन्छ। मोहन्यालको फाग, मोहन्यालको मङ्गल गानले पनि धेरै कुराको पुस्टि गर्दछ।

श्री मोहन्याल (कार्तिकेय) र केदार (शिव)मन्दिर स्थान चौमाला कैलाली

कार्तिकेयका नामहरु[सम्पादन गर्ने]

बढे-बढे राजपुतोका कुलदेवता बिष्णु, शिव कार्तिकेय समाजमा शान्ति मात्र ल्याउने गर्दैन थिए कि समाजमा शान्ति सुव्यवस्था कायम गर्न युद्दपनि गर्दथे भनेर प्राचीन भारतको इतिहासमा उल्लेख छ ।[२] केदारनाथ(शिव)पुत्र कार्तिकेयको ठाउँ अनुसार फरक-फरक नामहरु छन् । जस्तै

  • १) कार्तिकेय
  • २) मोहन्याल,
  • ३) षडानन
  • ४) अग्निपुत्र,
  • ५) लटीनाथ/लटबाव
  • ६) सिहांसन
  • ७) समुन्दपुत्र
  • ८) मुरघन
  • ९) स्कन्ध
  • १०) कुमार

कार्तिकेय कहाँ-कहाँ के के नामले चिनिन्छन जानिराखौं = १) कार्तिकेय (शिव महापुराणमा), २) मोहन्याल, (डोटी बोगटानमा), ३) षडानन (शिव महापुराणमा), ४) अग्निपुत्र, (शिव महापुराणमा), ५) लटीनाथ/लटबाव (दार्चुलामा), ६) सिहांसन (डोटी बोगटानमा), ७) समुन्दपुत्र (शिव महापुराणमा), ८) मुरघन (दक्षिण भारत तमिलनाडुमा ), ९) स्कन्ध (स्कन्ध पुराणमा ) ,१०) कुमार (शिव महापुराणमा)

वहानहरु[सम्पादन गर्ने]

  • आकास उड्ने वाहन = मयुर (मजूर)
  • भूमिमा गुड्ने वाहन = बाघ (सिंह)
  • छल देखाउदा मोहन्यालले गाउँ, ठाउँमा बाघ ल्याउने। अनकन्टार पहरोमा गएर नाच्ने। खुकुरीले ढुंगा काट्ने गर्दछ। ३३ कोटी ५२ गणमध्ये कुनैले पनि नसकेको अन्तिम अवस्थामा मात्र मोहन्याल आफ्नो शक्ति प्रयोग गर्छन।

मोहन्याल (कार्तिकेय) देवताको[सम्पादन गर्ने]

डोटी तल्लो बोगटान क्षेत्रमा गुठी[३] जग्गा[सम्पादन गर्ने]

स्वामी मोहन्याल कुलदेवता भएका कत्युरी राजवंशका ठकुरी रजवारहरूबाट मोहन्याल देवताको नाममा गुठी चढाएको जग्गा सम्बन्धी जानकारी निम्न अनुसार छ|

