कुमिल्ला विभाग
कुमिल्ला विभाग
কুমিল্লা বিভাগ | |
|---|---|
| निर्देशाङ्क: २३°२७′उ ९१°१२′पू / 23.450°N 91.200°E | |
| देश | |
| राजधानी | कुमिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | १२,८४८.५३ किमी२ (४९६०.८५ वर्ग माइल) |
| जनसङ्ख्या (सन् २०२२ को जनगणना) | |
| • जम्मा | १९,९३६,२५९ |
| • घनत्व | १६००/किमी२ (४०००/वर्ग माइल) |
| (बङ्गलादेश तथ्याङ्क ब्यूरो) | |
| समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय) |
| आइएसओ ३१६६ सङ्केत | बिडी-बी |
| मुख्य भाषा(हरू) | बङ्गाली |
| जिल्लाहरू | ६ |
| उपजिल्लाहरू | ५९ |
कुमिल्ला विभाग (बङ्गाली: কুমিল্লা বিভাগ) बङ्गलादेश भित्र प्रस्तावित एक प्रशासनिक विभाग हो।[१][२][३][४] यो विभागको नाम कुमिल्लाबाट आएको हो, जसले यसको पश्चिमी सिमाना बनाउँछ। यसले अवस्थित चट्टोग्राम विभागको उत्तर-पश्चिमी भागहरू समेट्छ, जसमा चट्टोग्राम विभागका ब्राह्मनबाडिया, कुमिल्ला जिल्ला, चाँदपुर जिल्ला, नोयाखाली, फेनी र लक्ष्मीपुर जिल्लाहरू समावेश छन्। यो विभागको सदरमुकाम कुमिल्लामा हुनेछ। यो देशको दक्षिण-पूर्वी क्षेत्रमा अवस्थित छ, जसको कुल क्षेत्रफल १२,८४८.५३ वर्ग किलोमिटर (४,९६०.८५ वर्ग माइल) छ[५] र सन् २०२२ को जनगणना अनुसार यसको जनसङ्ख्या १९,९३६,२५९ रहेको छ।[६][७][८]
शब्दावली र नामकरण विवाद
[सम्पादन गर्नुहोस्]प्रस्तावित मेघना विभागका विभिन्न (र कहिलेकाहीँ अतिव्यापी) भौगोलिक र राजनीतिक क्षेत्रहरू वर्णन गर्न विभिन्न शब्दहरू प्रयोग गरिन्छ। संक्षेपमा, मुख्य शब्दहरू र तिनीहरूको सरल व्याख्याहरू निम्नानुसार छन्:
- भौगोलिक शब्दावली:
- समतट (बङ्गाली: সমতট) बङ्गालको एक प्राचीन भूराजनीतिक विभाजन थियो। बृहत्तर कुमिल्ला र नोयाखाली क्षेत्र समतटको विभाजनमा परेका थिए। भौगोलिक रूपमा, प्रस्तावित मेघना विभाग बङ्गाल प्रान्तका दुई पूर्व ठुला जिल्लाहरू - कुमिल्ला र नोयाखाली मिलेर बनेको छ।
- विशाल नोयाखाली (बङ्गाली: নোয়াখালী): नोयाखालीको पुरानो नाम भुलुआ हो। भुलुआ जिल्ला सन् १८२१ मा बेलायती भारत सरकारले सिर्जना गरेको थियो। पछि सन् १८६८ मा आधिकारिक रूपमा नोयाखाली नामकरण गरिएङ्को थियो। यसमा लक्ष्मीपुर र फेनीको उप-विभाजनहरू समावेश थिए जुन अन्ततः सन् १९८४ मा छुट्टाछुट्टै जिल्लाहरूका परिणत भएका थिए।
- विशाल कुमिल्ला (बङ्गाली: কুমিল্লা): सन् १७९० मा अङ्ग्रेजहरूद्वारा बङ्गालको टिप्पेरा जिल्लाको रूपमा स्थापित भएको थियो[९] र पछि सन् १९६० मा कुमिल्लाको रूपमा पुन: नामाकरण गरिएको थियो।[१०] यसमा ब्राह्मनबाडिया र चाँदपुरको उप-विभाजनहरू समावेश थिए जुन अन्ततः सन् १९८४ मा अलग जिल्ला बनेको थियो।
- रोशनबाद (बङ्गाली: রসানবাদ): (राङ्गमाटी पहाडी जिल्ला बाहेक प्रस्तावित कुमिल्ला विभागको लगभग बराबर)। यो मुगल कालमा सुबाह बङ्गालमा जिल्ला स्तरीय प्रशासनिक एकाइ (चकला) थियो।
- कुमिल्ला (बङ्गाली: কুমিল্লা): शेख हसिनाको बहिर्गमन पछि, १७ डिसेम्बर २०२४ मा, बङ्गलादेशको अन्तरिम सरकारको सार्वजनिक प्रशासन सुधार आयोगले कुमिल्ला विभाग सिर्जना गर्न सिफारिस गरेको थियो।[११]
इतिहास
