सामग्रीमा जानुहोस्

कृष्णपङ्ख गङ्गाचिल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृष्णपङ्ख गङ्गाचिल
Larus fuscus
Larus fuscus graellsii
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: चरा
गण: Charadriiformes
परिवार: Laridae
वंश: Larus
Linnaeus, 1758
प्रजाति:
L. fuscus
वैज्ञानिक नाम
Larus fuscus
Linnaeus, 1758

कृष्णपङ्ख गङ्गाचिल (Larus fuscus) युरोपको आन्ध्र महासागरको तट क्षेत्रहरूमा पाइने गङ्गाचिलको ठुलो आकारको प्रजाति हो। यो प्रजाति हिउँदमा दक्षिण देखि पश्चिम अफ्रिका, उत्तर अमेरिकाको तटीय क्षेत्र तथा नेपाल लगायत एसियाक केही भूभागहरूमा बसाई सर्ने गर्छन।

कृष्णपङ्ख गङ्गाचिलको लम्बाइ ५१ देखि ६४ सेन्टिमिटर (२० देखि २५ इन्च), पङ्ख फैलाउँदा १२४ देखि १५० सेन्टिमिटर (४९ देखि ५९ इन्च) तथा तौल ४५२ देखि १,१०० ग्राम (०.९९६ देखि २.४२५ पाउण्ड) हुन्छ। भाले कृष्णपङ्ख गङ्गाचिलको औसत तौल ८२४ ग्राम (१.८१७ पाउण्ड) पोथीको औसत तौल ७०८ ग्राम १.५६१ पाउण्ड) हुन्छ। वयस्क कृष्णपङ्ख गङ्गाचिलको चुच्चोमा रातो थोप्लो भएको सुन्तले पहेँलो ठुंड, सेतो शरीर तथा कालो वा गाढा खरानी रङ्गको पङ्खेटा हुन्छ।

तस्विर सङ्ग्रह

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]