सामग्रीमा जानुहोस्

कुरोबे बाँध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुरोबे बाँध जापानको तोयामा प्रान्तमा पर्ने कुरोबे नदीमा बनेको एक ठूलाे बाँध हो। यसको उचाइ १८६ मिटर छ, र यो जापानकै सबैभन्दा अग्लो ड्याम हो। यसले ३३५ मेगावाट बिजुली उत्पादन गर्ने कुरोबे नं. ४ जलविद्युत् आयोजनालाई पानी सङ्कलन गर्छ। यो ड्याम कान्साई इलेक्ट्रिक पावर कम्पनीको स्वामित्वमा छ। ड्यामको निर्माण सन् १९५६ देखि १९६३ सम्म भयो, जसको लागत ५१.३ अर्ब येन परेको थियो। निर्माणका क्रममा १७१ जनाको मृत्यु भएको थियो।[]

कुरोबे बाँध

१९५१ मा, कान्साई क्षेत्रमा बिजुली आपूर्ति गर्न कान्साई इलेक्ट्रिक पावर कम्पनी स्थापना भयो। केही समयपछि परेको खडेरीका कारण बिजुली अभाव भयो। युद्धपछि जापान द्रुत रूपमा विकास भइरहेकाले कम्पनीले बढी बिजुली उत्पादन गर्ने योजना बनायो। कुरोबे नदीमा धेरै अध्ययन भएपछि १९५५ मा बाँध बनाउने निर्णय गरियो।

१९५६ मा निर्माण सुरु भयो। साँघुरो क्षेत्र भएकाले सामाग्री ढुवानी कठिन थियो, त्यसैले पहाडभित्र ५.४ किमि लामो सुरुङ बनाइयो। सुरुङ खन्ने क्रममा ढुंगाको कमजोर भाग भेटिएकाले काम धेरै ढिलो भयो। १९५९ मा पहिलो कङ्क्रिट हालियो र १९६० मा जलाशय भरिन सुरु भयो।

हिउँपहिरोबाट जोगियोस् र वातावरणीय असर कम होस् भनेर कुरोबे नं. ४ पावर स्टेशन भने भुइँभित्र बनाइयो । १९६१ मा पहिलो दुई टरबाइन चले, १९६२ मा तेस्रो र १९६३ मा ड्याम पूरा भयो। १९७३ मा चौथो टरबाइन जडान भयो र कुल क्षमताः ३३५ मेगावाट पुगेको छ।

ड्यामको विवरण

[सम्पादन गर्नुहोस्]

ड्यामको लम्बाइ: ४९२ मिटर[]

उचाइ: १८६ मिटर

आधार चौडाइ: ३९.७ मिटर

माथिल्लो भाग चौडाइ: ८.१ मिटर

ड्याममा करिब १५.८ लाख घन मिटर कङ्क्रिट प्रयोग भएको छ। ड्यामले बनाएको कुरोबे तालमा करिब १९९ मिलियन घन मिटर पानी अटाउँछ। यसमा पानी निकासका १० वटा ठूलो निकास छन्।

पावर स्टेशन भुइँतलामा छ र चारवटा टरबाइनबाट बिजुली उत्पादन हुन्छ।

कुरोबे ड्याम जापानमा सबैभन्दा धेरै पर्यटक जाने जलविद्युत् स्थल हो। जुन महिनाको अन्त्यदेखि अक्टोबर मध्यसम्म ड्यामबाट पानी झारिन्छ र धेरैले हेर्न आउँछन्।[]

ड्याम पुग्न तातेयामा कुरोबे अल्पाइन रुट प्रयोग गर्नुपर्छ। टोयामा स्टेशनबाट रेल, केबल कार, बस र हिँडाइ मिलाएर पुगिन्छ। एकातिर यात्रा गर्न झन्डै ४ घण्टा लाग्छ र करिब १०,००० येन खर्च पर्छ।

लोकप्रिय संस्कृतिमा यो बाँध

[सम्पादन गर्नुहोस्]

कुरोबे ड्यामबारे धेरै पुस्तक, फिल्म र टिभी कार्यक्रम बनेका छन्।[]

  • द सन अफ कुरुबे नामको उपन्यास र त्यसैको फिल्म द स्यान्डस् अफ कुरुबे
  • प्रोजेक्ट एक्स नामको टिभी सिरिज
  • कुरुमोकुरो एनिमे (२०१६) एनिमे पनि यही क्षेत्रमै आधारित छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Milestones:Kurobe River No. 4 Hydropower Plant, 1956-63", IEEE, मूलबाट ६ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अक्टोबर २०१०
  2. "黒部ダム (くろべ) [別名]黒四ダム(くろよん) Kurobe Dam" (Japaneseमा), ダム便覧 (Dam Handbook), मूलबाट २२ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अक्टोबर २०१० अभिलेखिकरण २२ जुलाई २०११ वेब्याक मेसिन
  3. Organization, Japan National Tourism, "Kurobe Dam | Travel Japan - Japan National Tourism Organization (Official Site)", Travel Japan (en-usमा), अन्तिम पहुँच २०२५-०४-२८
  4. Organization, Japan National Tourism, "Kurobe Dam | Travel Japan - Japan National Tourism Organization (Official Site)", Travel Japan (en-usमा), अन्तिम पहुँच २०२५-०४-२८