कुमारखाली उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कुमारखाली
কুমারখালি (কুষ্টিয়া)
—  उपजिल्ला  —
Tagore Kuthibari.jpg



कुमारखाली बङ्गलादेश-এ অবস্থিত
कुमारखाली
कुमारखाली
बाङ्लादेशको नक्शामा कुमारखाली उपजिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग खुलना जिल्ला
जिल्ला कुमारखाली उपजिल्ला
सदरमुकाम कुमारखाली
क्षेत्रफल
 - जम्मा २६५.८९ किमी (१०२.७ वर्ग मी)
जनसङ्ख्या (सन् २०११ [१])
 - जम्मा ३२८,४५७
 जनघनत्व १,२३५.३/किमी (३,१९९.४/वर्ग मी)
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
वेबसाइट आधिकारिक जालस्थल
कुमारखाली उपजिल्लाको आधिकारिक नक्शा

कुमारखाली (बाङ्ला: কুমারখালি) बङ्गलादेशको कुष्टिया जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

कुमारखाली उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°४४' देखि २३°५८' उत्तर अक्षांश र ८९°०९' देखि ८९°२२' पूर्वी देशान्तरणमा अवस्थित छ। कुमारखाली उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २५८.३७ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई पाबना सदर उपजिल्ला र पद्मा नदीले उत्तर, शैलकृपा उपजिल्लाले दक्षिण, खोकसा उपजिल्लाले पूर्व र कुष्टिया सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा, गडाई, कालीगङ्गा नदी, डाकुया खाल आदि यस उपजिल्लाका केही नदी तथा नहरहरू हुन्।[३][४]

