कालिका मन्दिर, बागलुङ
स्वरूप
(कालिका भागवती मन्दिरबाट अनुप्रेषित)
| कालिका भागवती मन्दिर | |
|---|---|
कालिका मन्दिर | |
| धर्म | |
| सम्बन्धन | हिन्दुत्व |
| जिल्ला | बागलुङ जिल्ला |
| प्रदेश | गण्डकी प्रदेश |
| देवता | दुर्गा |
| स्थान | |
| देश | नेपाल |
![]() कालिका भागवती मन्दिरको अन्तरक्रियात्मक नक्सा | |
| निर्देशाङ्क | २८°१५′२१.२४″ उत्तर ८३°३६′४८.८८″ पूर्व / २८.२५५९०००° उत्तर ८३.६१३५७७८° पूर्व |
कालिका भगवती मन्दिर, (जसलाई बागलुङ कालिका भगवती मन्दिर पनि भनिन्छ) पश्चिम नेपालको बागलुङ नगरपालिकाको उत्तर-पूर्वमा अवस्थित एउटा महत्वपूर्ण हिन्दु मन्दिर हो।[१] यो मन्दिर कालीगण्डकी नदीको दक्षिणी किनारमा अवस्थित छ।[१]
मन्दिरको प्रांगणमा प्रत्येक मुख्य दिशामा चारवटा प्रवेशद्वारहरू छन्।[२] मन्दिर परिसरमा शिव, राधा-कृष्ण, लक्ष्मी-नारायण र अन्य देवतालाई समर्पित अन्य साना मन्दिरहरूको विशाल सङ्ग्रह छ।[२] मन्दिरको प्रमुख चाड चैते दसैँ, चैत महिनाको शुक्ल पक्षको आठौँ दिन मनाइन्छ, हजारौँ भक्तजनको घुइँचो लाग्ने गर्दछ।[३][४] अर्को प्रमुख चाड दसैँ हो, जुन असोज महिनाको शुक्ल पक्षबाट चल्छ र पूर्णिमामा समाप्त हुन्छ।[५]
चित्र दीर्घा
[सम्पादन]- बागलुङ कालिका भगवती मन्दिरको अगाडिको दृश्य
- पुजा सामग्री किन्न बजार
- मन्दिर जाने बाटोमा तामाको घण्टी
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- 1 2 Amātya, Sāphalya (२०१४), Cultural Tourism in Nepal, Ministry of Culture, Tourism & Civil Aviation, पृ: १२३।
- 1 2 "Baglung Kalika Temple: Place to Get Siddhi (Knowledge)", Nepalya Times, १९ डिसेम्बर २०१८, मूलबाट ३१ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जनवरी २०१९।
- ↑ Nepal Yearbook, Kathmandu, Nepal: Institute for Integrated Development Studies, २०००, पृ: ९९।
- ↑ "Baglung Kalika", The Himalayan Times, ९ अक्टोबर २०१६, मूलबाट ४ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०१९।
- ↑ "Huge number of devotees flock Kalika temple in Baglung", ImageKhabar, १७ अक्टोबर २०१८, मूलबाट ३ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जनवरी २०१९।
विकिमिडिया कमन्समा कालिका मन्दिर, बागलुङ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
