कालीघाट काली मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कालीघाट काली मन्दिर
कालीघाटको काली देवीको चित्र
कालीघाटको काली देवीको चित्र
प्राथमिक विवरण
स्थान:कलकत्ताको अडि गंगाको किनारमा अवस्थित
सम्बन्धनहिन्दुत्व
राज्यपश्चिम बङ्गाल
देशभारत
निर्मातासन्तोष रोय चौधरी (सबर्न रोय चौधरी)

कालीघाट काली मन्दिर (बङ्गाली: কালীঘাট মন্দির) पश्चिम बङ्गाल, भारतमा अवस्थित हिन्दु देवी कालिको मन्दिर हो । [१] यो एक ५१ वटा हिन्दु शक्तिपीठ मध्ये एक हो । 

कालीघाट कलकत्ताको हुगलि नदिको किनारमा रहेको काली देवीमा समर्पित घाट थियो । कलकत्ता सहरको नाम पनि कालीघाट भन्ने शब्दबाट ल्याइएको भनिन्छ । नदी भने समय वित्दै जाँदा मन्दिर परिसरबाट टाढा हुदै गएको छ । मन्दिर अहिले सानो कुलो अडि गंगाको किनारमा रहेको छ जुन हुगली नदिसँग जोडिएको छ । अडि गंगा हुगली नदिको वास्तविक वाटो थियो, त्यही भएर यसको नाम अडि (वास्तविक) गंगा राखिएको हो । 

पूजाअर्चना[सम्पादन गर्ने]

यो मन्दिरमा भारत लगायत नेपालबाट समेत धर्मावलम्बीहरूबाट जाने गर्दछन् । 

पौराणिक कथा[सम्पादन गर्ने]

कालीघाट भारतको ५१ वटा शक्तिपीठ मध्ये एक मानिन्छ, यस स्थानमा शिवको रूद्र तान्दवको दौरान सतिका विभिन्न अंगहरू खसेको मान्यता रहेको छ । कालीघाटमा सतिको दाँया खुट्टाको बुढी औला खसेको मानिन्छ । सन् १५७० जनवरीमा जिया गनोपाध्यायका श्रीमती पद्यमवती देवीले काली कुण्डमा दिव्य ज्योती देखेका थिए, यसको सोधखोज गर्दा मानव खुट्टाको आकारको ढुंगावाट उक्त ज्योती आएको पाइएको थियो । [२]

इतिहास[सम्पादन गर्ने]

सन् २८८७ मा कालीघाट काली मन्दिर

हालको कालीघाट मन्दिर २०० वर्ष पूरानो रहेको छ यद्यपी यसको उल्लेख १५ औं शताब्दिमा तयार गरिएको मनसार भाषण तथा १७ औं शताब्दिको कवि कनकन चान्दिमा  गरिएको छ । काली मन्दिरको उल्लेख लालमोहन विद्यानिधीको 'समबन्ध निरनोय' समेत रहेको छ । [३] 

वास्तविक मन्दिर एउटा सानो झोपडिमा थियो । हालको मन्दिर सवर्ना रोय चौधरी परिवारको सन्तोष रोय चौधरीद्वारा निर्माण गरिएको थियो ।[४] सन् १७९९ मा सन्तोष रोय चौधरीको मृत्यु पश्चात उनका नाती राजिवलोचन रोय चौधरीले यस मन्दिरको निर्माण सन् १८०९ मा गराएका थिए । यस मन्दिरका वास्तविक मालिक सवर्ना रोय चौधरीका परिवार थिए ।[५] रोय परिवारले ५९५ विघा जग्गा मन्दिरलाई प्रदान गरेका थिए ।[६] सवर्ना रोय परिवारद्वारा हलदर परिवारलाई कालीघाटको पुरोहितको रूपमा नियुक्त गरिएको थियो ।[७][८] सन् १९६० मा सर्वोच्च अदालयद्वारा मन्दिर व्यवस्थापको लागी सरकारको प्रतिनिधी सहितको कमिटी गठन गरेको थियो । [९]

कालीको मूर्ति[सम्पादन गर्ने]

कालीघाट मन्दिर

यस मन्दिरमा भएको कालीको मूर्ति अद्वितीय रहेको छ । यसमा बङ्गालमा भएको कालीको मूर्तिको ढाँचालाई अनुसरण गरिएको छैन् । हालको ढुंगाको मूर्ति दुईजना सन्तहरू आत्माराम ब्रम्हचारी तथा ब्रम्हमानन्द गिरीले माता भुवनेश्वरीको मूर्तिको आकारमा तयार गरेका थिए । [१०] हालको मूर्तिमा तीन वटा आ‌खा, बाहिर निकालिएको सुनबाट बनेको जिब्रो तथा चारवटा हातहरू रहेको छन्, उक्त हातहरू समेत सुनबाट बनेको हो । उक्त हातहरू मध्ये दुईवटाहरूले वाङ्गो तरवार तथा असुरका राजा 'शुम्भ'को काटिएको टाउको लिएका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Balakrishnan, S (मे ९, २००३), "Kali Mandir of Kolkata", The Hindu, अन्तिम पहुँच २००९-११-१० 
  2. https://www.facebook.com/Mahatirthasabarnakalighat/
  3. Bangiya Sabarna Katha Kalishetra Kalikatah by Bhabani Roy Choudhury, Manna Publication.
  4. http://www.westbengaltourism.gov.in/web/guest/kalighat
  5. http://www.sabarna.faithweb.com/custom4.html
  6. Bangiya Sabarna Katha Kalishetra Kalikatah by Bhabani Roy Choudhury, Manna Publication. ISBN 81-87648-36-8
  7. Bangiya Sabarna Katha Kalishetra Kalikatah by Bhabani Roy Choudhury, Manna Publication ISBN 81-87648-36-8
  8. https://www.facebook.com/Mahatirthasabarnakalighat/
  9. Bangiya Sabarna Katha Kalishetra Kalikatah by Bhabani Roy Choudhury, Manna Publication. ISBN 81-87648-36-8
  10. http://kamdev.faithweb.com/whats_new_1.html