काश्मिरी अर्जुनक
काश्मिरी अर्जुनक | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | F. subrubra
|
वैज्ञानिक नाम | |
Ficedula subrubra (Hartert & Steinbacher, 1934) |
काश्मिरी अर्जुनक (Ficedula subrubra) नेपाल लगायत दक्षिण एसियामा पाइने अर्जुनकको एक प्रजाति हो।
विबरण[सम्पादन गर्ने]
भाले काश्मिरी अर्जुनकको तल्लो भाग बढी गाढारातो (लालकण्ठे अर्जुनकको तुलनामा) र व्यापक फैलिएको साथै कण्ठ छाती किनार फिक्का कालो हुन्छ। पोथी काश्मिरी अर्जुनक र पहिलो हिउँदका केही भाले लालकण्ठे अर्जुनक जस्तै देखिन्छन् तर कण्ठ बढी कैला जुन छातीमा अझ बढी प्रष्ट देखिने साथै पेट र कोखासम्म यसको झलक देखिन्छ। यो चराको लम्बाई १३ सेन्टिमिटर हुन्छ।
वितरण तथा वासस्थान[सम्पादन गर्ने]
काश्मिरी अर्जुनक दक्षिण एसियामा नेपाल, भारतको कास्मिर क्षेत्र तथा पाकिस्तानमा पाइने यो प्रजाति हिउँदमा श्रीलङ्कासम्म बसाई सर्ने गर्छ। यो प्रजाति २१३५ मिटरबाट तलका भूभागहरूमा पाइने गर्छ। यो प्रजाति खुल्ला चौडापाते वनजङ्गलहरू, बगैंचाहरूमा बसोबास गर्ने गर्छ। यसले प्राकृतिक रूपमा बनेका प्वाल तथा दुलाहरूमा यसले गुँड लगाउने गर्दछ। गृष्म महिनामा प्रजनन् गर्ने यो चराले हिउँद महिनाभरी आफ्नो जोडी खोज्ने गर्छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ BirdLife International (२०१२), "Ficedula subrubra", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Ficedula subrubra सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
![]() |
विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : Ficedula subrubra |