कालीध्वज गण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कालीध्वज गण नेपाली सेनाको एक गण हो ।

इतिहास[सम्पादन गर्ने]

“राष्ट्र प्राण भन्दा प्यारो छ” भन्ने आदर्श वाक्य रहेको श्री कालीध्वज गण विसं१९१० भदौ २९ गते श्री ५ सुरेन्द्र विक्रम शाहको पालामा “कालीध्वज कम्पनी”को नाममा रामेछाप जिल्लामा स्थापना भएको हो । कैयन पल्टनहरूको खारेजीस“गस“गै यो कम्पनी पनि वि.सं.१९७९ सालमा खारेजीमा परेको थियो । यो कम्पनी पछि बृहत् सैनिक पूनर्गठनको सिलसिलामा “नं.३ हिमाली राईफल” कम्पनीको नाममा वि.सं.२००९ साल असोज १ गते पूनस्थापित भइ सिंहदरबारमा तैनाथ रहेको थियो । हिमाली राईफल कम्पनीको रूपमा पूनस्थापित भएको यो पल्टन वि.सं.२०२६ साल भदौ २९ गते “कालीध्वज गुल्म”मा रूपान्तरण भइ गुल्म स्थानान्तरणको सिलसिलामा सिंहदरवार, धनकुटा, सिराहा, पा“चथर, इलाम, कोशीटप्पु, खोटाङ, सिराहा, पा“चथरमा तैनाथ भएको थियो । त्यसैगरि नेपाली सेनालाई विस्तृतिकरण गर्ने क्रममा यो गुल्म पाँचथर व्यारेकमा तैनाथ रहेको समयमा वि.सं. २०६१ साल साउन ८ गते अनाश्रित गुल्मबाट “कालीध्वज गण”मा परिणत भइ वि.सं.२०६१ साल मङ्सिर ५ गतेबाट कालीध्वज गण ईटहरी व्यारेकमा तैनाथ भएको र गण स्थानान्तरणको क्रममा वि.सं.२०६२ साल कार्तिक ८ गतेबाट भोजपुरमा तैनाथ भएको थियो । आफूलाई सुम्पिएको गहन जिम्मेवारी उच्च तवरबाट निर्वाह गर्दै पूनःस्थानान्तरण भइ वि.सं. २०६७ साल चैत १९ गतेबाट इलाममा तैनाथ रहेको छ ।[१]

कालीध्वज गणको निशान[सम्पादन गर्ने]

यस गणको निशानको पृष्ठभूमि कलेजी रातो रङ्ग रहेको छ । रातो रङ्गलाई शुभ साईत, विजय तथा सौभाग्यको प्रतिकको रूपमा मानिन्छ । हाम्रो देशको राष्ट्रिय झण्डाको पृष्ठभूमि पनि रातो रङ्गको रहेको छ । रातो रङ्ग माता कालीको प्रतिकको रूपमा पनि मान्ने गरिन्छ । जसको किनारा हरियो रङ्ग रहेको छ । जसलाई शान्तिको रङ्गको रूपमा पूजा गर्ने गरिन्छ । यस गणको निशान सेतो रङ्गमा चन्द्र र सूर्य चित्रण गरिएको छ । जसमा चन्द्रमाको लम्बाई ७ ईन्च र चौडाई ३ ईन्च छभने सूर्यको गोलाइ ७१÷२ ईन्च रहेको छ । चन्द्र र सूर्य रहेसम्म विश्व पनि अटल रहिरहनेछ, त्यसैगरि यस गणको निशान पनि सदासर्वदा अटल रहोस् भन्ने प्रतिकको रूपमा चन्द्र र सूर्य अङ्कित छ । यस गणको मूख्य निशान १ र सहायक निशान दाया“ बाया“ १÷१ गरी जम्मा ३ निशान रहेका छन् । यस गणले २०२६ साल भदौ २९ गते गुल्म रह“दाको अवस्थामा रामेछाप जिल्लामा निशान प्राप्त गर ेका े थिया े । गु ल्म स्थानान्तरणको समयमा निशान रहेको हेलिकोप्टर स्टार्ट नभएपछि निशान नै रामेछापमा नै राखिएको थियो। रामेछापका स्थानीयबासीहरूको निशानप्रति श्रद्धा भएकोले जनताको आर्थिक सहयोग, जनश्रमदान, श्रीजंग गणका सकलदर्जाको अथक प्रयास एवंम आर्थिक सहयोग र यस गणबाट समेत नगद १ लाख ४० हजार आर्थिक सहयोगबाट हाल मन्दिर स्थापना गरी निशान राखिएको छ । जसमा हरेक वर्ष चैत्र दशैं र बडा दशैको नवमीमा पशुपंक्षीको समेत बली दिएर स्थानीयबासीहरूले समेत वृहत् रूपमा पूजा आराधना गर्ने गरेका छन् । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ सिपाही पाक्षिक, १ मंसिर २०६९(अतिरिक्ताङ्क-पृष्ठ-क)