सामग्रीमा जानुहोस्

कुचिसाके-ओन्ना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुचिसाके-ओन्ना (口裂け女; 'मुख च्यातिएकी महिला') जापानी सहरी दन्त्यकथा र लोककथाको एक दुष्ट पात्र हुन्। उनलाई एक महिलाको प्रतिशोधी आत्मा वा ओन्र्यो (Onryō) को रूपमा वर्णन गरिएको पाइन्छ, जसले आफ्नो अनुहारको केही भाग मास्क वा अन्य वस्तुले छोपेकी हुन्छिन्। उनको हातमा कैंची, चक्कु वा अन्य कुनै धारिलो हतियार लिइएकी प्रायः १७५ देखि १८० सेन्टिमिटर अग्ली महिलाको रूपमा चित्रण गरिन्छ। यद्यपि, कसै-कसैले उनी ८ फिटसम्म अग्ली छिन् भन्ने विश्वास गर्छन्। उनको लामो, सीधा कालो कपाल, सेता हात, फिक्का छाला हुन्छ र (त्यो चोट बाहेक) उनी निकै सुन्दरी देखिन्छिन्। उनलाई एक समकालीन योकाई (Yōkai) वा आत्माका रूपमा पनि वर्णन गरिएको छ।

लोक मान्यता अनुसार, उनले आफ्ना सम्भावित पीडितहरूलाई "के म सुन्दरी छु?" भनी सोध्छिन् र "छैनौ" भनेमा उनले आफ्नो लामो मेडिकल कैंचीले पीडितलाई तत्कालै मार्छिन् वा रात नपर्दासम्म पर्खेर उनीहरू सुतेको बेला हत्या गर्छिन्। "छौ" भनेमा उनले आफ्नो मुख छोपेको चिज हटाउँछिन् र कानदेखि कानसम्म च्यातिएको आफ्नो विभत्स मुख देखाउँछिन्। त्यसपछि फेरि सोध्छिन्— "अहिले नि?" यदि व्यक्तिले फेरि "छैनौ" भन्यो भने, उनले आफ्नो हतियारले हत्या गर्छिन्। यदि व्यक्तिले हिचकिचाउँदै "छौ" भन्यो भने, उनले पीडितको मुख पनि आफ्नै जस्तै गरी कानसम्म कैंचीले काटिदिन्छिन्। बच्ने उपाय: कुचिसाके-ओन्नासँगको मुठभेडबाट बच्ने एउटा उपाय भनेको उनको प्रश्नको उत्तरमा उनलाई "औसत" वा "ठिक्ककी" देखिन्छौ भन्नु हो। यसो गर्दा उनी अलमलिन्छिन् र पीडितलाई भाग्ने समय मिल्ने बताइन्छ।

कुचिसाके-ओन्नाको दन्त्यकथा १७ औं देखि १९ औं शताब्दीको जापानको एडो काल (Edo period) अघि देखि नै भएको मानिन्छ। यसको आधुनिक कथा भने सन् १९७८ बाट सुरु भएको हो, तर सन् १९७९ को गर्मीयाममा मात्र यो व्यापक रूपमा लोकप्रिय भयो। त्यस समयमा धेरै पत्रपत्रिका र म्यागजिनहरूले यस दन्त्यकथाको बारेमा रिपोर्ट छापेका थिए र यो हल्ला देशभर फैलियो। यसको प्रभाव यति धेरै थियो कि साना बालबालिकाहरू स्कूलबाट घर फर्किँदा वयस्कहरूको समूहले साथ दिएर मात्र हिँड्ने गर्थे।[]

लोकप्रिय संस्कृतिमा

[सम्पादन गर्नुहोस्]

कुचिसाके-ओन्ना विभिन्न प्रत्यक्ष-अभिनय चलचित्रहरूका साथै मङ्गा, एनिमे र भिडियो गेमहरूमा देखा परेकी छिन्।

चलचित्र र एनिमेसन:

[सम्पादन गर्नुहोस्]
  • पम पोको (1994): स्टुडियो गिब्लीद्वारा निर्मित यो एनिमेटेड चलचित्रमा कुचिसाके-ओन्नाको चरित्र देखा पर्दछ।
  • कुचिसाके-ओन्ना (1996): तेरुयोशी इशीद्वारा निर्देशित यस छोटो लाइभ-एक्सन चलचित्रमा उनलाई प्रस्तुत गरिएको छ।
  • रिङ (1998): हिदेओ नाकाताद्वारा निर्देशित यो प्रसिद्ध हरर चलचित्रमा पनि कुचिसाके-ओन्नाको चर्चा गरिएको छ।
  • कार्भ्ड (Carved: The Slit-Mouthed Woman, 2007): कोजी शिराइशीद्वारा निर्देशित यस चलचित्रमा मिकी मिजुनो कुचिसाके-ओन्नाको भूमिकामा देखिएकी छिन्। यस चलचित्रका 'कार्भ्ड २' र 'द स्लिट-माउन्थेड ओमन: द बिगिनिङ' (२००८) जस्ता श्रृङ्खलाहरू पनि निर्माण भएका छन्।
  • अन्य उपस्थिति: सन् २०१२ मा 'कुचिसाके-ओन्ना रिटर्न्स' र 'मोकुमेन्टरी' (हास्य) शैलीको चलचित्र 'सेन्रित्सु काइकी फाइल' मा पनि यो चरित्र देखाइएको छ।
  • कान्नाको इनुकीको हरर मङ्गा 'कुचिसाके-ओन्ना देन्सेत्सु' र यसको सिक्वेल 'मामा वा कुचिसाके-ओन्ना' मा उनी मुख्य खलपात्रको रूपमा छिन्। यी कथाहरू 'सस्पेन्स एन्ड हरर' म्यागजिनमा प्रकाशित भएका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]