कालिका गाउँपालिका, रसुवा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कालिका गाउँपालिका
—  गाउँपालिका  —
कालिका गाउँपालिका Nepal-এ অবস্থিত
कालिका गाउँपालिका
कालिका गाउँपालिका
नेपालमा कालिका गाउँपालिका
निर्देशाङ्क (धैबुङ): २८°०१′०″ उत्तर ८५°१९′०″ पूर्व / २८.०१६६७° उत्तर ८५.३१६६७° पूर्व / 28.01667; 85.31667निर्देशाङ्क: २८°०१′०″ उत्तर ८५°१९′०″ पूर्व / २८.०१६६७° उत्तर ८५.३१६६७° पूर्व / 28.01667; 85.31667
देश  नेपाल
प्रदेश प्रदेश नं. ३
जिल्ला रसुवा जिल्ला
स्थापना फाल्गुन २०७३
सरकार
 - प्रमुख सीता अधिकारी (एमाले)
 - उपप्रमुख भवानीप्रसाद न्यौपाने (एमाले )
 - प्रमुख प्रशासकीय अधिकृत शर्मिला न्यौपाने
क्षेत्रफल
 - जम्मा १९२ किमी (७४.१ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा ९,४२१
 जनघनत्व ४९.१/किमी (१२७.१/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-११

कालिका गाउँपालिका रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट २४ किमी दक्षिण पूर्व अर्थात् रसुवाको दक्षिणी सिमानामा पर्ने फलाँखु खोलादेखि उत्तरतिर अवस्थित लाम्चो र चेप्टो भूवनौटमा फैलिएको साबिक  धैबुङ गाउँ विकास समिति, लहरेपौवाको वडा नं ८ , राम्चे गाविस र भोर्ले गाविसको वडा नं १, ६, ८, ९ वडा मिलेर बनेको हो ।[१][२] ५ वटा वडा रहेको यस गाउँपालिकाका मुख्य स्थानहरूमा बेतिनी, धारापानी, कटुञ्जे, कालिकास्थान, धैबुङकोट, धुसेनी, रूप्सेपानी, भदौरे, जिबजिबे, ज्याङलाङ, पराङ्से, गोम्बोडाँडा, राम्चे, ग्राङ र पलेप रहेका छन् ।[३][४]

सीमाना[सम्पादन गर्ने]

यो गाउँपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत समुद्री सतहबाट ९५० मिटरदेखि २२०० मिटर उचाईसम्म फैलिएको छ । जसको पूर्वमा नौकुण्ड गाउँपालिका, पश्चिममा उत्तरगया गाउँपालिका, दक्षिणमा फलाँखु खोला (नुवाकोटसँग जोडिएको) र त्रिशुली खोला तथा गोसाईकुण्ड गाउँपालिका अन्तर्गतको लाङटाङ राष्ट्रिय निकुञ्ज पर्दछ ।  

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

धरातलीय स्वरूप अनुसार यस गाउँपालिकालाई तीन भागमा विभाजन गर्न सकिन्छ । १) ११००-१५००मी उचाईसम्मका भूभागलाई मध्यपहाडी भागमा राखिएको छ, जसमा मानव वस्ती बाक्लो रहेको छ । २) १५०० भन्दा माथि २२०० सम्मको भागलाई तल्लो लेकाली भागमा राखिएको छ । ३) ९५० देखि ११०० मिटरसम्मको भागलाई बेसी भागमा राखिएको छ ।

हावापानी[सम्पादन गर्ने]

