कृष्ण प्रसाद यादव

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कृष्णप्रसाद यादव नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ४१ वर्षीय यादवले विद्यार्थी राजनीति मार्फत २०३६ सालबाट राजनीतिक जीवन शुरु गर्नुभएको हो। त्यसपछिका विभिन्न प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहँदै आएका यादव हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ। यसअघि उहाँले पार्टीको रौतहट जिल्ला सदस्य तथा जिल्ला किसान सङ्घ सदस्यको जिम्मेवारी पूरा गरिसक्नुभएको छ। किसानको उत्थान नभएसम्म देशको उत्थान हुन सक्दैन भन्ने मान्यता राख्‍ने यादव पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा भएको प्रतिगमन विरोधी आन्दोलनमा पटक―पटक पक्राउ परी हिरासतमा रहनुभएको थियो। कृषि विज्ञानमा स्नातक यादव दुई छोरी एक छोराका पिता हुनुहुन्छ। उहाँ समाजसेवामा रुचि राख्‍नुहुन्छ र कृषिमा समेत संलग्न हुनुहुन्छ। जनतासँगको आफ्नो निकट सम्बन्ध र लोकतन्त्र प्रति पार्टीको प्रतिबद्धताले आफू संविधानसभामा विजयी भएको उहाँको विश्‍लेषण छ। संविधानसभामा गएर उहाँले प्रमुखतासाथ उठाउन चाहेका दुई मुद्दा हुन् ― क. शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने, ख. किसानहरूको समस्या समाधान गर्न वैज्ञानिक कृषि प्रणाली लागू गर्ने।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]