कालीगञ्ज उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कालीगञ्ज
কালীগঞ্জ
—  उपजिल्ला  —
कालीगञ्जको स्थान-बङ्गलादेशको नक्सामा
कालीगञ्ज
कालीगञ्ज
बाङ्लादेशको नक्शामा कालीगञ्ज उपजिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग खुलना विभाग
जिल्ला सातखीरा जिल्ला
क्षेत्रफल
 - जम्मा ३३३.७९ किमी (१२८.९ वर्ग मी)
जनसङ्ख्या (सन् २०११)
 - जम्मा २७४,८८९[१]
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
वेबसाइट kaliganj.satkhira.gov.bd

कालीगञ्ज (बाङ्ला: কালীগঞ্জ) बङ्गलादेशको सातखीरा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।

भूगोल[सम्पादन गर्ने]

कालीगञ्ज उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २२°१९' देखि २२°३३' उत्तर अक्षांश र ८८°५८' देखि ८९°१०' पूर्वी देशान्तरणमा अवस्थित छ। कालीगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३३३.७९ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई देवहाटाआशाशुनी उपजिल्लाले दक्षिण, श्यामनगर उपजिल्लाले दक्षिण, आशाशुनी उपजिल्लाले पूर्व र भारतको पश्चिम बङ्गाल राज्यले उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना, ककशियाली, कालिन्दी, बिलगालि खाली आदि यस उपजिल्लाका नदी तथा नहरहरू हुन्।[२]

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने तात्कालिक समयमा यस क्षेत्र क्षेत्र ९ मा अवस्थित थियो। यस युद्धका बेला यस उपजिल्लामा बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु र पाकिस्तानी सेना बीच यस उपजिल्लाको बसन्तपुर, खानजिया, पिरोजपुर, नाजिमगञ्ज, दुदली आदि स्थानहरूमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो। कालीगञ्ज २० नोभेम्बर १९७१ का दिन स्वतन्त्र भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २५६३८४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३०९२९ छ भने महिलाको जनसङ्ख्या १२५४५५ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २११४७० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४४७५५, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १४४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १५ रहेको छ। यस उपजिल्लामा ३४७ मस्जिद, १९ मन्दिर र ५ चिहानहरू रहेका छन्।[३] छोट मियाको चिहान, बुडो पीरेको चिहान, तिन मन्दिर, काली मन्दिर आदि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ८४.४९% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ८.८०% ले पोखरी, २% ले टुटी र ४.६१% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ८.७३% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य संस्था, ८ परिवार नियोजन केन्द्र, ५ स्थानीय स्वस्थ्य संस्था र ३ सङ्घ स्वस्थ्य संस्थाहरू रहेका छन्।[४] सन् १९७९ र १९८८ मा आएको आँधीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया आलु, धान, भेण्टा, पानको पात, सखरखण्ड लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया अाँप, कटहर, भुइँकटर, नरिवल, अम्बा, केरा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया झिङे माछा, पानको पात लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको मुङ्दाल, तील र आलसको तेल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ५२ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्र तथा माछापालन केन्द्रहरू रहेका छन्।


यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५६.८१% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ६.०५%, वाणिज्यमा १९.८८%, सञ्चार र यातायातमा २.४०%, उद्योगमा २.७१% निर्माण क्षेत्रमा ०.९३%, सुविधामा ४.३७%, धार्मिक सेवामा ०.२०%, वैदेशिक रोजगारी तथा भाडामा ०.३०% र अन्यमा ६.३५% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय कालीगञ्ज थानाको स्थापना सन् १९४२ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १२ सङ्घ परिषद्, २४४ मौजा/महल्ला र २५६ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; कृष्णनगर सङ्घ परिषद्, विष्णुपुर सङ्घ परिषद्, चाम्पाफुल सङ्घ परिषद्, दक्षिण श्रीपुर सङ्घ परिषद्, कुशुलिया सङ्घ परिषद्, नलता सङ्घ परिषद्, ताराली सङ्घ परिषद्, भाडाशिमला सङ्घ परिषद्, मथुरेशपुर सङ्घ परिषद्, धलबाडिया सङ्घ परिषद्, रतनपुर सङ्घ परिषद्, मौतला सङ्घ परिषद्।[५]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ४६.८३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५३.०३% छ भने महिलाको साक्षरता दर ४०.४०%रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; कालीगञ्ज डिग्री क्याम्पस (सन् १९६९), दक्षिण श्रीपसर कुशलिया उच्च माध्यमिक विद्यालय (सन् १९२६), विष्णु प्राणकृष्ण स्मारक विद्यालय (सन् १९३०), धुलियापुर उच्च विद्यालय (सन् १९३०), कालीगञ्ज पाइलट उच्च विद्यालय (सन् १९३६), नलता उच्च विद्यालय, चाम्पाफुल माध्यमिक विद्यालय (सन् १९२४), नेङ्गी माध्यमिक विद्यालय (सन् १९२९) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৫ ফেব্রুয়ারী ২০১৫), "এক নজরে কালিগঞ্জ", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ২১ নভেম্বর ২০১৩-मा सङ्ग्रहित। 
  2. "कालीगञ्ज उपजिल्ला", बाङ्लापिडिया, अन्तिम पहुँच २२ मार्च २०१६ 
  3. "Bangladesh Population and Housing Census 2011: Zila Report – Satkhira", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच १७ डिसेम्बर २०१८ 
  4. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट मार्च २७, २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]