[सम्पादन गर्नुहोस्]अविभाजित मेघना जिल्ला क्षेत्र कुनै समय प्राचीन गङ्गाऋद्धि, समतट र बङ्गालको पुण्ड्र राज्यको अधीनमा थियो।[१२] छैँठौँ शताब्दीमा गुप्त शासनको पतन पछि यो क्षेत्र गौड राज्यको नियन्त्रणमा आएको थियो। लालमाई मैनामतीमा खड्ग वंश (सातौँ शताब्दीदेखि आठौँ शताब्दीको सुरुवातसम्म), देव वंश (आठौँ शताब्दीसम्म) र चन्द्र वंश (दशौँ र एघारौँ शताब्दीको मध्यसम्म)द्वारा शासन गरिएको थियो। चन्द्रराजको शासन पछि, मध्ययुगीन कालको सुरुवातमा यस क्षेत्रलाई हिन्दु वर्मन, सेन र देव वंशले शासन गरेको थियो। पछि मध्ययुगीन कालमा यो क्षेत्र त्विप्र राज्यसँग जोडिएको थियो। सन् १७३२ मा, यो जगत माणिक्यको बङ्गाल-समर्थित क्षेत्रको केन्द्र बनेको थियो।[१३][१४]
सन् १७६४ मा त्रिपुराका राजा विरुद्ध किसान आन्दोलन, जुन मूल रूपमा शमशेर गाजीको नेतृत्वमा गठन भएको थियो। यो सन् १७६५ मा इस्ट इन्डिया कम्पनीको शासनमा आएको थियो[१५] र सन् १७९० मा तिप्पेरा जिल्ला (चकला रोशनबाद पनि भनिन्छ) को रूपमा स्थापित भएको थियो। पछि, यसलाई तीन चरणमा छवटा जिल्लाहरूमा पुनर्गठन गरिएको थियो। अविभाजित नोयाखाली जिल्ला सन् १८६८ मा भोला जिल्लाको नाम परिवर्तन गरेर स्थापित गरिएको थियो, जुन बेलायतीहरूले २९ मार्च १८२२ मा स्थापना गरेका थिए। यसको सदरमुकाम नोयाखाली सहरमा थियो। सन् १९५१ मा मेघना नदीको कटानको परिणामस्वरूप यो सहर नदीको किनारमा लोप नभएसम्म यसको मुख्यालय नोयाखाली सहरमा थियो। त्यसपछि नोआखाली जिल्लाको लागि नयाँ मुख्यालय मैजदीमा स्थापना गरिएको थियो। त्यसपछि नोआखाली जिल्लाको लागि नयाँ मुख्यालय मैजदीमा स्थापना गरिएको थियो।
१४ फेब्रुअरी २०१७ मा, विशाल कुमिल्ला र नोयाखाली क्षेत्रहरू मिलेर एउटा नयाँ विभाग सिर्जना गर्ने प्रस्ताव गरिएको थियो, जसको प्रभावकारी नाम मयनामती थियो।[१६][१७] "मयनामती" नाम विवादास्पद थियो र त्यसैले भोलिपल्ट कुमिल्लाका बासिन्दाहरूले यसको विरोध गरेका थिए। प्रस्तावित नाम पछि २२ नोभेम्बर २०२२ मा मेघना राखिएको थियो,[१८] जुन यस क्षेत्रबाट बग्ने मेघना नदीको नामबाट आएको थियो। त्यसपछि बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले २१ अक्टोबर २०२१ मा सहरमा अवामी लिग कार्यालयको उद्घाटन समारोहको क्रममा "कुमिल्ला" नामको विभाग वा "कु" अक्षरबाट सुरु हुने कुनै पनि विभाग चाहँदैनन् भनेर स्पष्ट पारेकी थिइन्,[१९] किनकि खोन्दोकार मोशताक अहमदको नाम उनको अनुसार कुमिल्लासँग जोडिएको थियो। यसको बावजुद, "मेघना" नाम परिवर्तन गर्दा मिश्रित प्रतिक्रिया देखिएको थियो।[२०][२१] बङ्गलादेश जातीयतावादी दलले अवामी लिग नेतृत्वको सरकारले आफ्ना निर्णयहरू जनतामाथि लादिरहेको र सन् २०२४ को आम चुनावमा निर्वाचित भएपछि विभागको नाम कुमिल्ला राखेको बताएको थियो।[२२] प्रस्ताव २७ नोभेम्बरमा स्थगित गरिएको थियो।[२३] पछि ३० नोभेम्बर २०२४ मा, युवा तथा खेलकुद सल्लाहकार आसिफ महमूदले यस पटक कुमिल्ला नाम प्रयोग गरेर विभागको स्थापना पुन: सुरु गर्ने घोषणा गरेक थिए।[२४][२५]
प्रशासनिक जिल्लाहरू
