सामग्रीमा जानुहोस्

के अन्नामलाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्नामलाई कुप्पुसामी
अन्नामलाई (२०२४)
राज्य अध्यक्ष, भारतीय जनता पार्टी (तमिलनाडु)
कार्यकाल
१६ जुलाई २०२१  ११ अप्रिल २०२५
पूर्वाधिकारीएल. मुरुगन
उतराधिकारीनयनार नागेन्द्रन
उपाध्यक्ष, भारतीय जनता पार्टी (तमिलनाडु)
कार्यकाल
२९ अगस्ट २०२०  ७ जुलाई २०२१
व्यक्तिगत विवरण
जन्मअन्नामलाई
(1984-06-04) ४ जुन १९८४ (उमेर ४१)[]
नागरिकताभारतीय
जीवनसाथीअखिला स्वामीनाथन
सन्तान
अभिभावक(s)कुप्पुसामी काउन्डर
परमेश्वरी
मातृ शिक्षाप्रतिष्ठानPSG कलेज अफ टेक्नोलोजी, कोयम्बटुर
इण्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट, लखनऊ
पेशाराजनीतिज्ञ
व्यवसायपूर्व आईपीएस अधिकारी
कृषक

Deprecated parameter imagesize

अन्नामलाई कुप्पुसामी (Annamalai Kuppusamy; जन्म: ४ जुन १९८४) एक जना भारतीय राजनीतिज्ञ तथा पूर्व आईपीएस अधिकारी हुन्।[][]

प्रारम्भिक जीवन र परिवार

[सम्पादन गर्नुहोस्]

उनको जन्म १९८४ जुन ४ मा तमिलनाडु राज्यको करूर जिल्लाको तोट्टम्पट्टी गाउँमा कोङ्गु वेललार काउन्डर किसान परिवारमा भएको थियो। उनका पिता कुप्पुसामी र माता परमेश्वरी हुन्।[] उनले अखिला स्वामीनाथनसँग विवाह गरेका छन् र दुई सन्तान छन्।[]

उनले प्रारम्भिक शिक्षा करूरनामक्कल जिल्लाका विद्यालयहरूमा गरे। पछि उनले PSG कलेज अफ टेक्नोलोजी, कोयम्बटुर बाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरे। उनले इण्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट, लखनऊ बाट MBA गरे। उनी २०११ को UPSC परीक्षा उत्तीर्ण गरी IPS बने।[]

उनी तमिल, अंग्रेजी, कन्नडहिन्दी भाषामा दक्ष छन्।[]

प्रहरी सेवा

[सम्पादन गर्नुहोस्]

२०११ मा उनले कर्नाटक राज्यमा IPS अधिकारीको रूपमा सेवा सुरु गरे। उनले उडुप्पीचिक्कमगलुरु जिल्लाका SP रूपमा काम गरे। २०१८ मा बेंगलुरु सहरको दक्षिण क्षेत्रका उप-प्रहरी आयुक्त बने। २०१९ मा उनले स्वेच्छिक सेवा निवृत्ति लिए।[]

ढाँचा:स्रोत सूची

  1. T Muruganandham (८ जुलाई २०२१), "It's official: Former IPS officer Annamalai Kuppusamy is new chief of Tamil Nadu BJP", The New Indian Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ डिसेम्बर २०२३
  2. "तमिलनाडु भाजपा अध्यक्षमा अन्नामलाई नियुक्त", Hindu Tamil, ८ जुलाई २०२१, अन्तिम पहुँच १ डिसेम्बर २०२३
  3. "Ex-IPS officer Annamalai Kuppusamy appointed Karnataka BJP vice president", ANI news, २९ अगस्ट २०२०, अन्तिम पहुँच १२ फेब्रुअरी २०२४ अभिलेखिकरण २५ नोभेम्बर २०२२ वेब्याक मेसिन
  4. "Ex-IPS Officer Annamalai Kuppusamy Appointed Karnataka BJP Vice President", Businessworld, २९ अगस्ट २०२०, अन्तिम पहुँच १ डिसेम्बर २०२३
  5. "Why Annamalai was chosen over senior leaders to lead BJP in Tamil Nadu", The News Minute (अङ्ग्रेजीमा), १६ जुलाई २०२१, अन्तिम पहुँच २६ सेप्टेम्बर २०२१
  6. "Meet K Annamalai, the youngest Tamil Nadu BJP president ever", livemint, ८ जुलाई २०२१, मूलबाट ५ फेब्रुअरी २०२४-मा सङ्ग्रहित।
  7. "Bengaluru DCP 'Singam' Annamalai quits, says IPS officer's death made him 're-examine' life", The News Minute (अङ्ग्रेजीमा), २५ मे २०१९, अन्तिम पहुँच ३० अगस्ट २०२१
  8. "Annamalai Kuppusamy: Age, Biography, Education, Wife, Caste, Net Worth & More", Oneindia (अङ्ग्रेजीमा), अन्तिम पहुँच १० जनवरी २०२२
  9. "Ace IPS officer Annamalai puts in papers", Deccan Herald (अङ्ग्रेजीमा), २९ मे २०१९, अन्तिम पहुँच १ डिसेम्बर २०२३