कुस्तीको इतिहास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुस्ती र अल्झिएर भिड्ने प्रविधीको जटिल र लामो ईतिहास रहेको छ जुन प्रागैतिहास सम्म फैलिएको छ । कुस्तीका धेरै परम्परागत स्वरूपहरू "लोक कुस्ती" शब्द सँग समूहीकृत गरेर जीवित रहेका छन् । कुस्तीका अरु धेरै औपचारिक किसिमहरु मार्सल आर्ट का कोडका रूपमा प्रसतूत गरिएका छन् जहॉ अल्झिएर भिड्ने प्रविधीले निशस्त्र लडाईको एक महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ ।

आधुनिक कुस्तीको ईतिहास यसको लोकप्रियतामा विकाश संगै १९ औँ सताब्दि देखि सुरु भएको हो जसले गर्दा युरोपमा "ग्रेसो-रोमन र्रेसलिंग" को आधुनिक खेलकुद र ग्रेट ब्रिटेन तथा संयूक्त राज्य अमेरिकामा "फ्रिस्टाईल कुस्ती" र "कलेजिएट कुस्ती" को विकाश भएको थियो । यस्ता खेलहरु २० औँ शताब्दीको सुरुदेखिनै भारी मात्रामा ख्याती प्राप्त गर्न थाले । सन् १९२० को दशकमा कुस्तीलीई 'खेलकुद मनोरञ्जन' को रूपमा प्रस्तुत गर्न थालियो ।

पुरातन[सम्पादन गर्नुहोस्]

'बेनी हसन' को 'टम्ब १५' (ब्याकेट III) चिहानमा कुस्तीका विश्तृत दृश्यहरु

होमिनिड (बॉदरको प्रजाती) मा पनि कुस्ती देखावटी लडाई र प्रदर्शनको व्यवहारको रूपमा देखा परेको छ । दस्तावेज अनुसार कुस्तीको इतिहास सचित्र प्रतिनिधित्व देखि सुरु हुन्छ । मङ्गोलियाको बयंकोंगोर प्रान्तमा रहेका गुफामा ७००० वर्ष पुरानो नियोलिथिक युगमा भिडले घेरिएर २ निर्वस्त्र मानिस अल्झिएर भिड्ने प्रविधिको प्रदर्शन गरिरहेको चित्रकलाहरु फेला परेका छन् ।[१]प्राचीन पूर्विय इराक मा "वेल्ट र्रेशलिंग" (कुस्तीको प्रकार) प्रारम्भिक समयदेखि नै लोकप्रिय रहेको थियो । ३००० वि. सं. वर्ष पहिले देखि ढुङ्गाको पेटीमा नक्काझी गरेको पाइएको छ जसमा ३ ओटा पेहलवानको जोडा देखाइएको छ ।[२] इराक को खाफाजीमा कुस्ती पकडका २ ओटा आंकडा भएको २६०० वि. सं. वर्ष पुरानो कांस्य मूर्तीको डाली फेला परेको छ । फेला परेको मूर्तीमा खेलको प्रारम्भिक चित्रण गरिएको छ जसलाई इराकको राष्ट्रिय सङ्ग्रहालयमा संरक्षण गरेर राखीएको छ ।[३][४]

सांकडा (मिश्रको विश्व सम्पदा क्षेत्र) मा स्थित 'खुमंहोतेप' र 'नियान्ख्खूम' को चिहानमा करिव २४०० वि. सं. वर्ष पहिले चित्रण गरिएको कुस्तीको आंकडा फेला परेको थियो ।[५] मिश्रमा प्रारम्भिक कुस्तीको अर्को प्रमाणको टुक्रा लगभग २३०० वि. सं. वर्ष पुरानो 'मिश्रको पुरानो राज्य'मा स्थित दार्शनिक पाह्होतेपको चिहानमा फेला परेको थियो । "नयॉ राज्य" (मिश्रको पुरानो राज्य) को अवधिमा (सन् २००० - १०८५) मिश्रित कलाको अतिरिक्त मिश्रित र नोवा (सुडानको दक्षिण कोर्डोफानमा सिथित नोवा पाहाडहरू मा बास गर्ने मानिसको समुह) पेहलवानको लडाइको कलाको चित्र उतारिएको छ। यस्ता पुरातन चित्रणहरु र नोवा पेहलवानहरूमा छुट्टै समानता फेला परेको छ ।[६]"बेनि हसन"(मिश्रको एक पुरातात्विक क्षेत्र तथा गाउँ) को 'निल उपत्यका' मा स्थित "मिडिल किंगडम" चिहानमा कुस्तीका ४०६ फेला परेका नमुनाहरूमा आधुनिक "फ्रिस्टाइल र्रेशलिंग" (कुस्तीको प्रकार) का लगभग सबै प्रविधिहरु देख्न सकिन्छ ।

