कृष्णमान श्रेष्ठ (खेलाडी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृष्णमान श्रेष्ठ (वि.सं. २०२२ - वि.सं. २०६९) नेपालका बक्सिङका प्रशिक्षक हुन्। धेरै वर्ष उनी बक्सिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी रहे।

जीवनी[सम्पादन गर्नुहोस्]

श्रेष्ठको जन्म वि.सं. २०२२ साल जेठ ८ गते भएको हो। उनको निधन वि.सं. २०६९ चैत १ गते त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौंमा भयो। उनी लामो समयदेखि नशासम्बन्धी रोगले पीडित थिए। उनको वि.सं. २०६९ चैत १ गते पशुपति आर्यघाटमा दाहसंस्कार गरियो। उनका श्रीमती एक छोरा र एक छोरी छन्।

सहभागिता[सम्पादन गर्नुहोस्]

सन् १९९१मा श्रीलङ्काको कोलम्बोमा आयोजित पाँचौ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक र सन् १९९५मा भारतको मद्रासमा आयोजित सातौँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई पदक दिलाएका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]