चौमाला कैलालीमा श्री मोहन्याल देवताको गुठि जग्गा-1
  • १) डोटी जिल्ला बर्छैन गाउँ विकास समिति अन्तर्गत(गर्बुजा, रिसेडी र अलाड़ी) ३ बिगाहा जग्गा गुठी नापी भएको छ |
दर्ता श्रॆस्ता/ क्र.स. जग्गा धनीको नाम थर ठेगाना कित्ता न जग्गाको क्षेत्रफल
५२ श्री मोहन्याल देवता डोटी जिल्ला बर्छैन गाबिस वार्ड न ४ ...... १५०७५
५२५ श्री मोहन्याल देवता डोटी जिल्ला बर्छैन गाबिस वार्ड न ६ ...... ०७५५
  • २) कैलाली जिल्ला चौमाला गाउँ विकास समिति चौमालामा २ बिगाहा १० धुर जग्गा गुठी छ |
दर्ता श्रॆस्ता/ क्र.स. जग्गा धनीको नाम थर ठेगाना कित्ता न जग्गाको क्षेत्रफल
३७ श्री मोहन्याल बेताल देवता कैलाली जिल्ला, चौमाला गाबिस -२ २१५ ०.२४१५
.... .................. कैलाली जिल्ला, चौमाला गाबिस -२ २२१ ०.४०५५
३८ श्री मोहन्याल देवता आलाड़ी डोटी कैलाली जिल्ला, चौमाला गाबिस -३ ७२ ०,०४३०
..... ....................... कैलाली जिल्ला, चौमाला गाबिस - ३ १६० ०,६८२०
  • ३) कैलाली जिल्ला निगाली गाउँ विकास समितिको निगाली गाउँ क्षेत्रमा १७ बिगाहा ६ कट्ठा १० धुर जग्गा गुठी छ | [४]
दर्ता श्रॆस्ताक्र.स. जग्गा धनीको नाम थर ठेगाना कित्ता न जग्गाको क्षेत्रफल
३७ श्री मोहन्यालदेवता कालिका देवी गुठी कैलाली जिल्ला, निगाली गाबिस १२,६८,५२,५९,७३,७८,८०,८३,४ १२०३१/२३-१०-१-२
श्री मोहन्याल देवताको गुठि जग्गा तल्लो बोगटान डोटी/कैलाली-2
श्री मोहन्याल देवताको गुठि जग्गा तल्लो बोगटान डोटी/कैलाली-3

मोहन्यालको फाग[सम्पादन गर्ने]

  • कसुका छौ हौ, कसुका पूत ,
  • केदारैका वेटाहुँमै केदार्नीका पूत ,
  • केदारैका दाईनातिर तुड्यातुड्या पानी,
  • धुडधुड रुनलागिन केदारैकी रानी,
  • मल्लीखान मूलजन्मे कसैले नजानी,
  • केदारैका दाईनाहड थुमथुमकेला,
  • तामाढोल हालीहाल्यो केदारैकाचेला,
  • तहाईत तामाढोलहाली मन्दाकिनीबगायो,
  • केदारैका दाईना तिर तुडतुड्या पानी,
  • धुडधुड रुनलागिन केदारैकी रानी,
  • तल्लोबुंगेरजवार मेरोवोलु लीय,
  • अलड्याल वोहराहात, महलसालीदिए (माँडौ वनाऔ),
  • सिहासन तलीमथि सल्लाकीपोथी,
  • मल्लीखान अवतारिय सूर्जकी ज्योति,
  • कहाँतविय गोसाई (कहाँ जाईपायाको)मल्लीखान,
  • कहाँतविय गोसांई चन्नसूर्ज, मन्दालोक तवियगोसाई मल्लीखान दैत्य,
  • सरग तवियगोसाई चन्नसूर्ज, सूर्जवंशी राजा, मेरोवोलु लिए,
  • बाईसै नई डोटी कुमाऊँ गडवालकी सिक उठाई पाँऊ,
  • कतिसय हारैकी महल चिनाऔं, कतिसय हारकी खम्मकटाऔ,
  • बाईसैसय हारकी महल चिनाऔ, बाईसैसय हारकी खम्मकटाऔं,
  • सिहासन तलिमथि सल्लाकीपोथी, मल्लीखान औतारी सूरजैकै ज्योति,
  • कोतेरो धामीेहोलो कोतेरोपूजारी, लडुबोरो धामीहोलो गणपतीपूजारी,
  • उच्ची निच्ची माणु गोसाई गइली गविउर, गईली गविउर मुनी सुनैका कलस,
  • सुनैका कलसमुनी सुनै दियो बल, त त भन्छी कौशील्ला मेरो वालो होलो,
  • यिनु हुन्ना मल्लीखान दैत्य, दियाकोउज्यालो ले वालो छमछमखेल,
  • औरका वयलउडी अगाडि चलो, तमुदैत्य मल्लीखान क्योर ढिलाभया,
  • कालिका मालिका बैनी मैतोडा आईन, क्याउको कोसेलो ल्यायो क्याउकोपोटलो,
  • सुनको छापरो ल्याईन रुपाको बाबर, तीनै वैना पठाउन्नाको वेरन भैछ,
  • वाईसै गाईका गौदान छोडाउलो, वाईसै तोला सुनको पियको फिजाउलो,
  • सेर सेर गाईको घी होम हुम्याउलो, मन मन (२०/२०केजी) जौतील होम हुमाउलो ।[५]

