सामग्रीमा जानुहोस्

कालाभुना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कालाभुना (बङ्गाली: কালা ভুনা, चटगाँइया: হালা ভুনো)[] बङ्गलादेशको चट्टोग्राममा उत्पत्ति भएको गाईको मासु वा खसीको मासुबाट बनेको मासुको पकाएको परिकार हो।[][] चट्टोग्रामको यो परम्परागत परिकार तयार गर्न विभिन्न प्रकारका मसलाहरू आवश्यक पर्दछ। बङ्गालीमा, काला वा कालो शब्दको अर्थ कालो हुन्छ र भुनाले दक्षिण एसियाली शैलीको खाना पकाउने कुरालाई जनाउँछ। जहाँ मसला र पकाउन हालिएका सामग्रीहरूलाई प्रशस्त स्वाद र बाक्लो नभएसम्म लामो समयसम्म पकाइन्छ। काला भुनाको नाम यसको उपस्थितिबाट आएको हुँदा प्रशस्त मसलाहरू मिसाएर लामो समयसम्म भुटिसकेपछि मासुको रङ्ग कालो हुँदै जान्छ।[]

मासुबाट बनाउने परिकार भएकाले यसलाई सुरुमा एउटा भाँडामा मासु राखि मसिनो पारेर काटिएको प्याज, हरियो खुर्सानी, अदुवा, लसुन, बेसारको धुलो, खुर्सानीको धुलो र धनियाँको धुलोसहित अन्य मसलाहरू हालेर मोलिन्छ र मसला मासु भित्र पस्नका लागि आधा घण्टा छाडिन्छ। त्यसपछि मध्यम आगोमा ढाकनीले ढाकेर १० मिनेटसम्म पकाइन्छ र केही समय अन्तरालमा चलाइन्छ। मासुबाट पानी निस्कन थालेपछि सोही पानीमा उमालेर थोरै परिमाणमा पानी थपेर आगोको ज्वाला मध्यम बनाई पकाएपछि र यसरी पकाउँदा मासु नरम र कालो रङ्गमा परिणत हुँदै जाने र राम्रोसँग पाक्ने हुन्छ। मसलाले तेल छाडेपछि अर्को भाँडामा तोरीको तेलमा प्याज, लसुन र सुकेको खुर्सानी पड्काएर झानिन्छ र मासुलाई मध्यम आगोमा पकाइन्छ। यसले सबै मसला, स्वाद र रङ्ग मासु भित्र प्रवेश गर्छ र मासु कालो हुँदै जान्छ। त्यसपछि घनाकार कटेको प्याज, केही हरियो खुर्सानी, गरम मसलाको धुलो, भुटेको जीराको धुलो छरेर माथिबाट ढकनीले ढाकिन्छ। केही समय पकाएपछि कालाभुना तयार हुन्छ।[]

सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]

काला भुना गाईको मासु र खसी दुवैबाट बनाउन सकिन्छ, तर गाईको मासुको मासु काला भुना बढी लोकप्रिय छ। यो मासुको परिकार विभिन्न सामग्रीहरू बिस्तारै थपेर पकाइन्छ। यसमा प्रयोग हुने सामग्रीहरू यस प्रकार छन्:[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "মেজ্জান হাইলে আইয়ুন’, ‘বীর চট্টলা’, ‘আমরা চট্টগ্রাম’ – ব্রান্ড যুগে চলছে চট্টগ্রামের অন্যরকম অনন্য ব্রান্ডিং !" (बङ्गालीमा), mcb.myctgbangla.com, मूलबाट २०२०-०६-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-३० अभिलेखिकरण २०२०-०६-१० वेब्याक मेसिन
  2. "আঞ্চলিক খাবারের স্বাদে...", Bangla Tribune (बङ्गालीमा), अन्तिम पहुँच २०२०-०३-३०
  3. "Bangladesh cuisine part I - delectable and diverse", The Daily Star (Bangladesh), अन्तिम पहुँच २०२०-०३-३०
  4. "রেসিপি: চট্টগ্রামের ঐতিহ্যবাহী গরুর কালাভুনা", Bangla Tribune (बङ्गालीमा), अन्तिम पहुँच २०२०-०३-३०
  5. "ঘরেই গরুর মাংসের কালাভুনা!", বাংলা ট্রিবিউন, मूलबाट २०१९-०४-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०२-१५
  6. "চেনা মসলার স্বাদে", Prothom Alo (बङ्गालीमा), अन्तिम पहुँच २०२०-०३-३०

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]