धयस गाउँपालिकामा विशेष गरी पाँच किसिमका हावापानी पाईने गर्दछ । हावापानी पाईने क्षेत्र, तापक्रम, वर्षा तथा फैलिएको उचाईलाई यसरी तालिकामा राखिएको छ । तालिका नं ४ : कालिका गापामा पाईने हावापानीको विवरण क्र.सं. पाईने हावापानी उचाई (मीटर) तापक्रम (डिग्री सेल्सियस) वर्षात -सालाखाला (मिलिलिटर) देखि सम्म देखि सम्म गृष्म याम वार्षिक १ उष्ण मौसमी हावापानी ६५० १००० १० ३० १५० १७०० २ अर्ध उष्ण हावापानी १००० ११०० ५ ३४ १६० १८०० ३ समशीतोष्ण हावापानी ११०० २००० २ २८ २०० २००० ४ ठण्डा शीतोष्ण हावापानी २००० ३३०० ० १८ २२० २२०० ५ लेकाली हावापानी ३३०० ३९०० ० १० २५० २५०००

जनसङ्ख्या[सम्पादन गर्ने]

पार्श्वचित्र निर्माण कार्यका लागि गरिएको सर्बेक्षण अनुसार यस गाउँपालिकाको कुल जनसंख्या ११३९३ रहेको छ । जसमा ५४९४ जना महिला र ५८९९ जना पुरुषहरु रहेका छन् । २०६८ को जनगणना अनुसार यस गाउँपालिकमा पुरुषको भन्दा महिलाको संख्य बढी भएको भएपनि अहिलेको सर्बेक्षणमा महिलाको संख्या पुरूषको भन्दा कम देखिएको छ ।

वडा नं साबिक गाविस र वडा जनगणना २०६८ घरधुरी सर्वेक्षण २०७४/७५ महिला जनसंख्या पुरुष जनसंख्या जम्मा जनसंख्या महिला जनसंख्या पुरुष जनसंख्या जम्मा जनसंख्या १ राम्चे १-९ ११७६ १०९२ २२६८ ११९७ १३०७ २५०४ २ धैबुङ ५,६,७ र लहरे ८ १२८५ ११८० २४६५ १४३५ १५०३ २९३८ ३ धैबुङ १,२,३,४ ८८४ ७७८ १६६२ १०३१ १०९४ २१२५ ४ भोर्ले ६,८,९ ५९२ ४९६ १०८८ ७०४ ७७२ १४७६ ५ धैबुङ ८,९ र भोर्ले १ ९९८ ९४० १९३८ ११२७ १२२३ २३५०

	जम्मा	४९३५	४४८६	९४२१	५४९४	५८९९	११३९३

‌‌‌‍‍==वडागत राष्ट्रिय जनगणना २०६८ र घरधुरी सर्वेक्षण २०७४/२०७५ अनुसार फरक जनसंख्या==

वडा नं महिला जनसंख्या पुरुष जनसख्या जम्मा जनसंख्यामा फरक २०६८ २०७५ फरक २०६८ २०७५ फरक १ ११७६ ११९७ २१ १०९२ १३०७ २१५ २३६ २ १२८५ १४३५ १५० ११८० १५०३ ३२३ ४७३ ३ ८८४ १०३१ १४७ ७७८ १०९४ ३१६ ४६३ ४ ५९२ ७०४ ११२ ४९६ ७७२ २७६ ३८८ ५ ९९८ ११२७ १२९ ९४० १२२३ २८३ ४१२ जम्मा ४९३५ ५४९४ ५५९ ४४८६ ५८९९ १४१३ १९७२ जनसंख्या बढेको

स्रोत :कालिका गाउँपालिाको डिजिटल प्रोफाइल

कालिका गाउँपालिकाका अवसरहरू[सम्पादन गर्ने]

यस गाउँपालिकाका अवसरहरू : क) ग्रामीण तथा कृषि पर्यटन : यस गाउँपालिकामा रहेका विविध सांस्कृतिक, प्राकृतिक तथा ऐतिहाँसिक महत्वहरूको प्रचार-प्रसार, कृषि पर्यटनको प्रबल सम्भावना रहेको छ । गाउँगाउँमा होमस्टे (आवास) निर्माण गरी बाह्य तथा आन्तरिक पर्यटकहरूलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्न सकिने सम्भावना रहेको छ । हालसम्म भएका केही लक्षणहरूले पनि यसको सम्भावनालाई नजिक्याउँदै छ । यस गाउँपालिकामा रहेका मिश्रित बस्ती, मिश्रित भेषभूषा, मिश्रित संस्कृतिलाई प्रचारप्रसार गर्न सकेमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै जनताको जीविकोपार्जमा सुधार ल्याउन सकिनेछ ।

ख) तरकारी उत्पादन तथा फलफूल खेती : यस गाउँपालिकाको विभिन्न स्थानमा विभिन्न समयमा मौषमी तथा बेमौषमी तरकारी खेती उत्पादन गर्न सकिन्छ । हालैको अवस्थालाई हेर्दा पनि यहाँको उत्पादनले रसुवा जिल्लाका स्थानीय बजारलाई केही हदसम्म बजार माग पुरा गर्न सकेको छ भने कुनै समयमा धेरै उत्पादन हुँदा कुशल बजारीकरणको अभावले पनि राम्रो मूल्य प्राप्त गर्न सकेको छैन । तरकारी तथा फलफूल उत्पादनलाई वस्तीस्तरीय पकेट क्षेत्र निर्मण गरी उत्पादित वस्तुलाई केरुङ लक्षित बजार प्रबर्दन तथा बिक्री वितरण गर्ने सम्भावना प्रबल रहेको छ ।

ग) कृषि तथा पशुपंक्षी पालन : यस गाउँपालिकाका प्राय स्थानहरूमा कृषि तथा पशु पंक्षी पालन गर्न सकिने सम्भावना रहेको छ । हालैको अवस्थालाई हेर्दा पनि यस गाउँपालिकामा पर्याप्त मात्रामा पशुपालन गरिएको पाईन्छ । व्यवसायिक तबरले पनि पशुपंक्षी पालन गरिएको अवस्था छ । सो को तथ्याङ्क विवरण नं मा हेर्न सकिन्छ । यही अवस्थालाई मध्यनजर गर्दै कालिका गाउँपालिकाको तेस्रो गाउँसभा (२०७५/०७६) ले कृषि, पर्यटन र पशुपंक्षी : कालिका गाउँपालिकाको संबृद्दि भन्ने मूलनारालाई आत्मसाथ गर्दै नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरेको छ ।

घ) सौर्य उर्जा तथा बैकल्पिक उर्जाको विकास : यस गाउँपालिकाका प्राय भूभागमा बिहानदेखि बेलुकीसम्म सूर्यको किरण पर्ने भएकोले यहाँ सौर्य उर्जाको विकास र प्रयोग, सूर्यको किरणसहित पशुपालनमा पनि यहाँका समुदाय संलग्न भएको हिशाबले यहाँ गोबरग्याँस प्रविधिको उत्पादन र प्रयोग गरी खड्किँदो उर्जा तथा इन्धनको अभाव टार्न सकिन्छ । जसका कारण वातावरणीय संरक्षण, जीविकोपार्जनामा सुधार र बढ्दो खर्चलाई कम गर्न सकिन्छ । ङ) फोहोरबाट मोहोर : यस गाउँपालिकाभित्र रहेका बजारहरूमा पाईने फोहोरलाई बर्गीकरण गरी प्रशोधन गर्ने हो भने फोहोरबाट मल उत्पादन गरी फोहोरलाई मोहोरमा परिणत गर्न सकिने सम्भावना रहेको छ । यसैलाई मध्यनजर गर्दै कालिका गाउँपालिकाको तेस्रो गाउँ सभा (२०७५/७६) ले फोहोरलाई बर्गीकरण गरी उठाउने र त्यसलाई प्रशोधन गर्ने नीति लिएको छ । यसै वर्षबाट सो कार्यलाई मूर्तता दिन गाउँपालिकाले आफ्नै लगानीमा फोहोर संकलन गर्ने गाडीको व्यवस्था गरेको छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]