कृष्ण गौतम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय[सम्पादन गर्नुहोस्]

धादिङ जिल्ला अन्तर्गत कैरिनी गाएँमा जन्मिएका कृष्ण गौतम (२००५) प्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित छन् । मूलतः समालोचकका रूपमा उनको ख्याती रहेको पाइन्छ । उनका एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । वर्तमान समयमा उनी प्राध्यापन पेसामा संलग्न रहेको पाइन्छ ।[१]

साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]

गौतम आफ्नो अध्ययन कालदेखि नै साहित्यिक गतिविधिमा सक्रिय रहेको देखिन्छ । उनका समालोचनात्मक लेखहरू गरिमा, मधुपर्क, समष्टि, मिर्मिरे, प्रज्ञा आदिमा प्रकाशित छन् । आफ्नो अध्ययनलाई समालोचनात्मक कसीमा उतार्नु उनको विशेषता रहेको देखिन्छ ।

प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

  • देवकोटाका प्रबन्ध काव्य (समालोचना २०३८),
  • स्वर्णबिम्ब (उपन्यास २०४८),
  • नाच (कथासङ्ग्रह २०५०),
  • आधुनिक आलोचना : अनेक रूप अनेक पठन (समीक्षा २०५०),
  • पाश्चात्य महाकाव्य (२०५५),
  • रचनाको रोमान्स (२०५६)


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान