सामग्रीमा जानुहोस्

केसरी (रामायण)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केसरी
रामलाई भेट्दै गरेका केसरी र अन्य वानर प्रमुखहरू
आबद्धवानर
वासस्थानकिष्किन्धा
धर्मग्रन्थहरूरामायण
वंशावली
अभिभावकहरूवृहस्पति (पिता)
तारा (माता)
भाइबहिनीहरूभरद्वाज, कच
जीवनसाथीअञ्जना र अञ्जली
सन्तानहरूहनुमान
  • अञ्जलीतर्फबाट: मतिमान, श्रुतिमान, केतुमान, गतिमान, धृतिमान वा द्युतिमान

केसरी हिन्दु धर्मग्रन्थ रामायणमा उल्लिखित एक पुरुष वानरहिन्दु धर्मका एक पौराणिक पात्र हुन्। अग्नि पुराणब्रह्म पुराणका केही अंशहरूमा केसरीलाई देवगुरु बृहस्पतिका मानस पुत्र वा उनका अंशका रूपमा उल्लेख गरिएको छ।[] उनी हनुमानका पिता र अञ्जनाका पति हुन्।[]

हिन्दु धर्मग्रन्थहरूमा केसरीलाई प्रायः 'गुणवान्' र 'तपस्वी' वानरको रूपमा चित्रण गरिएको छ। हनुमानलाई प्रायः केसरी-नन्दन (केसरीका पुत्र) भनेर सम्बोधन गरिएतापनि हनुमानलाई वायुपुत्र मानिन्छ तर केसरीले उनलाई पिताको रूपमा संस्कार र सुरक्षा प्रदान गरेका हुन्। केसरी आफैंमा एक हात्ती जत्तिकै बलिया र सिंह जस्तै पराक्रमी भएकोले उनको नाम 'केसरी' (सिंह) रहन गएको मानिन्छ।

शक्तिशाली केसरीले सुमेरु पर्वतमा शासन गरिरहेका बेला, ब्रह्माले मनगर्भा नामक एक अप्सरालाई श्राप दिएर वानर बनाइदिएका हुन्छन्। पछि उनैले अञ्जनाको नाममा केसरीसँग विवाह गर्छिन्। लामो समयसम्म यो दम्पती नि:सन्तान रहिरहेका बेला अञ्जनाले सन्तान प्राप्तिका लागि वायुको तपस्या गर्छिन्। शैव परम्परा अनुसार, रामको रूपमा अवतार लिन लागेका विष्णुलाई रावण वध गर्न मद्दत गर्ने छोरा जन्माउन अनुरोध शिव समक्ष गरिन्छ। शिव र पार्वतीले वानरको रूप धारण गरी संसर्ग गर्छन्। जब वायु प्रकट भए, दम्पतीले आफ्नो उपस्थिति जनाउँदा पार्वतीले भने आफ्नो गर्भमा रहेको सन्तानको बारेमा बताउँछिन्। पार्वतीले वानर रूपको भ्रूणलाई कैलाश लैजान अस्वीकार गर्छिन्। शिवको निर्देशन अनुसार, पार्वतीले उक्त सन्तान वायुलाई सुम्पिएपछि त्यसलाई अञ्जनाको गर्भमा स्थानान्तरण गरेपछि हनुमानको जन्म हुन्छ।[]

पछिल्लो जीवन

[सम्पादन गर्नुहोस्]

बालीसुग्रीवका पिता, राजा ऋक्षराजको अनुरोधमा केसरी, अञ्जना र बालक हनुमान किष्किन्धा बसाइँसराइ गर्छन्। केसरी सुमेरु पर्वतमा शासन गर्नुका साथै त्यहाँका मुख्य सेनापति बन्छन्। उनी सुग्रिवको सेनाका एक प्रमुख सेनापति हुन् र एक सम्मानित व्यक्तित्वका साथै सबै वानरहरूद्वारा सम्मानित पात्र हुन्। उनी भालुहरूका राजा तथा ब्रह्माका पुत्र जाम्‍बवानका मित्र हुन्। आफ्नो जीवनको पछिल्लो कालखण्डमा, उनले देवी सीतालाई मुक्त गर्नका लागि रावण विरुद्ध भगवान रामको वानर सेनाको साथमा लडे र धेरै शक्तिशाली राक्षसहरूको वध गर्छन्। युद्धमा रामको विजय पश्चात् राम अयोध्या फर्केर राजा बन्छन् भने केसरीलाई पनि विशेष सम्मानका साथ बिदाइ गरिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. wisdomlib.org (२०२१-०८-१३), "The story of Kesari (Monkey characters, part 3) [Chapter 3.9]", wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४
  2. Keśavadāsa; Krishna Prakash Bahadur (१ जनवरी १९७६), Selections from Rāmacandrikā of Keśavadāsa, Motilal Banarsidass Publ., पृ: २२, आइएसबिएन 978-81-208-2789-9, अन्तिम पहुँच १४ जुलाई २०१२
  3. wisdomlib.org (२०१४-०८-०३), "Keshari, Keśarī, Kesarī, Kesari, Keśāri, Kesha-ari: 28 definitions", wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४