सामग्रीमा जानुहोस्

किहुँ

किहुँ
पूर्व गाविस
किहुँ तनहुँ जिल्ला-को अवस्थिति
किहुँ
किहुँ गण्डकी अञ्चल-को अवस्थिति
किहुँ
किहुँ पश्चिमाञ्चल विकास क्षेत्र-को अवस्थिति
किहुँ
किहुँ नेपाल-को अवस्थिति
किहुँ
निर्देशाङ्क: २७°५६′ उत्तर ८३°५९′ पूर्व / २७.९४° उत्तर ८३.९९° पूर्व / 27.94; 83.99
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ जिल्ला
क्षेत्रफल
 • जम्मा१८.४ किमी२ (७.१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३,८२७
 • घनत्व२१०/किमी२ (५४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

किहुँ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, तनहुँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३८२७ रहेको थियो जसमध्ये १५७९ पुरुष र २२४८ महिला रहेका थिए भने यहाँ ९१७ घरधुरी रहेको थियो।[१][२] यो हाल भिमाद नगरपालिकामा पर्दछ।

यो भिमाद नगरपालिकाको वडा नम्बर १ हो।

किहुँको इतिहास निकै पुरानो रहेकाे छ । नेपाल एकीकरण हुनुपूर्व यो क्षेत्र भिरकोट राज्यमा पर्दथ्यो । भिरकोटे राजाहरू हुक्का चिलिमका सोखी थिए र उनीहरू हुक्का खान आउँथे र उनीहरू हुक्कामाथि डाँडामा रहेको सतीकोट डाँडामा बस्दथे भन्ने किंवदन्ती रहेको छ ।  किहुँ भिरकोट राज्यको इलाका न‌‍‍. ४ मा समावेश थियो । पछि यो स्याङ्जा जिल्लामा समावेश भएको र त्यस्तै २०३२ साल वरिपरि तनहुँ जिल्लामा सवामेश भएको सरकारी तथ्याङ्कहरूले देखाउँछ । किहुँ’ नामाकरण कसरी रहन गयो भन्ने सन्दभर्ममा वास्तविक तथ्य जानकारी नभेटिए तापनि यस क्षेत्रभित्रका, किंवदन्ती, जनश्रुतिका भनाइलाई आधार मान्ने हो भने केवल २ प्रकारका भनाइहरूलाई आधार मान्न सकिने अवस्था रहेको छ । त्यसमध्ये पहिलो आधार भनेको हाल अरूणोदय गाविसको वडा नं. २ मा अवस्थित कोटबराही मन्दिरदेखि पूर्वतिरको तल्लो भेगको बस्तीहरूमा तत्कालीन अवस्थामा गुरुङहरूको बस्ती भएको र बस्तीहरूमा प्रशस्त मात्रामा पानीका मुलहरू भएको र गुरुङ भाषामा पानीलाई भनिने क्यु’ शब्द पछि अपभ्रंश भई किहुँ’ रहन गएको हो भन्ने एक थरिको भनाइ छ । त्यस्तै गरी अर्का थरीको भनाइ अनुसार, “यस क्षेत्रमा किम्बु काफल’ प्रशस्त पाइने हुँदा किम्बु’ शब्दको अपभ्रंश भई किहुँ’ रहन गएको हो” भन्नेभनाइ पनि स्थानीय स्तरमा सुन्न पाइन्छ । (स्रोत ः मनको बगैचा वर्ष १ अंक २, २०६४)

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ राष्ट्रिय जनगणना २०६८, नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
  2. ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, मूलबाट २०१६-०३-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २०१२।