मोहन्यालको मङ्गल गान[सम्पादन गर्ने]

स्वामी श्री कार्तिकेय (मोहन्याल) देवताको “मङ्गल”

  • मोहन्यालदेउ तमुई धाइ आया प्रभु, तमरी सेवाअरे, तमुई धाइ आए
  • अभोलिङ्ग वोलनाथ, तमरीजोर दैत्यनास, सम्भोनाथ सतापाल, तमरीजोर दैत्यनास,
  • अभोलिङ्ग भए ज्ञानी, धिरहोजा पूजाका ध्यानी, दुनिया हेरलो तमरीराम
  • अभोलिङ्गबोलनाथ, तमरीजोरदैत्यनास सम्भोनाथ सतापाल तमरीजोर दैत्यनास,
  • वेतालदेउ धाइ आया, लाखौ पाउ तमरी त सेवा अरे तमुई धाइ आया प्रभू,
  • वेतालदेउ खेलनरोडी दैत्यनामको दावतोडी, अभोलिङ्ग बोलनाथ तमरीजोर दैत्यनास
  • सम्भोनाथ, सतापाल तपरीजोर दैत्यनास, भैरौदेउ धाइ आया, लाखौपाऊ तमरी त सेवाअरे तमुई धाइआय प्रभू,
  • भैरौं देउ खेलनरोडी दैत्यनामको दावतोडी, अभोलिङ्ग वोलनाथ तमरीजोर दैत्यनास सम्भोनाथ, सतापाल तमरीजोर दैत्यनास
  • अलडादेउ धाइ आया, लाखौपाऊ तमरी त सेवाअरे तमुई धाइआय प्रभू, अलडादेउ खेलनरोडी, दैत्यनामको दावतोडी,
  • अभोलिङ्ग वोलनाथ, तमरीजोर दैत्यनास सम्भोनाथ सतापाल तमरीजोर दैत्यनास,
  • कैलपालदेउ धाइ आया, लाखौपाऊ तमरी त सेवाअरे तमुई धाइआय प्रभू, कैलपालदेउ खेलनरोडी, दैत्यनामको दावतोडी,
  • अभोलिङ्ग बोलनाथ तमरीजोर दैत्यनास सम्भोनाथ, सतापाल तपरीजोर दैत्यनास,
  • डुडो देउ धाइ आया, लाखौपाऊ तमरी त सेवाअरे तमुई धाइ आय प्रभू, डुडादेउ खेलरोडी, दैत्यनामको दावतोडी,
  • अभोलिङ्ग बोलनाथ तमरीजोर दैत्यनास सम्भोनाथ, सतापाल तपरीजोर दैत्यनास,

यस्तैगरी मोहन्याल भित्रका यसक्षेत्रमा रहेका सम्पूर्ण ५२÷५३ देवताहरूको नाम उच्चारण गरिन्छ । मचवाल, भैरव, समैजी, डुँडो, पासो,लाटो.........आदि । को नाम उच्चारण गरेर मङ्गल गाईन्छ । स्रोत ः– स्व.धनी देवी वादी –दास ,(पातर),वर्ष ६२ ठेगाना वैर्छैन गाउँ विकास समिति वार्ड नं ७ रिसेडी (यसप्रकार पूर्खाको थर दास रहेको वताउने वोगटानी रजवारहरूलाई नाँच गाँन,मङ्गल,चांचरी गाएर मनोरन्जन दिने पातरहरु पनि वोगटानमा छन् यिनीहरु महोन्यालको मङ्गल गाँउछन् भने विवाहमा नाँचगान गर्दछन ।)

