सामग्रीमा जानुहोस्

किस्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चाँदीले ढाकिएको पित्तलको किस्ती, इजिप्ट वा सिरिया, 19 औं शताब्दी

किस्ती भनेको सामान राख्न, सार्न वा प्रस्तुत गर्न प्रयोग गरिने समथर र सामान्यतया उठेको बिट भएको भाँडा हो। किस्ती काठ, धातु, प्लास्टिक, काँच वा बाँसजस्ता विभिन्न सामग्रीबाट बनाइन्छ। यसलाई घर, रेस्टुरेन्ट, अस्पताल, कार्यालय तथा उद्योगहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ। किस्तीमा खाना, पेय पदार्थ, औषधि, कागजात वा साना उपकरणहरू सुरक्षित रूपमा एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ। यसको वरिपरि उठेको बिट ले सामान चिप्लिएर खस्न नदिन सघाउछ। आधुनिक समयमा पट्ट्याउन मिल्ने, बहुखाने तथा ताप सहन सक्ने किस्तीहरू पनि उपलब्ध छन्।