कुलदेवता पूजा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कुलदेवता पूजा अथवा देवाली पूजा भनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो । कतै कतै कुल देवतालाई कुलायन पनि भनिन्छ । जाति अनुसारको कुलको नाम फरक फरक हुने भयकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ। कुल देवता अथवा कुलायन भन्नाले कुल अथवा वंशमा पूजा गरिने देवता हो । प्रत्यक वंशको आफ्नै कुल देवता हुन्छ । प्राय हिन्दू, बौद्ध का साथै अन्य धर्महरूका अनुयायीहरूले पनि कुलायनको पूजा गरेको पाइन्छ । कुल देवताको पूजा गर्नाले अगती परेका पृतीहरूले मोक्ष पाउने र कुलको उद्धार हुने विश्वस गरिन्छ । सबै वंशहरूको आफ्नो आफ्नो कुलायन अथवा कुल देवता हुन्छन् । कतिपयले कुलायनको पूजा गर्दा जिवबली दिएर पूजा गरेको देखिन्छ । जिवबलीमा राँगा, बोका, सुँगूर, कुखुरा, हाँस आदी पशुपंक्षीहरूको बलि दिएर पूजा गरिन्छ । जिव बलि दिएर पूजा गर्दा पशूलाई समेत मुक्ती मिल्छ भन्ने रहेको छ । [१] तर हिन्दूधर्मको पवित्र धार्मीक ग्रन्थ गिता र श्रुतीमा हिंसा गर्नु महापातक हुने कुरा भनिएकोले कुलायन पूजा गर्दा दुध, खिर, फलफूलको भोग लगायर पूजा गर्नु पर्छ भनिएको छ ।

सुबेदीहरूको कुलदेवता पूजा[सम्पादन गर्ने]

सुबेदीहरूको कुल देवताको नाम बारमष्टा हो यो १८ भाईहरू मध्यको माइलो भाई हो । यो पूजा बैशाख पुर्णिमाको दिन देखि नवमी तिथि भित्र गरिन्छ । यस पूजामा सम्पूर्ण भाई भारदारहरू भेला भयर हर्सोल्लासका साथ मनाईन्छ । यो पूजामा बोकाको बलि चडाईन्छ। कुल धामीले बोकाको भोग खान्छन । बोकालाई काटेर बोकोलाई अङ्गालोमा राखेर आलो रगत पिउदै मूल धामी मण्डल परिक्रमा गर्छन । अन्तमा उपस्थित निम्तालु र दर्सनार्थी हरूलाई बोकाको मासु पकायर प्रसादको रूपमा चिउरा सहित वितरण गरिन्छ ।

रेग्मीहरूको कुलदेवता पूजा[सम्पादन गर्ने]

रेग्मीहरुको कुलदेवता पूजा कुलदेवता पूजाको लागि अघिल्लो दिनका र पूजाका दिनका नियम अघिल्लो दिन (१) नुहाई धुवाई गरी कपाल खौरने र शुद्ध हुने । (शौराचार्य विधि)(शौचाचार विधि) (२) अघिल्लो दिनमा शुद्ध चीजहरु खाने । जस्तै ः—गहुँको पिठो,केराउ, बोडी, र घिउको भुटन खाने । (३) आमिष चीज नखाने ।

पूजाका दिनमा (१) सकभर चामलको पीठो ढिकी अथवा जाँतोमा कुट्ने पिस्ने गरेर बनाउने । यो कुरा पहिले कुटाई पिसाईका मील आदि मेसिनहरु नभएर होइन, किनकी घट्ट जस्तो शुद्ध यान्त्रिक वस्तुमा पनि पिँधिदैनथ्यो ।) (२) नुहाई धुवाई गरी फलफूल आदि र चिया खाई शुद्ध भएर बस्ने । (३) व्रत बस्ने अधिकार कर्म चलेका (व्रतबन्ध) भएका हरुको मात्र । (४) हाम्रा छुट्टै कुलदेवताको मन्दिर नभएकोले जेठा वंशका आधारमा जेठै घरमा कूलदेवताको पूजागर्ने । (५) श्रीमती (पत्नी) रजस्वला भएका पुरुषले व्रत बसी नैवेद्यादि खान हुन्छ, तर पर्दाभित्र बसी

पूजामा सहभागी बत्र पाईँदैन । (६) पूजामा षोडषोपचारले पूजागर्ने चलन छ । (७) पूजा बेलुका (राती) दशबजे पछिमात्र शुरु गर्ने । (८) जल, (अर्घ) तिल, जौँ, केशरी, अबीर, अक्षता, कुश, पूmल, सस्र्युँ, जनै,सुपारी । (९) नैवेद्यमा फलपूmल,खीर, र बाबर, पुरुषहरुले नै तयार गरिन्छ । शुद्ध ताई भए ताई र ताई प्रायः अशुद्ध हुने (मानिने) हुनाले तामाको भुजुङ्गामा बाबर पकाउने चलन छ ।