  • डोटीका राजवंश भगवान शिवका भक्त भएका कारणले स्वामी कार्तिकेयको पूजा गर्दछन्् । त्यही कार्तिकेय स्वामीको नामबाट कार्तिकेयपुर र त्यहाँका शासकहरूलाई कत्यूरी वंशीय भनिएको कुरा उल्लेख भईसकेको छ । [६]

खापरे(तरकासुर दैत्य)संगको युद्द कथा[सम्पादन गर्ने]

शौनक (शिवनाम)गोत्र, सिंह राशी भएका कार्तिकेय (मोहन्याल) शिवका जेष्ठपुत्र मानिन्छन। समुन्द्र बगाएका मोहन्याल गोडीयाले जाल हान्दा गोडीयाको जालमा लागेका र त्यो समयमा अयोध्यका राजाका वंशज त्यहाँ घोडामा बसेर सवार गर्दै थिए । मन्दाकिनी भनिने समुन्द्रको मिनो (पानी वहावको बीच भाग)बाट मोहन्याललाई हालिएको तामाको ढोल वगिरहेको थियो । सोही समयमा पाल्की (तापदान) माथि सवार भएका राजाले गोडीयालाई भनेछन। त्यो तामाको ढोलमा जालहान भनेपछि गोडीयाले जाल हान्यो र गोडीयाको जालमा लागेको तामाको ढोल भित्रको वालकलाई पाल्कीको सवारबाट ओर्लेर समाती पानी वाहिर ल्याए। विश्वामित्रका सन्ततिले पूजाआजा गरेर ल्याएको कहाँनी वोगटानमा छ। गोडियाको नामले गोविन्दघाट नामाकरण भएको हो। तामाको ढोल बजाउँने कश्यप गोत्रीय ऐर मोहन्यालको ढोली भयो। यो ढोलीको सन्तान रिसेडीमा छ। त्यो समयमा यो पहाडी भूभागमा खपरे (तारकासूर)ले आतङ्ग मचायो त्यसपछि देवभूमिका देवताहरूले वडातडो देवतालाइ पुकार गर्दै भने की...

  • जान दैत्य वडातडो मालथलि जान ।
  • मोहन्याल दैत्यको दलु कत्यूर ल्यान ।।
  • देवताहरूको पुकारलाई स्वीकार गर्दै वडातडो देवता मोहन्याल बोलाउँन माल थलि हुँदै कत्यूर (कार्तिकेयपुर,कुमाऊँगढवाल)गयो । तब भनियो की..
  • गयो दैत्य वडातडो, वतासैको स्वर ।
  • आयोदलु मोहन्याल की वादलकी ढिक ।।
  • श्रीमोहन्यालबाबा(कार्तिकेय)को आगमन भएपछि मोहन्यालले आप्mनो गणलाई निर्देशन दिदै भन्दछन्की .......
  • मिल्ल छौ त खपरे(तरकासुर दैत्य)हामु सित मिल ।
  • नैत मिल्ला खपरेकी लाउततेरीठीक ।।
  • केदारका दाईनेतिर तुडयातुडया पानी ।
  • नईत मिल्लाखपरेकी समाईल्याएरानी ।।
  • केदारैका गाथ मुनी थुम थुम केला ।
  • नईमिल्ला खपरेका समाई ल्याय चेला ।।
  • यसपछि खपरेसँग युद्ध हुन्छ । युद्धमा मोहन्यालगणका ५२/५३ नामभएका वैदिक देवीदेवताहरूले श्री मोहन्यालबाबालाई सहयोगगर्दै खपरेलाई कुटीपिटी मारी सेतीनदी कटाएर लखेट्छन् अनिभनिन्छ की...
  • केदारका दाईनातिर तुड्या,तुड्यापानी ।
  • केदारले जिती ल्यायो खपरेकी रानी ।।
  • गयो दलु खपरेको रुनु रुनु गयो ।
  • भयो दैत्य मोहन्याल तेरै भन्नु भयो ।[५]

