कुलसुम नवाज
कुलसुम नवाज | |
|---|---|
सन् २०१३ ह्वाइट हाउसमा नवाज | |
| पाकिस्तानको राष्ट्रिय सभाको सदस्य | |
| कार्यकाल सन् २०१७ – ३१ मे २०१८ | |
| पूर्वाधिकारी | नवाज सरिफ |
| उतराधिकारी | वाहिद आलम खान |
| निर्वाचन क्षेत्र | रास-१३० लाहोर-चौधौँ |
| पाकिस्तान मुस्लिम लिग (नवाज)को अध्यक्ष | |
| कार्यकाल १२ अक्टोबर १९९९ – १० अक्टोबर २००२ | |
| पूर्वाधिकारी | नवाज सरिफ |
| उतराधिकारी | जावेद हास्मी |
| व्यक्तिगत विवरण | |
| जन्म | कालसुम रेहना बुट २९ मार्च १९४८ लाहोर, पाकिस्तान |
| मृत्यु | ११ सेप्टेम्बर २०१८ (उमेर ७०) लन्डन, इङ्ल्यान्ड, संयुक्त अधिराज्य |
| राजनीतिक दल | पाकिस्तान मुस्लिम लिग (नवाज) |
| जीवनसाथी | |
| सन्तान | ४, मरियम नवाज सहित |
| आफन्तहरू | गामा पहलवान (हजुरबुबा) सरिफ परिवार |
| मातृ शिक्षाप्रतिष्ठान | इस्लामिया कलेज लाहोर फोरम्यान इसाई कलेज |
बेगम कुलसुम नवाज सरिफ (पञ्जाबी, उर्दु: كلثوم نواز; २९ मार्च १९४८ - ११ सेप्टेम्बर २०१८) एक पाकिस्तानी राजनीतिज्ञ थिइन् जो पाकिस्तानको पूर्व प्रधानमन्त्री नवाज सरिफको श्रीमती थिइन्। उनी सन् १९९९ देखि २००२ सम्म पाकिस्तान मुस्लिम लिगकी अध्यक्ष थिइन्।[१]
प्रारम्भिक र व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]कुलसुम नवाजको जन्म २९ मार्च १९४८ मा लाहोरमा एक पञ्जाबी कश्मीरी परिवारमा मोहम्मद हाफिज भाटको घरमा भएको थियो।[२][३][४] उनका बुबा एक डाक्टर थिए जसले आफ्नै क्लिनिक चलाएका थिए।[५][६] अन्य स्रोतहरूका अनुसार, उनको जन्म २२ मार्च १९४८ मा भएको थियो।[७] उनले इस्लामिया कलेजमा पढेकी थिइन् र लाहोरको फोरम्यान इसाई कलेजबाट स्नातक प्राप्त गरेकी थिइन्।[८][८][६] उनले सन् १९७० मा पञ्जाब विश्वविद्यालयबाट उर्दुमा स्नातकोत्तर प्राप्त गरेकी थिइन्।[९][१०]
विद्यार्थीकालमा उनी वामपन्थी राजनीतिको लागि परिचित थिइन् उनी जुल्फिकार अली भुट्टोकी प्रशंसक थिइन्।[७]
कुलसुमका दुई दिदीबहिनी र एक भाइ थिए। मामाको तर्फबाट, उनी गामा पहलवान (जन्म गुलाम मोहम्मद बख्श भाट) की नातिनी थिइन्।[११] उनले अप्रिल १९७० मा पाकिस्तानका तीन पटक प्रधानमन्त्री बनेका नवाज सरिफसँग विवाह गरेकी थिइन्।[१०][१२] मरियम, आस्मा, हसन र हुसेन गरी उनीहरूका चार सन्ताहरू छन्।[६]
राजनीतिक कार्यकाल
[सम्पादन गर्नुहोस्]पाकिस्तानको प्रथम महिला
[सम्पादन गर्नुहोस्]१ नोभेम्बर १९९० मा उनका पति नवाज सरिफ पाकिस्तानको प्रधानमन्त्री बनेपछि कुलसुम पहिलो पटक पाकिस्तानको प्रथम महिला बनेकी थिइन् जब उनको पार्टी, इस्लामी जमहुरी इत्तेहादले सन् १९९० को पाकिस्तानी आम चुनावमा प्रतिस्पर्धा गरेका २०७ मध्ये १०४ सिट जितेको थियो। प्रधानमन्त्रीको रूपमा उनको पहिलो कार्यकाल जुलाई १९९३ मा समाप्त भएको थियो।[१३][१४]
सन् १९९७ को पाकिस्तानी आम निर्वाचनमा नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग (नुन)ले जितेपछि उनी दोस्रो पटक पाकिस्तानको प्रथम महिला बनेकी थिइन्।[१३] १२ अक्टोबर १९९९ मा तत्कालीन सेना प्रमुख जनरल परवेज मुसर्रफले उनको विरुद्ध सैन्य विद्रोहको नेतृत्व गरेपछि प्रधानमन्त्रीको रूपमा उनको दोस्रो कार्यकाल समाप्त भएको थियो।[१४] कुलसुमलाई पाकिस्तान सैन्य प्रहरीले गिरफ्तार गरेको थियो र तुरुन्तै उनलाई उनको स्थानीय निवासमा सारिएको थियो।[६] उनकी छोरी मरियम नवाजका अनुसार, कुलसुमले "धेरै पुरुषहरू पछि हटेपछि नियन्त्रण गर्नेहरूलाई साहसपूर्वक चुनौती दिएकी थिइन्"। नवाज सरिफले सन् १९९९ मा आफ्नी श्रीमतीलाई पाकिस्तान मुस्लिम लिगको अध्यक्षको रूपमा नियुक्त गरेका थिए।[१०][६]
