कुलमणि देवकोटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय[सम्पादन गर्नुहोस्]

नेपाली विषयमा स्नातकोत्तर गरेका कुलमणि देवकोटा (१९८५) मूलतः कविका रूपमा परिचित छन् । उनका आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । उनी पाल्पा तानसेनका पुसिद्ध साहित्यकार माधवप्रसाद देवकोटाका सुपुत्र हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्रध्यापन कार्यमा संलग्न देवकोटा नाम चलेका कवि हुन् । [१]

साहित्य यात्रा[सम्पादन गर्नुहोस्]

नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वार आयोजित कविता उत्सवमा प्रथम भएपछि देवकोटाको कवित्वको गति अझ तीव्र भएको पाइन्छ । एेतिहासिक नेपाली संस्कृत आन्दोलनमा सरिक भएर होस् अथवा ज्ञानको त्यो भोक क्रान्ति कविता लेखेर होस् उनी आफ्ना समयमा प्रसिद्धि प्राप्त गर्दै आएका कवि हुन् । उनी संस्कत, नेपाली तथा हिन्दी भाषामा उत्तिकै दक्ष देखिन्छन् ।

प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

  1. राष्ट्रिय लोकगीत (२०१०),
  2. छरिएका फूल (कविता २०१५)
  3. साक्षरताको प्रसार (कविता २०२४)
  4. पुतलीको फूल (२०२५),
  5. गाईजात्रा (कविता २०२९)
  6. सञ्चयनी (कविताहरू (२०३८),
  7. बुद्धलोक (कविता २०५०)
  8. २०५१ का कविता (२०५२)
  9. श्रमजीवीको स्मृतिका १३ कविता (२०४६)


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]

[१]