खापरेको चैत र अठौती मल्ल [७][सम्पादन गर्ने]

“खापरेको चैत ”
  • मालकी थली जोताई हाल्यो बल्ल, काँबाट फुटी उब्जीगया अठौती मल्ल
  • अठौती मल्लको कलिया जसो भाइ, ऐसेलुका झिलमुनी बाँसि जाली राइ
  • अठौती मल्लको कलिया जसो भाइ, रुपामुठी खुकुरीका पितलका खोपा ,
  • जानु मूल्या कलिया स्वराड देउ(देवता) का दोवा ,
  • कलिया दैत्यकी जिया स्वपन(स्वीना) भयो, जनजा अठौती मल्ल स्वराड गढ,
  • मै जान्छु जिया स्वराड गढ बडा बडा देउ (देवता) छन्, स्वारड गढ
  • मारी लोटाउन्या स्वराड गढ, भूतका हात दै को ठेके मुन्टाकी गीर हान्ना मुईले देखे धोया लुकुडी (कपडा) मठमैला भया,
  • बनायो सादासामल लुथुडु (किडा) परे लक्षण ठिक छैन कलिया जनजाई *स्वराड गढ, गढ बडा–बडा देउछन् फर्कन दिने होईनन्।
  • स्वराड गढ मै तेरी जिया हुँ मेरो बचन मानि जनजाएई स्वराड गढ.......।
  • यति भन्दा पनि आमाको बचन नमानि अठौती मल्ल भनिने खपरे स्वाड गड जान्छन् र स्वाराड गढमा रहेको देवताहरु खपरेलाई मारी दिन्छन्।

नोटः (चटौत)डोट्याली वृह्त शब्दकोश पृष्ट १२ अनुसार, मल्ल वंशीय एक प्रतापी र वीर राजा देवताको परीक्षा लिने शक्तिभएका राजा। राजा नागी मल्लकी महारानीले घटालदेवताको स्थानमा घोर तपस्या गर्दा जोर्तिमय घटालको दर्शन पायो । महारानी मौलाले गर्भधारण पनि गर्यो तथा अत्यन्त वलवान पुत्र पायो जसको नाउ अठौती मल्ल राखियो भन्ने लोकोक्ति पाईन्छ। रैकाले वैतडी आएर ढिकगर्खा लुट्यो ढिक गर्खा लुट्दा खेरि विभोगी चन्दको मन दुख्यो रैकाले रौला केदारको ठाँउमा बसी लोहाका आग्ला हाली ढोका बन्द गर्यो फेरि कटक लगेर चन्दहरु गए।

  • “रौला मनानीमा छ, नयाँ जाँती, लोहाकी आँगली तोड्यो किसको नाती”

भन्ने वैतडीमा खापरेको चैतनै रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा रजवार ठकुरी वंशावली (२०७०)
  2. दिजेन्द्रनारायणझा,प्रो.कृष्ण मोहन श्रीमाली– प्राचीन भारतका इतिहास
  3. मोहन्याल देवताको नाममा रहेको धेरै गुठ जग्गा नापी नभएको र नापी भएको जग्गापनि दर्ता नगरिएको अवस्था स्थलगत अध्यनबाट |
  4. मालपोत कार्यालय कैलाली र डोटीको मुठ अनुसार |
  5. ५.० ५.१ विभिन्न व्यक्तिहरूसँगको भेटघाट, सोधपुछ र जानकारी सङ्कलन
  6. कर्णाली प्रदेशको मध्यकालीन इतिहास, पेज २०७-डा.राजाराम सुवेदी
  7. जनक बहादुर चन्द, वर्षः ७४, वैतडी बासुलिङ्ग गाविस ४ कुरकुट्टेबाट शिखर गाविस ८ बचकोटबैतडी हाल कृष्णपुर–२, वंक

बाह्य कडीहरू[सम्पादन गर्ने]