[सम्पादन गर्नुहोस्]यस विभागलाई छ जिल्लामा विभाजित गरिनेछ र त्यसपछि ५९ उपजिल्लाहरू मा विभाजित गरिनेछ। तल सूचीबद्ध छ जिल्लाहरूले वर्तमान चट्टोग्राम विभागको उत्तर-पश्चिमी भाग (क्षेत्रफलको ३७.६%, तर जनसङ्ख्याको ५८.३%) ओगटेका छन्, जबकि बाँकी पाँच जिल्लाहरूले दक्षिण-पूर्वी भाग (क्षेत्रफलको ६२.४%, जनसङ्ख्याको ४१.७%) ओगटेका छन्, जुन फेनी नदीको तल्लो (वा बङ्गलादेशी) भागले छुट्याएको छ।
| नाम | राजधानी | क्षेत्रफल (किमी२) | जनसङ्ख्या सन् १९९१ जनगणना |
जनसङ्ख्या सन् २००१ जनगणना |
जनसङ्ख्या सन् २०११ जनगणना |
जनसङ्ख्या सन् २०२२ जनगणना |
|---|---|---|---|---|---|---|
| ब्रह्मनबाडिया जिल्ला | ब्रह्मनबाडिया | १,९२७.११ | २,२६८,००० | २,५०९,३८३ | २,९५३,२०८ | ३,४०३,७८६ |
| कुमिल्ला जिल्ला | कुमिल्ला | ३,०८५.१७ | ४,२६४,००० | ४,८०७,६४९ | ५,६०२,६२४ | ६,३९४,८७५ |
| चाँदपुर जिल्ला | चाँदपुर | १,७०४.०६ | २,१५०,००० | २,३७७,०८८ | २,५१३,८३८ | २,७१३,२४७ |
| लक्ष्मीपुर जिल्ला | लक्ष्मीपुर | १,४४०.३९ | १,३९१,००० | १,५५८,६१८ | १,७९७,७६१ | १,९९४,९३० |
| नोयाखाली जिल्ला | नोयाखाली | ४,२०२.८७ | २,३४६,००० | २,६९६,४५३ | ३,२३१,८३२ | ३,७३२,०४२ |
| फेनी जिल्ला | फेनी | ९९०.३६ | १,१५८,००० | १,२९७,९८७ | १,४९६,१३९ | १,६९७,३७९ |
| जम्मा विभाजन | ६ | १३,३४९.९६ | १३,५७७,००० | १५,२४७,१७५ | १७,५९५,४०२ | १९,९३६,२५९ |
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]सन् २०२४ को जनगणनाको आधारमा यस विभागको जनसङ्ख्या १,९९,३६,२५९ हुनेछ, जसबाट बाँकी रहेको चट्टोग्राम विभागमा १,४२,४२,३५३ जनसङ्ख्या रहनेछ।[२६] कुमिल्ला विभागको लागि सन् २०२५ को अनुमान लगभग २.०२ करोड छ। सन् २०११ मा, यहाँ ९४.६२% मुस्लिम र ५.३२% हिन्दु थिए।[२७]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ প্রতিবেদক, নিজস্ব; ডটকম, বিডিনিউজ টোয়েন্টিফোর, "কুমিল্লা বিভাগের নাম হবে 'ময়নামতি'", bdnews24.com (बङ्गालीमा)।
- ↑ "ময়মনসিংহ বিভাগ গঠনে কাজ শুরুর নির্দেশ প্রধানমন্ত্রীর", Prothom Alo (बङ्गालीमा), मूलबाट १५ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जनवरी २०१५। वेब्याक मेसिन अभिलेखिकरण १५ फेब्रुअरी २०१५ मिति
- ↑ "Mymensingh to become new division", The Daily Star, २६ जनवरी २०१५, अन्तिम पहुँच २६ जनवरी २०१५।
- ↑ "3 new divisions to be formed", The Independent (ढाका), मूलबाट १५ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ फेब्रुअरी २०१५।
- ↑ इस्लाम, सिराजुल; मियाँ, सजाहन; खानम, माहफुजा et al., सम्पादकहरू (२०१२), "Chittagong Division", बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (अनलाइन संस्करण), ढाका, बङ्गलादेश: बाङ्लापिडिया ट्रस्ट, बङ्गलादेश एसियाटिक सोसाइटी, आइएसबिएन 984-32-0576-6, ओएल OL30677644M, ओसिएलसी 52727562, अन्तिम पहुँच ६ नोभेम्बर २०२५।
- ↑ "Noakhali Division Implementation Unity Committee", The Daily Observer, ३० अक्टोबर २०१५, मूलबाट १३ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०२१। वेब्याक मेसिन अभिलेखिकरण १३ मे २०१८ मिति
- ↑ "বিভাগ করার দাবিতে নোয়াখালী শহরে মানববন্ধন আজ", Prothom Alo (बङ्गालीमा), ११ मार्च २०१७।
- ↑ "পদ্মা ও মেঘনা নামে নতুন বিভাগের কথা জানালেন প্রধানমন্ত্রী", Samakal (बङ्गालीमा), २१ अक्टोबर २०२१, अन्तिम पहुँच २१ अक्टोबर २०२१।
- ↑ "Gazetteer - Bengal District Gazetteer Tipperah District - South Asia Archive", southasiaarchive.com, १९३३।
- ↑ Siddiqi, Mamun (२०१२), "Comilla District", in Islam, Sirajul; Jamal, Ahmed A., Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh।
- ↑ "Report of Public Administration Reform Commission", पृ: १९१।
- ↑ Prasad, Bindeshwari (१९७७), Dynastic History of Magadha, पृ: 136।
- ↑ Bidhas Kanti Kilikhar. Tripura of the 18th Century with Samsher Gazi Against Feudalism: A Historical Study. (Chapa Kathi, Agartula: Tripura State Tribal Cultural Research Institute and Museum, 1995) p. 55
- ↑ Sailendra Nath Sen (१ जनवरी १९९९), Ancient Indian History And Civilization, New Age International, पृ: २७७, आइएसबिएन 978-81-224-1198-0, अन्तिम पहुँच १२ मे २०२४।
- ↑ Nawaz, Ali (२०१२), "Shamsher Gazi", in Islam, Sirajul; Jamal, Ahmed A., Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh।
- ↑ "Comilla Division to be renamed Mainamati", BDNews24, १४ फेब्रुअरी २०१७, अन्तिम पहुँच ३० नोभेम्बर २०२४।
- ↑ "Comilla division to be named Maynamati: PM", The Daily Star, १४ फेब्रुअरी २०१७, अन्तिम पहुँच ३० नोभेम्बर २०२४।
- ↑ "Comilla residents protest proposed division's name Maynamoti", The Daily Star, १५ फेब्रुअरी २०१७, अन्तिम पहुँच १ डिसेम्बर २०२४।
- ↑ "Two new divisions to be named Padma, Meghna", Prothom Alo, २२ नोभेम्बर २०२२, अन्तिम पहुँच ३० नोभेम्बर २०२४।
- ↑ "I don't want any division name starting with 'Ku'", Somoy TV, २१ अक्टोबर २०२१, अन्तिम पहुँच १ डिसेम्बर २०२४।
- ↑ "কুমিল্লা নামে বিভাগ হবে না: প্রধানমন্ত্রী", Bangla Tribune (बङ्गालीमा), २१ अक्टोबर २०२१, अन्तिम पहुँच १ डिसेम्बर २०२४।
- ↑ Alam, Masud (२३ नोभेम्बर २०२२), "'BNP will change Comilla division's name'", Dhaka Tribune, अन्तिम पहुँच १ डिसेम्बर २०२४।
- ↑ "পদ্মা ও মেঘনা বিভাগ করার প্রস্তাব স্থগিত", Prothom Alo (बङ्गालीमा), २७ नोभेम्बर २०२२, अन्तिम पहुँच १ डिसेम्बर २०२४।
- ↑ "কুমিল্লা বিভাগ বাস্তবায়নে সর্বোচ্চ নীতিনির্ধারকদের সঙ্গে কথা বলব: আসিফ মাহমুদ", Prothom Alo (बङ्गालीमा), ३० नोभेम्बर २०२४, अन्तिम पहुँच ३० नोभेम्बर २०२४।
- ↑ "Cumilla to be made division soon: Asif Mahmud", The Daily Star, ३० नोभेम्बर २०२४, अन्तिम पहुँच ३० नोभेम्बर २०२४।
- ↑ बङ्गलादेश तथ्याङ्क विभाग। कुल गणनालाई कम गणनाको लागि समायोजन गरिएको छ; जिल्लाहरूको सन् २०२२ को जनसङ्ख्या सम्बन्धित विभागको आधिकारिक समायोजन कारक प्रयोग गरेर समायोजन गरिएको छ।
- ↑ "Zila Series: Bangladesh 2011 Census", bbs.gov.bd, बङ्गलादेश तथ्याङ्क विभाग।