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने २३ मार्च १९७१ का दिन स्वतन्त्र बङ्गलादेशको राष्ट्रिय झण्डा कुमारखालीमा फहराइएको थियो। ६ अगष्ट १९७१ मा बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुले एक घरमा छापा मारि ५ स्थानीय राजाकारको हत्या गरेका थिए भने यसबाहेक कुमारखाली उपजिल्लामा स्थानीय राजाकार र बङ्गलादेशी लडाकु बीच जदुबयरा सङ्घ परिषद्को बरहचारा गाउँमा प्रत्यक्ष गोली हानाहान हुँदा १ राजाकार मारिएका थिए। कुमारखाली उपजिल्ला ९ डिसेम्बर १९७१ का दिन स्वतन्त्र भएको थियो। बङ्गलादेश स्वतन्त्रता युद्धमा यस उपजिल्लामा कुल ३९ बङ्गलादेशी लडाकु र ६ वीराङ्गना (यस युद्धका समयमा बलात्कृत भएका महिलाहरू) रहेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २९७७२८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १५१७९१ छ भने महिलाको जनसङ्ख्या १४५९३७ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २८६०९४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ११५८९, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २० रहेको छ। यस उपजिल्लामा बाँशफोड र बुनो जनजातिहरू बसोबास गर्छन्। बालियाकान्दि शाही मस्जिद, कुशलिबासा शाही मस्जिद (सन् १८४०), तेबाडिया तिन गम्बुज मस्जिद (सन् १८९०), शेरकान्दि हाजीर मस्जिद (सन् १८८७), बाटिकामारा जामे मस्जिद, शासिमपुर जामे मस्जिद, पान्टि बाजार जामे मस्जिद, अोरशेदपुर गोपीनाथ मन्दिर, राजा सीतारामको मठ, महिषखोला दुर्गा मन्दिर, मिर्जापुरे बौद्ध मठ आदि यस उपजिल्लाका केही प्रख्यात धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९५.४४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१६% ले पोखरी, ०.८०% ले टुटी र ३.६०% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये २०.५६% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य संस्था, ९ सङ्घ स्वास्थ्य केन्द्र, ११ परिवार नियोजन केन्द्र, १ मातृ तथा शिशु हेरचाह केन्द्र, ५ सामुदायिक स्वस्थ्य केन्द्र सन् १९७० र १९८८ मा यस उपजिल्लाका हजारौँ मानिसहरू बाढीका सिकार भएका थिए भने यस प्राकृतिक प्रकोपले घर, भवन तथा बाली नालीमा पनि ठूलो मात्रामा क्षति पुर्‍याएको थियो।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, गहुँ, उखु, मकै लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, अाँप, आलुबखडा, कटहर, केरा, नरिवल, मेवा, लिची आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, चकलेट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया दुध, दही, नरिवल लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको अालसको तेल र कोदो पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, कुखुरापालन केन्द्र तथा दुग्ध सङ्कलन केन्द्रहरू रहेको छ।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खती हो जसमा जिल्लाकै ४२.२६% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ८.०६%, वाणिज्यमा १८.५२%, सञ्चार र यातायातमा ५.३२%, उद्योगमा ९.६३% निर्माण क्षेत्रमा २.१७%, सुविधामा ५.८८%, धार्मिक सेवामा ०.२२%, वैदेशिक रोजगारी तथा भाडामा ०.२९% र अन्यमा ७.६५% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय कुमारखाली थानको स्थापना सन् १८५५ मा भएको थियो भने तात्कालिक समयमा यस थानामा १३ सङ्घहरू थिए जुन सन् १८५७ मा उपविभागमा पदोन्नत भएका थिए। सन् १८७१ मा कुमारखाली उप विभागलाई निर्मूल गरि कुष्टिया उप विभागमा गाभिएको थियो। सन् १९८३ मा कुमारखाली उपजिल्लामा परिणत भएको थियो। कुमारखाली नगरपालिकाको स्थनपना भने सन् १८६९ मा भएको थियो। हाल यस उपजिल्लामा ११ सङ्घ परिषद्, १८७ मौजा/महल्ला र २०२ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; कया सङ्घ परिषद्, चर सादिपुर सङ्घ परिषद्, चापडा सङ्घ परिषद्, चाँदपुर सङ्घ परिषद्, जगन्नाथपुर सङ्घ परिषद्, नन्दलालपुर सङ्घ परिषद्, पान्टि सङ्घ परिषद्, बागुलाट सङ्घ परिषद्, जदुबयारा सङ्घ परिषद्, शिलाइदह सङ्घ परिषद् र सदकि सङ्घ परिषद्।[५]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३८.१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४१.४% छ भने महिलाको साक्षरता दर ३४.७% रहेको छ। यस उपजिल्लामा केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; कुमारखाली डिग्री क्याम्पस (सन् १९७०), पान्टि डिग्री क्याम्पस (सन् १९७८), कुमारखाली एस एन पाइलट उच्च विद्यालय (सन् १८५६), खोरशेदपुर माध्यमिक विद्यालय (सन् १८७६), जदुबयरा उच्च विद्यालय (सन् १९०२), जेएन उच्च विद्यालय (सन् १९२२), हासिमपुर बहुमुखी माध्यमिक विद्यालय (सन् १९४५), सुलतानपुर माशताबिया माध्यमिक विद्यालय (सन् १९४५), पान्टि माध्यमिक विद्यालय (सन् १९५७), कुमारखाली कन्या विद्यालय (सन् १९६३), मधुपुर सैनिक विद्यालय (सन् १९६३), महेन्द्रपुर माध्यमिक विद्यालय (सन् १९६७), जगन्नाथपुर माध्यमिक विद्यालय (सन् १९७३), खोरशेदपुर प्रतिमा कन्या विद्यालय, कुमरखाली सिनियर मदरसा (सन् १९६१) आदि।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার (২৭ জানুয়ারী ২০১৫), "এক নজরে কুমারখালী উপজেলা", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, মন্ত্রিপরিষদ বিভাগ, এটুআই, বিসিসি ও বেসিস, मूलबाट ৯ মার্চ ২০১৭-मा सङ्ग्रहित। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "कुमारखाली उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. ref name="নদীকোষ">ড. অশোক বিশ্বাস, বাংলাদেশের নদীকোষ, গতিধারা, ঢাকা, ফেব্রুয়ারি ২০১১, পৃষ্ঠা ৩৯০, आइएसबिएन ९७८-९८४-८९४५-१७-९
  4. মানিক মোহাম্মদ রাজ্জাক, বাংলাদেশের নদনদী: বর্তমান গতিপ্রকৃতি, কথাপ্রকাশ, ঢাকা, ফেব্রুয়ারি, ২০১৫, পৃষ্ঠা ৬১২, ISBN 984-70120-0436-4
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]