कोइला ग्याँस
कोइला ग्यास भनेको कोइलाबाट बनेको ज्वलनशील ग्यास ईन्धन हो। यसलाई पाइप वितरण प्रणाली मार्फत उपभोक्तासम्म आपूर्ति गर्न सकिन्छ। यसको उत्पादन हावाको अभावमा कोइलालाई कडा रूपमा तताएर गरिन्छ। उपभोक्ता र शहरहरूमा बिक्रीका लागि उत्पादित ग्याँस ईन्धनलाई जनाउन शहरी ग्यास धेरै आम शब्द हो।[१]
कोइला ग्यास कोइला ग्यासीकरण प्रतिक्रियाबाट उत्पादन गरिन्छ,[२] र कार्बन मोनोअक्साइड र हाइड्रोजन मिश्रणको मात्राबाट यो ज्वलनशील हुन्छ। यसैले, कोइला ग्यास अत्यधिक विषाक्त हुन्छ।[३] अन्य संरचनाहरूमा अतिरिक्त क्यालोरिफिक ग्याँसहरू जस्तै मिथेन,[४] अस्थिर हाइड्रोकार्बन साथै थोरै मात्रामा गैर-क्यालोरिफिक ग्यासहरू जस्तै कार्बन डाइअक्साइड र नाइट्रोजन पनि पाइन्छ।
उत्पादन प्रक्रिया
[सम्पादन गर्नुहोस्]
कोइला ग्यास दुई प्रक्रियाबाट बनाउन सकिन्छः कार्बनीकरण वा ग्यासीकरण । कार्बनीकरनमा जैविक पदार्थलाई विघटन गराएर ग्याँस र चार उत्पादन गरिन्छ। ग्यासीकरण भनेको कच्चा पदार्थलाई रासायनिक प्रतिक्रिया गराएर ग्याँस बनाउने प्रक्रिया हो ।[५][६]
पहिलो प्रयोग गरिएको प्रक्रिया कोइलाको कार्बनीकरण र आंशिक पाइरोलिसिस थियो। उच्च-तापक्रम कार्बोनाइजेशन (कोक ओभनमा कोइलाको कोकिङ) मा निस्केको ग्याँस सङ्कलन गरियो। उक्त ग्याँसलाई सफाइ गरेर र ईन्धनको रूपमा प्रयोग गरियो।
प्लान्टको लक्ष्यको आधारमा, अन्तिम मुख्य उत्पादन उच्च गुणस्तरको कोक वा उच्च गुणस्तरको ग्याँस हुन्छ। कोकको उपयोग धातुविज्ञानको प्रयोग र परिक्षणको लागि हुन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Kirk-Othmer Encyclopedia of Chemical Technology।
- ↑ Shapley,Coal Gasification अभिलेखिकरण १३ अप्रिल २०२३ वेब्याक मेसिन, University of Illinois.
- ↑ Terry, Herbert (१४ जुलाई १८८१), "Coal-Gas Poisoning", The Boston Medical and Surgical Journal 105 (2): 29–32, डिओआई:10.1056/NEJM188107141050202।
- ↑ "coal gas | chemical compound | Britannica", www.britannica.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-०२।
- ↑ Beychok, M.R., Process and environmentals technology for producing SNG and liquid fuels, U.S, EPA report EPA-660/2-2-75-011, May 1975
- ↑ Beychok, M.R., Coal gasification and the phenolsolvan process, American Chemical Society 168th National Meeting, Atlantic City, September 1974