कुस्तीको शाब्दिक विवरण पुरातात्विक तथा पौराणिक शास्त्र खासगरि ग्रिक तथा संस्कृत महाकाव्यबाट सुरु हुन्छ । महाभारतमा पेहलवान भीमसेनजरासन्ध तथा विभिन्न वलशाली पेहलवानहरु को बिचमा भएको मुठभेडको वरण गरिएको छ । "स्वाइ जियाओ" कुस्तीको शैली प्रयोग गरिने एक चाइनिज मार्सल आर्ट कला हो जुन "एल्लो एम्पेरोर" (चाइनाका ५ सम्राट र ३ सार्वभौमहरु मध्ये एक) ले विद्रोही "चिह्ह यिउ"सँग लड्न का निम्ती प्रयोग गरेका थिए । यस्तो लडाइको शैलीलाई पहिले "जिआओ ति" (अङ्ग्रेजीमा: jiao ti) भनिन्थ्यो ।[७]


"ग्रिक कुस्ती" मार्सल आर्टको एक प्रशिद्ध रुप थियो जसमा एक प्रतियोगीले अर्को प्रतियोगीको पिठ्युँ जमिनमा छोएपछि वा उसलाई सीमाभन्दा बाहिर अचेठेपछि मात्र अङ्क प्राप्त गरिन्थ्यो ।[८]यसो गर्न ३ पल्ट सफल भएमात्र प्रतियोगीलाई बिजेता घोषणा गरिन्थ्यो । ७०४ बि. सी. को १८ औँ 'ओलम्पियाड' ( "प्राचीन ओलम्पिक खेल" र "प्राचीन ग्रिस"सँग सम्बन्धित ४ वर्षको अबधि ) देखि यसलाई खेलकुदको रुप मानिन थालियो । कुस्तीलाई "ग्रिक साहित्य", "ईलियाड" (प्राचीन ग्रिक शास्त्रिय महाकाव्य, जसलाई कुनै समयमा 'होमर' को कृति मानिन्थ्यो) तथा "ओदिसी" ('होमर' द्वारा रचित दुई वटा ग्रिक महाकाव्य मध्येय एक) को प्रारम्भिक, उल्लेखनिय र प्रसिद्ध कार्यको रूपमा वर्णन गरिन्छ ।[९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Wrestling, archery and horse racing contests in Genghis Khan's ancient capital, Karakorum. Julie Skurdenis, Special to The Chronicle. Sunday, March 27, 2005.[१]
  2. Kendall Blanchard (१९९५), The Anthropology of Sport: An Introduction, ABC-CLIO, पृ: 99–, आइएसबिएन 978-0-89789-330-5, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१२ 
  3. Faraj Baṣmahʹjī (१९७५), Treasures of the Iraq Museum, Al-Jumhuriya Press, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१२ 
  4. David Gilman Romano (१९९३), Athletics and Mathematics in Archaic Corinth: The Origins of the Greek Stadion, American Philosophical Society, पृ: 10–, आइएसबिएन 978-0-87169-206-1, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१२ 
  5. Michael Rice (७ नोभेम्बर २००१), Who's Who in Ancient Egypt, Psychology Press, पृ: 98–, आइएसबिएन 978-0-415-15449-9, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१२ 
  6. Carroll, Scott T. (Summer १९८८), "Wrestling in Ancient Nubia" (PDF), Journal of Sport History 15 (2): 121–137, आइएसएसएन 0094-1700  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०८-०८ मिति
  7. , Chinese Kuoshu Institute http://www.kuoshu.co.uk/History%20-%20SJ.htm, अन्तिम पहुँच २००७-१०-०८  |title= रितो (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००८-०७-२४ मिति See also Peiser, Benny (मे १९९६), "Western Theories about the Origins of Sport in Ancient China", Sports Historian 16: 117–130, आइएसएसएन 1351-5462, डिओआई:10.1080/17460269609446397 
  8. Miller, Christopher, Submission Fighting and the Rules of Ancient Greek Wrestling, अन्तिम पहुँच २००७-१०-०८ 
  9. "Wrestling, Freestyle" by Michael B. Poliakoff from Encyclopedia of World Sport: From Ancient Times to the Present, Vol. 3, pp. 1189, 1191, eds. David Levinson and Karen Christensen (Santa Barbara, California: ABC-CLIO, Inc., 1996).