काशीदास रायठोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काशीदास रायठोर नेपालका विभिन्न ब्राह्मण, क्षत्रिय, ठकुरी तथा थकालीहरूको वंशावली तथा पुरातन लेखोटहरूमा उल्लेखित मूलपुरुष हुन् । उनी कन्नौजका रायठोर उपाधि धारण गर्ने सोमवंशी राजपूत राजपरिवारका वंशज थिए । गौचन वंशावली अनुसार काशीदास सोमवंशी पाण्डवहरूबाट वंश चलेको कन्नौजको राजा लक्ष्मीचन्द्रका ११ औँ वंशज राजा मठिमल रायठोरका छोरा थिए र मुसलमानहरूको हमलाबाट जोगिन ब्राह्मणको भेष लिइ हिमालयतिर पसेका थिए । योगी नरहरिनाथले प्रस्तुत गर्नुभएको सन्धिपत्रसंग्रहमा राखिएको अछाम तथा सल्यान राजवंशावलीले काशीदासलाई उक्त रजौटाको मूलपुरुष मानेको थियो र उज्जैनबाट आएको कुरा उल्लेख गरिएको थियो । भारतीय इतिहासकार रामनिवास पाण्डेले काशीदास कन्नौजको गाहडवाल वंशका भएको हुन सक्ने सङ्केत गरेका थिए । योगी नरहरिनाथका इतिहास प्रकाशका अनुसार काशीदासलाई रतनजोत (रत्नसिंह) पनि भनिएको थियो ।

काशीदासलाई खाँडाचक्रका ऐतिहासिक राजा मलेबमले पूर्वज मानेका थिए । पर्वतका बम मल्ल, अछाम र सल्यानका राजवंशावलीले काशीदासलाई मूलपुरुष मान्दछ ।

राठौर वंशसंगको सम्बन्ध[सम्पादन गर्नुहोस्]

भारतको मारवाडको राठौर राजवंश गाहडवाल वंश[१] वा राष्ट्रकुट वंश[२]को सन्तान भएको दाबी गर्छन् । गाहडवाल वंश[१]राष्ट्रकुट वंश[२] दुवैको शासन कन्नौजमा थियो । चन्द बरदाइद्वारा रचित पृथ्वीराज रासो अनुसार गाहडवाल राजा जयचन्द्रको उपाधि राठोर थियो ।[३]

गौचन वंशावलीले चित्तौडगढको पतन (१५६७-१५६८)मा ज्यान गुमाउने राव जयमल राठौरलाई राजा मठिमल रायठोरको भाइ भनिएको थियो । यस अनुसार राजा मठिमल रायठोरको सम्बन्ध भारतका राठौर वंशसंग स्थापना गरिएको थियो ।

बम मल्ल (पर्वत) वंशावली[सम्पादन गर्नुहोस्]

कल्याल शाही वंशावली[सम्पादन गर्नुहोस्]

पोखरेल वंशावली[सम्पादन गर्नुहोस्]

गौचन वंशावली[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Roma Niyogi 1959, पृष्ठ 29.
  2. २.० २.१ India: The Peacock's Call by Aline Dobbie p.41
  3. Roma Niyogi 1959, पृष्ठ 30.

किताब[सम्पादन गर्नुहोस्]