सामग्रीमा जानुहोस्

कृष्णका नामहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्णले केशी असुरलाई वध गर्दै गरेको चित्र, सन् १७५० तिर।

कृष्ण एक हिन्दु देवता हुन्, जसलाई हिन्दु धर्मका धेरै परम्पराहरूमा विभिन्न दृष्टिकोणबाट पूजा गरिन्छ। हिन्दु धर्ममा, कृष्णलाई विष्णुको पूर्ण र आठौँ अवतारको रूपमा, वा आफ्नै अधिकारमा सर्वोच्च भगवान् (स्वयं भगवान्) को रूपमा चिनिन्छ।[१]

सबै हिन्दु देवताहरूमध्ये एक अत्यन्त लोकप्रिय देवताका रूपमा, कृष्णले धेरै उपाधिहरू प्राप्त गरेका छन् र ओडिसाका जगन्नाथ र महाराष्ट्रका विठोबा जस्ता धेरै क्षेत्रीय रूपमा महत्त्वपूर्ण देवताहरूलाई आफूमा समाहित गरेका छन्। :[२] एक प्यारा शिशु, एक दिव्य बालक, एक गोठालो, एक आदर्श प्रेमी, एक दिव्य नायक, एक कूटनीतिज्ञ, एक राजा, एक राजा बनाउने व्यक्ति, एक निस्वार्थी मित्र, एक दार्शनिक, अर्जुनका सारथी र भगवद्गीतामा आध्यात्मिक प्रवचन दिने गुरु आदी गरी हिन्दु ग्रन्थहरूले उनलाई विभिन्न दृष्टिकोणबाट चित्रण गर्छन्।[३] कृष्णको पौराणिक कथाबारे चर्चा गर्ने प्रमुख शास्त्रहरूमा महाभारत, हरिवंश, श्रीमद्भागवत पुराण र विष्णु पुराण पर्दछन्। विष्णुका हजार नामहरूको सूची 'विष्णु सहस्रनाम' मा पनि कृष्णका धेरै उपाधि र नामहरू समावेश छन्।

उपाधिहरू

[सम्पादन]

लोकप्रिय संस्कृतिमा, कृष्णलाई प्रायः १०८ नामहरूसँग जोडेर हेरिन्छ।[४][५] देवता कृष्णसँग सम्बन्धित ५० सबैभन्दा लोकप्रिय नाम, उपाधि र विशेषणहरूको सूची यस प्रकार छ:

नामअर्थ
अच्युतकहिल्यै पतन नहुने (अविनाशी)[६]
माधवज्ञानका स्वामी;[७] मह जस्तै मीठो
गोविन्दगाईको रक्षक (गोपालक)[८]
जनार्दनसबै जीवित प्राणीहरूको मूल निवास र रक्षक
केशवलामो कपाल भएका;[९] केशी को वध गर्ने; जो स्वयं त्रिमूर्ति हुन्
हरि(पाप) हरण गर्ने वा हटाउने[१०]
द्वारकानाथद्वारकाका स्वामी
मुरारिमुरा नामक असुरको वध गर्ने[११]
वासुदेववासुदेवका छोरा
मुकुन्दमुक्ति प्रदान गर्ने[१२]
पार्थसारथिपार्थ (अर्जुन) का सारथी[१३]
मधुसूदनमधु नामक असुरको वध गर्ने[१४]
दामोदरपेटमा डोरी बाँधिएका (यशोदाले ओखलमा बाँधेको सन्दर्भ)
जगन्नाथब्रह्माण्डका स्वामी
गोपालगाईको रक्षक[१५]
पुरुषोत्तमसर्वोच्च पुरुष
नन्दकुमारनन्दका छोरा
मनोहरमन लोभ्याउने सुन्दर
जगदिशब्रह्माण्डको रक्षक
सुरेशसुर (देवता) हरूका स्वामी
श्रीकान्तश्री (लक्ष्मी) का प्रिय
श्रीनाथश्री (लक्ष्मी) का पति
परमेश्वरसर्वोच्च ईश्वर
मोहनमोहित पार्ने
गिरिधरपर्वत (गोवर्द्धन) धारण गर्ने
सर्वज्ञसबै कुरा जान्ने
पुण्यपरम पवित्र
मुरलीधरबाँसुरी धारण गर्ने[१६]
देवकीपुत्रदेवकीका छोरा
नवनीतमाखन (नौनी) चोर वा खाने
निरञ्जनदोषरहित वा बेदाग
हृषीकेशइन्द्रियहरूका स्वामी[७]
पतितपावनपतितहरूको उद्धार गर्ने[१७]
श्यामसुन्दरकालो वर्णका सुन्दर
यदुनन्दनयदु वंशका सन्तान
ईश्वरब्रह्माण्डका स्वामी[१८]
ज्ञानेश्वरज्ञानका स्वामी
चतुर्भुजचार हात भएका
दयानिधिदयाका भण्डार[१९]
दयालुकरुणाका खानी
अनिरुद्धजसलाई कसैले रोक्न सक्दैन
अक्षराअविनाशी
अद्भुतआश्चर्यजनक
रुक्मिणीपतिरुक्मिणीका पति[२०]
योगेश्वरयोगका स्वामी
राधावल्लभराधाका प्रिय[२१]
पाण्डुरङ्गपंढरपुरका स्वामी
गुरुवायुरप्पनगुरुवायुरका स्वामी
कण्णनप्रिय[२२] (तमिलमा)
कान्हाकालो वर्णको
पद्मनाभनाइटोबाट कमल निस्केको

