कुमारी बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कुमारी बैंक लिमिटेडबाट अनुप्रेषित)
कुमारी बैंक
नामकुमारी बैङ्क लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त बैङ्क
उद्योगबैङ्किङ्ग
स्थापित वर्ष२०५७
मुख्यालयदरवारमार्ग,काठमाडौँ नेपाल
सेवा क्षेत्रनेपाल
चालु पुँजी१८२ करोड
कर्मचारी५७०
वेबसाईटwww.kumaribank.com

कुमारी बैङ्क वि. सं. २०५७ मा स्थापना भएको नेपाल को एक बैङ्क हो।[१] कुमारी बैँक नेपालको १५ औँ वाणिज्य बैङ्कको रूपमा स्थापना भएको थियो। यस बैँकमा इन्टरनेट बैङ्किङ निःशुल्क, मोबाइल बैङ्किङ पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्युनतम् शुल्क साथसाथै भिजा डेबिट कार्ड पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्युनतम् शुल्क लागु हुनेछ। यस बैङ्कले हरेक वर्गका ग्राहकहरूलाई सुविधायुक्त सेवाहरू प्रदान गर्दै आइरहेको छ। विगत १८ वर्षदेखि निरन्तर सेवा पुर्‍याउँदै आइरहेको कुमारी बैङ्कले देशभरिका १०० शाखा सञ्जाल, ९१ एटिएम्, ३ एक्सटेन्सन काउन्टर र ३ शाखा रहित ईकाईहरु मार्फत प्रभावकारि सेवा प्रदान गर्दै आफ्नो प्रतिबद्वता जनाएको छ।[२] कुमारी बैङ्कले सन् २०१९ मा एसेलेरेटेड ट्रान्फरमेसन अवार्ड प्राप्त गर्न पनि सफल भएको थियो। [३] यस बैङ्कको खुल्ने समय सामान्यतया बिहान १० बजेदेखि बेलुकी ३ बजेसम्म रहेको छ भने सार्वजनिक बिदा र अन्य बिदा शनिबार को समयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्दछ। कुमारी बैङ्कको संस्थापक समूहबाट अक्ष्यक्ष पदमा अमिर प्रताप जे बि राना रहेका छन्। यसैगरि सञ्चालक पदमा कृष्ण प्रसाद ज्ञवाली, महेश प्रसाद पोख्रेल, अनुराधा चौधरी रहेका छन्। [४] कुमारी बैङ्कले आफ्नो नयाँ वचत खाता कुमारी परिवार सुरक्षित वचत खाता पनि प्रस्तुत गरेको छ। पहिलोपटक प्रस्तुत गरिएको यस बैङ्कले खातामा विमा सुविधा सहितको सेवा सार्वजनिक गरेको छ।

कुमारी बैङ्क लिमिटेडले "कुमारी स्वास्थ्य बचत खाता" को बचत खाता लाई प्रस्तुत गरेको छ। यसको उद्धेश्य जनतालाई "बानी बानी" र "राम्रो स्वास्थ्य" प्रबर्धन गर्ने र सचेत गराउने रहेको छ। यसका साथै व्यापार व्यवसायको प्रबर्धनको लागि कुमारी बैङ्क लिमिटेड र मेदन्त-मेडिसिटी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार मेदन्त अस्पताल र कुमारी बैङ्कले सह-ब्रान्डेड भिसा डेबिट कार्ड अस्पतालले प्राथमिकताका साथ सेवा गरिरहेको छ भने कुमारी बैङ्कका खातावालाहरूलाई प्रदान गरिने भएको छ। यसका साथै उत्पादक खातावालाहरूले रू १०,०००सँग लकर शुल्क,मोबाइल बैङ्किङ सेवा शुल्क,उपभोक्ता ॠणमा विशेष छुट रहेको छ।

कुमारी बैङ्कले रुकुमको मुसिककोट,सल्यानको कपूरकोट,बाँकेको कोहलपुर,बाराको निजगढ,धनुषाको महेन्द्रनगर र ओखलढुङ्गामा नयाँ शाखा खोलेको छ। नयाँ शाखाहरूको साथ यस बैङ्कले देशका ३४ शाखा २ एक्सटेन्सन काउन्टर र एटीएम स्थानहरु मार्फत ग्राहकहरूलाई आधुनिक बैङ्किङ सेवा प्रदान गर्नेछ।