सन् २००० मा, उनले पाकिस्तान मुस्लिम लिगको लागि जनसमर्थन जुटाउन लाहोरबाट पेशावरसम्मको सार्वजनिक र्यालीको नेतृत्व गरेकी थिइन्।[१] उनको निवासबाट निस्कने बित्तिकै, उनको कारलाई प्रहरीले घेरेको थियो र उनलाई हिरासतमा लिइएको थियो।[१५]

उनी सन् २००२ सम्म दलको अध्यक्ष रहेकी थिइन्।[१] नवाज सरिफ पाकिस्तानको प्रधानमन्त्री बनेपछि उनको पार्टी, पाकिस्तान मुस्लिम लिग (नुन) ले सन् २०१३ को पाकिस्तानी आम निर्वाचन जितेपछि उनी तेस्रो पटक पाकिस्तानको प्रथम महिला बनेकी थिइन्।[१६]
चुनावी राजनीति
[सम्पादन गर्नुहोस्]सेप्टेम्बर २०१७ मा भएको निर्वाचनमा कुलसुम पहिलो पटक रास-१२० (लाहोर-तेस्रो) बाट पाकिस्तान मुस्लिम लिग (नुन)को उम्मेदवारको रूपमा पाकिस्तानको राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन्।[१७] उनले ५९,४१३ मत प्राप्त गर्दै पाकिस्तान तहरिके इन्साफकी यास्मिन रशिदलाई पराजित गरेकी थिइन्। उनका पति नवाज सरिफलाई पनामा पेपर्स मुद्दामा पाकिस्तानको सर्वोच्च अदालतले अयोग्य घोषित गरेपछि रास-१२० सिट खाली भएको थियो।[१८]
उनी आफ्नो बिरामीका कारण राष्ट्रिय सभाको सदस्यको रूपमा शपथ लिन असमर्थ रहेकी थिइन्।[१९]
मृत्यु र अन्त्येष्टि
[सम्पादन गर्नुहोस्]नवाजलाई अगस्ट २०१७ मा लिम्फोमा भएको पत्ता लागेको थियो र उनको लन्डनमा उपचार भएको थियो।[२०] उनले आफ्नो रोगको समयमा केमोथेरापी र रेडियोथेरापीका गराएकी थिइन्।[२१]
जुन २०१८ मा, नवाजलाई हृदयघात भएको थियो र उनलाई भेन्टिलेटरमा राखिएको थियो।[२२] १० सेप्टेम्बर २०१८ मा, उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो, र ११ सेप्टेम्बर २०१८ मा ७० वर्षको उमेरमा लन्डनमा मृत्यु भउको थियो जहाँ उनका पति र छोरी मरियम दुवै पाकिस्तानमा जेल सजाय भोगिरहेका थिए।[२३][२१] १३ सेप्टेम्बर २०१८ मा, नवाजको लागि लन्डन सेन्ट्रल मस्जिदमा अन्त्येष्टि प्रार्थना गरिएको थियो, जस पछि उनको शरीर लाहोर लगिएको थियो।[२४] १४ सेप्टेम्बर २०१८ मा, लाहोरमा, मौलाना तारिक जमीलको नेतृत्वमा अन्त्येष्टि प्रार्थना सरिफ मेडिकल सिटीमा गरिएको थियो, र उनलाई जाति उमरामा गाडिएको थियो।[२५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ "Kulsoom Nawaz: The silent partner", Herald Magazine, ८ अगस्ट २०१८, अन्तिम पहुँच ८ अगस्ट २०१८।
- ↑ "خاص رپورٹ – کلثوم نواز وزارت عظمیٰ کی مضبوط امیدوار – Latest News | Daily Jang", Jang, ११ सेप्टेम्बर २०१८, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१८।
- ↑ "Begum Kulsoom Nawaz Journey From Housewife To Politics", AbbTakk, ११ सेप्टेम्बर २०१८, मूलबाट ६ फेब्रुअरी २०२३-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २१ सेप्टेम्बर २०१७ मिति
- ↑ "Begum Kulsoom Nawaz, the woman behind a three-time premier", Samaa TV, ११ सेप्टेम्बर २०१८, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१८।
- ↑ "بیگم کلثوم نواز انتقال کرگئیں – ایکسپریس اردو", ایکسپریس اردو, ११ सेप्टेम्बर २०१८, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१८।
- ↑ ६.० ६.१ ६.२ ६.३ ६.४ "Kulsoom Nawaz and Shehbaz Sharif: The Possible Successors of Nawaz Sharif", News18, २९ जुलाई २०१७, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१७।
