किटु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

किटु दैलेख जिल्लाको पिपलकोटगाउँ विकाश समितीको ५ नंवर वार्ड अंतरगत पर्ने गाउँ हो।

जनसङ्ख्या[सम्पादन गर्ने]

यहाँ जम्मा ४२ वटा घरधुरी रहेका छन्। यहाँको जनसङ्ख्या जम्मा २३८ रहेको छ। [१]

जन जीवन[सम्पादन गर्ने]

यहाँ मगर र बाहुन जातीको बसोवास रहेको छ। सुर्खेत-जुम्ला सडक यो गाउँ बाटै भएर जाने हुनाले यो गाउँलाई पिपलकोटको मुख्य व्यापारीक स्थानमा लिन सकिन्छ।

प्रमुख घटनाहरू[सम्पादन गर्ने]

  • १८ मार्च २०१० अथवा २०६६ साल चैत्र ५ गतेको बिहान ९ बजे यसै गाउँमा कालिकोट बाट सुर्खेत तर्फ जाँदै गरेको बस दुर्घटनामा परेर झण्डै ५० जनाको ज्यान गएको थियो।[२]
  • २०७९ भदौ २६ गतेको राती कालिकोटमा कुखुराको चल्ला पुगाएर फर्कदा यसै गाउँमा पर्ने चुइकेभिरबाट लु. १ च २८२९ नंवरको जिप कर्णाली नदिमा खस्दा ४ जनाको ज्यान गएको थियो।[३]

भुगोल[सम्पादन गर्ने]

यो गाउँबाट कालीकोटको सिमानाको दुरी मात्र २ किलो मिटर रहेको छ र दैलेख जिल्लाको खिड्कीजिउलाको दुरी पनि मात्र २ किलो मिटर छ। यो गाउँको सिमाना पातेमेला, जामनेपानी, छामकर्णाली नदीसँग जोडिएको छ।

व्यावसाय[सम्पादन गर्ने]

यो गाउँका मानिसहरु मुख्य पेसा कृषिनै हो तर पनि कर्णाली नदिको किनारा र मुख्य सडक भएकोले यहाँका मानिसहरु माछाको व्यावसाय र व्यापार पनि गर्दछन्।

टोलहरु[सम्पादन गर्ने]

यो गाउँ पिपलकोट गा.वि.स.को मुख्य व्यापारिक स्थान भएकाले यहाँ बजार व्यवस्थापन भएको छ।यहाँका टोलहरु निम्न प्रकार रहेका छन्।:-

  • एक्ले गडा
  • चुइके
  • रातीमाटा
  • ऐराखेत

स्रोत[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

पिपलकोट गाविसका प्रमुख गाउँहरू
क्रम सङ्ख्या गाउँको नाम वडा नंवर
तोलीचाका १,२
जामनेपानी
पातेमेला
किटु
छाम
चिउरी
गोर्खि
लयपातल
सुँगरखाल