बोका बलि छान्दा (१) गाई भैँसीको दूध नखुवाईएको । (२) बोकाको अण्डकोष दुबै भएको हुनुपर्ने । (३) सिङ न फुक्लेको (४) लुटीकान नभएको । (५) पैसा तिर्न बाँकी नभएको ।

पूजा सामग्री कनेरको पूmल,काँचो धागोमा बाँधेर ३ गुच्छा गारोमा झुन्ड्याउने । चामलको पीठोमा हातको पञ्जा आउनेगरी ३÷३ वटाको ३ पंक्ति हुने गरी जम्मा नौवटा पञ्जाछाप लगाउने र त्यस बीचमा कनेरको पूmलको गुच्छा किलामा झुन्ड्याउने । हतियारको रुपमा तरबारलाई धार आपूmपट्टि पारेर गारोमा अडयाउने । दीप कलश र गणेश स्थापना गर्नका लागि एक÷एक पाथी चामल तीनवटा टपरीमा राखी दीप (तामाको मानामा) कलश (घडामा) र गणेशको लागि सुपारी राख्ने । कर्मसाक्षीको रुपमा १माना चामलमा दीयो राखी छुट्टै बत्ती बालिन्छ । दीयो ले कर्मसाक्षीको प्रतिनिधित्व गर्छ भने मानामा बालिएको बत्तिले कुलको पूजाका लागि महाबत्तीको प्रतिनिधित्व गर्ने प्रचलन रहेको छ ।

पूजाविधि ज्ञ। हातपाऊ धोई शुद्ध रहेर कर्ता कर्म आपूmमध्येबाटै रही करमपात्र (कर्मपात्र) तयार गर्ने । थ् पवित्र जल,तिल,जौ,केसरी,अबीर, अक्षता, र पूmलले पूजा गरी तयार गरिन्छ । थ् अर्घ बनाउने । थ् प्रतिज्ञा सङ्कल्प पूजा सामग्री बोकेर अर्घ सहित राखेर । द्द। जल अर्घ चढाई पहिला सानो दीयोको पूजा अग्निस्थापनाको विधि अनुसार पूजा गर्ने साथसाथै मानाको बत्ती (महाबत्ती) को पनि पूजा गरिन्छ । घ। प्रार्थना बत्तीको अग्निस्थापना विधि अनुसार । द्ध। कलशपूजा अग्निस्थापना विधि अनुसार । भूरसी (भुईँको पूजागरी कलशको मुखमा बेसार, पञ्चरत्न वा पैसा, दूबो, सस्र्यू, गोमय, अर्घ, आँप,चाँप पिपल, वस्त्र घाँटीमा कलशमा बाँध्ने र पूजा सामग्रीले पूजा गर्ने र कलशको प्रार्थना । छ। गणेशको पूजा ः— कर्मपात्रको कुश समाई अग्निस्थापना विधि अनुसार पाद्य अर्घ चढाई षोडषोपचारले पूजागरी पूmल ,जनै चढाउने, त्यसपछि फलपूmल लिई सङ्कल्प पढेर चढाउने । ट। धूप बत्ती गरी घण्ट शङ्ख बजाई पूजा गर्ने ।

कुलदेवताको पूजा जल अर्घ चढाई खड्ग र छापमा चण्डीका मन्त्र (चौथो अध्यायको पहिलो २० वटा श्लोक सम्म पढेर कुल देवता कलङ्की देवता कुलस्वामीको पूजा गर्ने । र धूप बत्ती गर्ने । बलिदेवताको पूजा जेठो हाँगो समाई मूलघर बनाएर मूलघरबाटै बलिको सङ्कल्प पढी धूपबत्ती गराई बलिलाई पर्छिने । सङ्कल्प पढ्दा महासङ्कल्पकै मन्त्र पढी अन्तमा छागबलि अहं करिष्ये भत्रे । कुलदेवताको मूल बलि वा विवाह वा पुत्र र अन्य भाकल समेतको वचन राखी सङ्कल्प पढ्ने । क्रमशः सबै बन्धुहरुको बलिको काम सक्ने ।

पुष्पाञ्जली चण्डीको चौथो अध्यायको पहिलो देखि २० श्लोकसम्म पढी चन्दन, अक्षता, पूmल, तिल जौँ लिई पुष्पाञ्जली चढाउने । त्यसपछि मूलबलि (बोकाको) कलेजो, फोक्सो, मूटु झिकी, त्यसलाई पोलेर कुलदेवतालाई चढाउने । विसर्जन आवाहनं............................ गच्छगच्छ...........................अक्षता चढाउने । कायेन वाचा पैसा लिएर कायेन वाचा ........................गर्ने । प्रसाद लगाउने (टिकाटाला) प्रसाद खाने खुवाउने । सबै बोकाहरुको भित्र्याँस झिकी पकाउने र खीर बाबर प्रसाद खाने । अन्तमा पूजा गरेका सम्पूर्ण पूmल अक्षता रगत समेत जमिनमुनि पुर्ने र मन्दिर लिपपोत गर्ने ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. मनुस्मृती