कुमारी बैङ्क लिमिटेडले सन् २०११ मा भारतको नयाँ दिल्लीमा आयोजित मन्थन अवार्ड साउथ एसिया २०११ अन्तर्राष्ट्रिय शिखर सम्मेलनको दौरान मान्यता प्राप्त पुरस्कार प्राप्त गरेको थियो। कुमारी मोबाइल क्यास नाम गरेको सेवा प्रदान गर्नका लागि पुरस्कार ई-व्यापार र उद्यम कोटिमा जितेको थियो। यसले मोबाइल अवधारणाका साथ वित्तिय सेवाहरूको पहुँच प्रदान गर्न मोबाइल फोन प्रयोग गर्दछ जसले प्रयोगकर्ताहरूको मोबाइल फोनमा नगद ब्यालेन्स भण्डार गर्न अनुमति दिन्छ। अफगानिस्तान,भुटान,भारत,माल्दिभ्स,बङ्गलादेश,पाकिस्तान र श्रीलङ्काबाट ४८ भन्दा बढि आवेदनमध्ये ३८ जनालाई मुख्य कोटीहरूमा फैलाइएको विजेताका रूपमा चयन गरिएको थियो, जसमा नेपालको प्रतिनिधित्व गर्ने एकमात्र विजेता कुमारी बैङ्क थियो। [५]

कुमारी बैङ्कले पूर्व कुमारीको उच्च शिक्षामा सहयोग पुर्याउन काठमाडौँको बसन्तपुर,काठमाडौँको जीवित देवी कुमारी मतिना शाक्यलाई छात्रावृत्ति कोष प्रदान गरेको छ। यस बैङ्कले विगतका दिनहरूमा पनि शिक्षा,स्वास्थ्य र वातावरण जस्ता क्षेत्रमा सीएसआर गतिविधिहरु गर्दै आइरहेको छ। कुमारी बैङ्कले बाढि पहिरो पीडितलाई पनि सहयोग पु‌र्याउदै आइरहेको छ। इन्द्रावती समुदाय केन्द्रको सहयोगमा सिन्धुपाल्चोकको बाह्रबिसेमा कुमारी बैङ्कले धेरै दिन सम्म स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। डाक्टर, नर्स तथा सहयोगी कर्मचारीहरूको टोलीले यात्रा गर्न नसक्ने बिरामीहरूको निम्ति चिकित्सा सेवा प्रदान गर्न यस क्षेत्रमा भ्रमण गरेका थिए। सिन्धुपाल्चोक सँगसँगै नवलपरासी,धादिङ र गोरखामा पनि भुकम्प पीडितहरूलाई सहयोग पुर्‍याएको छ। यस बैङ्कले हरितालिका तीजको दिनमा पनि श्रद्धालु भक्तजनहरूकोलागि पिउने पानीको सुविधा व्यवस्था गरेको थियो। उपवासमा रहेका महिलाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै यस बैङ्कले हजारौँ भक्तजनहरूलाई जुस तथा पानी वितरण गरेको थियो। यस्तैगरि विभिन्न सामाजिक कार्यमा कुमारी बैङ्कले आफ्नो संम्लग्नता जनाउदै आइरहेको छ।

शाखाहरू[सम्पादन गर्नुहोस्]

  1. दरबारमार्ग शाखा (प्रधान कार्यालय)
  2. पुतलीसडक शाखा
  3. बानेश्वर शाखा
  4. कोटेश्वर शाखा

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

नोट : मर्जर पश्चात प्रदान गरिएको इजाजतपत्रानुसारको मितिका आधारमा सूचीबद्ध

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली बैँकहरूको सूची
  2. "About us", अन्तिम पहुँच जनवरी ९, २०२०  वेब्याक मेसिन अभिलेखिकरण जुलाई २८, २०१९ मिति
  3. "Award", अन्तिम पहुँच जनवरी ९, २०२०  वेब्याक मेसिन अभिलेखिकरण जुलाई २८, २०१९ मिति
  4. [https://www.kumaribank.com Kumari Bank Limited "About Us"], अन्तिम पहुँच जनवरी १०, २०२० 
  5. "New updates", अन्तिम पहुँच जनवरी १७, २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि