कुम्मायक कुस्सायक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कुम्मायक कुु्स्सायक पाँचथर जिल्लाको यासोक गा.वि.स.मा अवस्थित प्रसिद्ध धार्मिक स्थल हो । यस धार्मिक स्थलको किरात धर्मावलम्बीले कुम्मायक कुस्सायक र हिन्दु लगायत अन्य धर्मावलम्बीहरूले सिद्ध देवी भनेर चिन्दछन् । प्रत्येक तीन- तीन वर्षको बैशाख महिनामा यहाँ ठुलो मेला लाग्ने गर्छ । जसलाई त्रिशाली मेलाको नामले चिनिने गर्दछ । दुई डाडामा अवस्थित यश स्थलको अग्लो डाडामा अवस्थित मन्दिरलाई कुम्मायक र होचो डाडामा अवस्थित मन्दिरलाई कुस्सायकको नामले चिनिन्छ भने उक्त डाडाहरूको विचमा यासोक बजार रहेको छ ।