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Mahony, W.K. (१९८७), "Perspectives on Krsna's Various Personalities", History of Religions 26 (3): 333–335, डिओआई:10.1086/463085।
  2. ↑ Knott 2000, p. 56
  3. ↑ Knott 2000, p. 36, p. 15
  4. ↑ Rogerson, Barnaby (२०१३-११-०७), Rogerson's Book of Numbers (अङ्ग्रेजीमा), Profile Books, पृ: 19, आइएसबिएन 978-1-84765-983-5।
  5. ↑ Nadeau, Randall L. (२०१४-०१-१३), Asian Religions: A Cultural Perspective (अङ्ग्रेजीमा), John Wiley & Sons, पृ: 125, आइएसबिएन 978-1-118-47195-1।
  6. ↑ www.wisdomlib.org (२०१६-०४-०९), "Acyuta, Acyutā: 31 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०५।
  7. 1 2 Knapp, Stephen (२००५), The Heart of Hinduism (अङ्ग्रेजीमा), iUniverse, पृ: 159, आइएसबिएन 978-0-595-35075-9।
  8. ↑ Fieldhouse, Paul (२०१७-०४-१७), Food, Feasts, and Faith (अङ्ग्रेजीमा), ABC-CLIO, पृ: 331, आइएसबिएन 978-1-61069-412-4।
  9. ↑ Knapp, Stephen (२००५), The Heart of Hinduism (अङ्ग्रेजीमा), iUniverse, पृ: 159, आइएसबिएन 978-0-595-35075-9।
  10. ↑ Hopkins, Steven P. (२००७-१०-१८), An Ornament for Jewels (अङ्ग्रेजीमा), Oxford University Press, पृ: 161, आइएसबिएन 978-0-19-804372-0।
  11. ↑ www.wisdomlib.org (२०१९-०१-१३), "Murari, Mura-ari, Murāri: 10 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०५।
  12. ↑ www.wisdomlib.org (२०१६-०८-०७), "Mukunda, Mukundā, Mukumda: 20 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०५।
  13. ↑ www.wisdomlib.org (२०१७-०४-२०), "Parthasarathi, Pārthasārathī, Pārthasārathi, Partha-sarathi: 4 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०५।
  14. ↑ www.wisdomlib.org (२०१२-०६-२९), "Madhusudana, Madhusūdana, Madhu-sudana: 20 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०५।
  15. ↑ www.wisdomlib.org (२०१२-०६-२९), "Gopala, Gopāla, Go-pala: 28 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०५।
  16. ↑ www.wisdomlib.org (२०१९-०१-०८), "Muralidhara, Muralīdhara, Murali-dhara: 9 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०५।
  17. ↑ www.wisdomlib.org (२०१८-०५-२५), "Patitapavana, Patitapāvana: 3 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०५।
  18. ↑ Easwaran, Eknath (२००४), Bhagavad Gita (अङ्ग्रेजीमा), Shambhala Publications, पृ: 258, आइएसबिएन 978-1-59030-190-6।
  19. ↑ www.wisdomlib.org (२०११-१२-१९), "Dayanidhi: 4 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०५।
  20. ↑ www.wisdomlib.org (२०२२-०१-१०), "Rukminipati, Rukmini-pati, Rukmiṇīpati: 1 definition", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०५।
  21. ↑ www.wisdomlib.org (२०१९-०१-०६), "Radhavallabha, Rādhāvallabha: 6 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०५।
  22. ↑ Hopkins, Steven P. (२००७-१०-१८), An Ornament for Jewels (अङ्ग्रेजीमा), Oxford University Press, पृ: 162, आइएसबिएन 978-0-19-804372-0।