कृषि तथा सहकारी मन्त्रालय (नेपाल)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कृषि तथा सहकारी मन्त्रालय नेपाल सरकारको सबैभन्दा माथिल्लो निकाय हो जसले देशको कृषि तथा सहकारी सम्बन्धि सम्पूर्ण जिम्मेवारी लिएको छ।

इतिहास[सम्पादन गर्ने]

नेपालको कृषि विकास सम्बन्धी सरकारी पहल वि.सं. १९७८मा चारखाल अड्डामा स्थापित कृषि अड्डाबाट शुरु भएको हो। १९८२ सालमा सिंहदरवार परिसरमा कृषि प्रदर्शन फारम खुल्यो। यसपछि कृषिको समग्र विकास गर्ने उद्देश्यले र्सव प्रथम वि.सं. १९९४मा कृषि परिषद्को गठन भयो। परिषदबाट कृषि विकासको लागि कृषि फार्महरू खोल्ने, र्सर्भेक्षण कार्यहरू गर्ने जस्ता कार्यहरू भए। वि.सं. १९९८ सालमा त्रिपुरेश्वरमा भेटेरिनरी अस्पतालको स्थापना भयो। त्यसै साल मानहर शाखाको समेत स्थापना भयो। वि.सं. २०००मा चितलाङ्ग तथा ककनीमा भेडा फारम सुरूभयो। वि.सं. २००४मा परवानीपुर सेन्ट्रल एक्सपेरिमेन्टल एण्ड रिर्सच फारम खडा गरी कृषि अनुसन्धानलाई जोड दिन थालियो।

वि.सं. २००७को परिवर्तनपछि परिषदबाट भएका विभिन्न कार्यहरूको लेखाजोखा भयो। नेपाल विश्व खाद्य तथा कृषि सङ्गठनको सदस्य बन्यो। यसै सालमा त्यसको आधारमा वि.सं. २००८मा कृषि परिषद्लाई विघटन गरी त्यस बेलाको सबैभन्दा माथिल्लो निकायको रूपमा रहने गरी कृषि विभाग खडा भयो। तत्कालिन कृषि परिषद्को सेक्रेटरीलाई कृषि विभागको डाइरेक्टरमा सरुवा नियुक्ति गरियो। वि.सं. २०१०मा कृषि विभागमा एग्रोनोमी, हर्टिकल्चर, लाईभस्टक एण्ड डेरी, एग्रि-इन्जिनियरिङ्गफिसरिज (भेटेरिनरी बाहेक) गरी ५ शाखाहरू खडा भए। ती शाखाका मातहतमा कृषि विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन हुन थाले। वि.सं. २०१२ सालमा नहर शाखालाई नहर विभागको रूपमा बिस्तार गरियो। वि.सं. २०१० सालमा सहकारी विभाग खडा भयो। यही सालमा कृषि स्कूलको स्थापना पनि भयो। वि.सं. २०१७ सालमा श्री रानी जगदम्बा कुमारीबाट श्री जगदम्बा कलेज अफएग्रिकल्चर एण्ड रिर्सच इन्स्टिच्यूटका लागि हाल स्थानीय विकास मन्त्रालय रहेको पुल्चोक स्थितश्रीमहल भन्ने निजी महल कृषि विकासको भौतिक संरचनाको रूपमा प्राप्त भयो। वि.सं. २००४ सालमा स्थापित परवानीपुर कृषि फार्मलाई बहुमुखी कृषि स्टेशनको रूपमा परिवर्तन गरियो। २०१९ सालमा कीर्तिपुर बागवानी केन्द्रगोदावरी मत्स्य विकास केन्द्रको स्थापना भयो। २०३० सालमा सिँचाई सम्बन्धी कार्य/क्षेत्र पनि कृषि मन्त्रालय अर्न्तर्गत समावेश गर्राई मन्त्रालयको नाम खाद्य, कृषि तथा सिँचाई मन्त्रालय हुन गयो। आ.व. २०३७/३८मा मन्त्रालयको कार्यभारमा पुनगर्ठन भइ यस मन्त्रालय अन्तगर्त सञ्चालन हुँदै आएको सिँचाइ र खाद्य व्यवस्थाको जिम्मेवारी क्रमशः जलस्रोत मन्त्रालयआपूर्ति मन्त्रालयलाई गए पछि मन्त्रालयको नाम कृषि मन्त्रालय रहन गयो। आ.व. २०४७/४८ देखि सहकारी आन्दोलन प्रभावकारी रूपमा अगाडि बढाउन साझा विकास विभाग सम्बन्धी कार्यक्रमलाई कृषि मन्त्रालय अर्न्तर्गत समावेश गराए पश्चात् आ.व.२०५५/५६ देखि यस मन्त्रालयको नाम कृषि तथा सहकारी मन्त्रालय रहन गएको छ।

उद्देश्यहरू[सम्पादन गर्ने]

देशको आवश्यकता र सम्भाव्यता अनुरूप कृषि विकास सम्बन्धी नीति तर्जुमा एवं कार्यान्वयन गर्ने मलू उद्देश्य बोकेको यस मन्त्रालयको लक्ष्य व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीबाट उच्च एवम् दिगो आर्थिक बृद्धि हासिल गरी खाद्य सुरक्षा तथा गरीबी निवारणमायोगदान पुर्‍याउनु हो। यो लक्ष्य प्राप्त गर्न निम्न उद्देश्यहरू राखिएका छन्:

  • कृषि उत्पादन एवम् उत्पादकत्व बढाउने।
  • व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरूको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउने।
  • प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण, सर्म्बर्द्धन एवम् सदुपयोग गर्ने।

कार्यक्षेत्र र जिम्मेवारी[सम्पादन गर्ने]

नेपाल सरकारको कार्य विभाजन नियमावली, २०५७ अनुसुसुसार यस मन्त्रालयले गर्नुपर्ने कार्यर्हहरू यसप्रक्रकार छन्:

  • कृषि तथा कृषि उत्पादन सम्बन्धी नीति, योजना तथा कार्यान्वयन सम्बन्धी,
  • खाद्यान्न र दलहन, तेलहन, कपास, जुट, उखु, सूर्ति लगायत नगदे तथा औद्योगिक बाली,
  • तरकारी तथा फलफूल खेतिको विकास तथा सुधार सम्बन्धी,
  • कृषि रसायन माटो सम्बन्धी अनुसन्धान र ज्ञानको उपयोग सम्बन्धी,
  • कृषि इन्जिनियरिङ्ग र उन्नत औजार सम्बन्धी,
  • कृषि फारम र कृषि केन्द्रहरू सम्बन्धी,
  • बाली संरक्षण विषयक अनुसन्धान तथा र्सर्वेक्षण सम्बन्धी,
  • कृषि प्रचार प्रसार तथा युवा कृषक कार्यक्रम सम्बन्धी,
  • कृषि नर्सरी तथा बिउ बिजनको विकास सम्बन्धी,
  • पशुपंक्षी पालन तथा यसको विकास, नश्ल सुधार, दाना र चरन विकास सम्बन्धी,
  • पशु चिकित्सा, पशु रोगको रोकथाम र औषधि उत्पादन सम्बन्धी,
  • दुग्ध तथा दुग्धोत्पादित वस्तुहरूको विकास सम्बन्धी,
  • मत्स्यपालन सम्बन्धी,
  • कृषि जन्य वस्तुहरूको बजार तथा मूल्य सम्बन्धी,
  • कृषि सामग्री तथा कृषि प्रविधि विकास सम्बन्धी संस्थानहरू, समितिहरू सम्बन्धी,
  • कम्पोष्ट मल तथा रसायनिक मल सम्बन्धी,
  • सहकारी विकास सम्बन्धी नीति, योजना र कार्यान्वयन सम्बन्धी,
  • सहकारी सम्बन्धी संघसंस्थाहरू सम्बन्धी,
  • अन्तर्राष्ट्रिय कृषि तथा सहकारी संस्थाहरू सम्बन्धी,
  • खाद्य अनुसन्धान सम्बन्धी,
  • पशु तथा प्लान्ट क्वारेन्टिन सम्बन्धी,
  • मौरीपालन तथा च्याउ, रेसम आदि विशेष बालीहरूको विकास सम्बन्धी,
  • कृषि क्षेत्रको बीउ बिजन, बिरुवा, पशुपंक्षी, माछा भुरा आदिको जात, नश्लको गुणस्तर
  • निर्धारण प्रमाणीकरण र नियमन सम्बन्धी,
  • कृषि क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान, र्सर्भेक्षण एवम् तालीम सम्बन्धी,
  • कृषि सेवा अर्न्तर्गतका समूह र उप-समूह सम्बन्धी नियुक्ति, सरुवा, बढुवा, सुरू नियुक्तिको
  • न्यूनतम शैक्षिक योग्यता र बढुवामा गणना हुने सम्बन्धित विषयको शैक्षिक योग्यताको
  • निर्धारण तथा विभागीय कारवाही आदि सम्बन्धी।

मन्त्रालय अन्तर्गतका निकायहरू[सम्पादन गर्ने]

विभागहरू[सम्पादन गर्ने]

  1. कृषि विभाग
  2. पशु सेवा विभाग। (हाल पशुपंक्षी मन्त्रालय अन्तर्गत)
  3. खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
  4. सहकारी विभाग। (हाल गरिवी तथा सहकारी मन्त्रालय अन्तर्गत)

संस्थान/कम्पनी[सम्पादन गर्ने]

  1. दुग्ध विकास संस्थान
  2. कृषि सामग्री कम्पनी
  3. राष्ट्रिय वीउ विजन कम्पनी
  4. कृषि चून उद्योग
  5. राष्ट्रिय सहकारी संघ लि.।

परिषद् तथा बोर्डहरू[सम्पादन गर्ने]

  1. राष्ट्रिय दुग्ध विकास बोर्ड
  2. राष्ट्रिय चिया तथा कफि विकास बोर्ड
  3. नेपाल कृषि अनुसन्धान परिषद्

समितिहरू[सम्पादन गर्ने]

  1. कपास विकास समिति
  2. चन्द्र डाँगी वीउ विजन तथा दुग्ध विकास समिति
  3. कालिमाटी फलफूल तथा तरकारी थोक बजार विकास समिति
  4. पशु आहारा उत्पादन विकास समिति