- ↑ ७.० ७.१ Riaz, Raja (१३ सेप्टेम्बर २०१८), "Kulsoom Nawaz was tuned to the finer sensibilities of life", Arab News, अन्तिम पहुँच १० जुन २०२३।
- ↑ ८.० ८.१ "Begum Kulsoom Nawaz: Life in focus", The Express Tribune, ११ सेप्टेम्बर २०१८, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१८।
- ↑ "Don't be fooled, Kulsoom Nawaz is the prime minister in waiting", geo.tv, अन्तिम पहुँच १७ अगस्ट २०१७।
- ↑ १०.० १०.१ १०.२ "Iron ladies in the race", TNS – The News on Sunday, २० अगस्ट २०१७, मूलबाट २० अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१७।
- ↑ Hussain, Fida (२६ मे २०१३), "Kalsoom, others move court for succession certificate", The Nation, अन्तिम पहुँच ४ अक्टोबर २०१४।
- ↑ Jajja, Sumaira (२ अप्रिल २०१७), "WRESTLING: The Warrior's Soul", Dawn (Pakistan), अन्तिम पहुँच ३१ जुलाई २०१८।
- ↑ १३.० १३.१ Report, Dawn (२७ जुलाई २०१७), "In pictures: The rise and fall of Nawaz Sharif", Dawn (Pakistan), अन्तिम पहुँच १८ सेप्टेम्बर २०१७।
- ↑ १४.० १४.१ "Nawaz Sharif", Dawn (Pakistan), २ अप्रिल २०१३, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१७।
- ↑ "Sharif's wife towed away in Pakistan police raids", ८ जुलाई २०००, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१८।
- ↑ Raza, Dawn.com (५ जुन २०१३), "Live from Parliament: Nawaz elected PM with 244 votes", Dawn (Pakistan), अन्तिम पहुँच १८ सेप्टेम्बर २०१७।
- ↑ "NA-120 by-polls: Unofficial results show Kulsoom Nawaz in the lead", Dawn (Pakistan), १७ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१७।
- ↑ "Nawaz Sharif's wife Begum Kulsoom wins Lahore by-election", The Hindu, १८ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१७।
- ↑ "Nawaz's wife dies in London", Business Standard India, ११ सेप्टेम्बर २०१८, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१८।
- ↑ "My mother's diagnosed with lymphoma, tweets Maryam Nawaz", The Express Tribune, २३ अगस्ट २०१७, अन्तिम पहुँच २४ जुन २०१८।
- ↑ २१.० २१.१ "Begum Kulsoom Nawaz passes away in London", The News, ११ सेप्टेम्बर २०१८, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१८।
- ↑ "Hussain Nawaz denies Kulsoom Nawaz's death", The Nation, २३ जुन २०१८, अन्तिम पहुँच २४ जुन २०१८।
- ↑ "Begum Kulsoom Nawaz passes away in London after battle with cancer", Dawn (Pakistan), ११ सेप्टेम्बर २०१८, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१८।
- ↑ Iqbal, Sajid (१४ सेप्टेम्बर २०१८), "Community says farewell to Kulsoom in London funeral", Dawn।
- ↑ "Kulsoom Nawaz laid to rest at Jati Umra in Lahore", Dawn, १३ सेप्टेम्बर २०१८।
- सन् १९५० मा जन्म
- सन् २०१८ मा मृत्यु
- पाकिस्तान मुस्लिम लिग (नवाज)का राजनीतिज्ञहरू
- कश्मीरी मूलका पाकिस्तानीहरू
- पाकिस्तान मुस्लिम लिग (नवाज)का अध्यक्षहरू
- पाकिस्तानका प्रधानमन्त्रीहरूका जीवनसाथी
- लाहोरका राजनीतिज्ञहरू
- सरिफ परिवार
- पाकिस्तानी सांसद सन् २०१३–२०१८
- विकी विमिन एडिटाथन २०२५ मा बनाइएका वा सुधारिएका लेखहरू