सामग्रीमा जानुहोस्

कोनार्ट आडनावर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोनार्ट आडनावर
सन् १९५२ मा आडनावर
जर्मनीको चान्सलर[]
कार्यकाल
१५ सेप्टेम्बर १९४९  १६ अक्टोबर १९६३
राष्ट्रपति
उप चान्सलर
पूर्वाधिकारीकार्यालय पुनर्स्थापना गरिएको
उतराधिकारीलुडभिस एर्हार्ट
परराष्ट्र मन्त्री
कार्यकाल
१५ मार्च १९५१  ६ जुज १९५५
कुलपतिस्वयं
पूर्वाधिकारीकार्यालय स्थापना गरिएको
उतराधिकारीहाइनरिस फोन ब्रेन्टानो
इसाई गणतान्त्रिक सङ्घका नेता
कार्यकाल
१ मार्च १९४६  २३ मार्च १९६६
बुन्डेसटाकका नेता
  • हाइनरिस फोन ब्रेन्टानो
  • हाइनरिस क्रोने
  • राइन बार्चेल
पूर्वाधिकारीकार्यालय स्थापना गरिएको
उतराधिकारीलुडभिस एर्हार्ट
संसदीय परिषद्को अध्यक्ष
कार्यकाल
१ सेप्टेम्बर १९४८  २३ मे १९४९
पूर्वाधिकारीकार्यालय स्थापना गरिएको
उतराधिकारीसमाप्त
कोलोनका नगरप्रमुख
कार्यकाल
४ मे १९४५  ६ अक्टोबर १९४५
पूर्वाधिकारीभिली सुट
उतराधिकारीभिली सुट
कार्यकाल
१३ अक्टोबर १९१७  १३ मार्च १९३३
पूर्वाधिकारीमाक्स भालराफ
उतराधिकारीगुन्ट राइजेन
प्रसियाली राज्य परिषद्का अध्यक्ष
कार्यकाल
७ मे १९२१  २६ अप्रिल १९३३
पूर्वाधिकारीकार्यालय स्थापना गरिएको
उतराधिकारीरोबर्ट ले
संसदीय निर्वाचन क्षेत्रहरू
बोनका लागि
बुन्डेसटाकका सदस्य
कार्यकाल
७ सेप्टेम्बर १९४९  १९ अप्रिल १९६७
पूर्वाधिकारीनिर्वाचन क्षेत्र स्थापना गरिएको
उतराधिकारीआलो हाउज
राइन जिग-क्राइसका लागि
लान्डटाक नोर्डहाइन-भेस्टफालेनका
सदस्य
कार्यकाल
२६ सेप्टेम्बर १९४६  १७ जुन १९५०
पूर्वाधिकारीनिर्वाचन क्षेत्र स्थापना गरिएको
उतराधिकारीकुर्ट कोर्निलियस
व्यक्तिगत विवरण
जन्म
कोनार्ट हेरमान योजेफ आडनावर

(१८७६-०१-०५)५ जनवरी १८७६
कोलोन, जर्मनी
मृत्यु१९ अप्रिल १९६७(1967-04-19) (उमेर ९१)
रोनडोर्फ, पश्चिम जर्मनी
चिहानभाल्टफ्राइडहोफ, रोनडोर्फ, बाट् होनेफ
राजनीतिक दलजर्मनेली केन्द्र पार्टी (सन् १९०६–१९३३)
जर्मनेली इसाई गणतान्त्रिक सङ्घ
(सन् १९४५–१९६७)
जीवनसाथीहरू
  • एमा भाइया
    (
    वि १९०४; मृत्यु १९१६)
  • आगुस्टे चिन्स
    (
    वि १९१९; मृत्यु १९४८)
सन्तान
मातृ शिक्षाप्रतिष्ठान
  • फ्राइबर्ग विश्वविद्यालय
  • म्युनिख विश्वविद्यालय
  • बोन विश्वविद्यालय
हस्ताक्षर

कोनार्ट हेरमान योजेफ आडनावर (५ जनवरी १८७६ – १९ अप्रिल १९६७), जर्मनेली: [ˈkɔnʁaːt ˈhɛʁman ˈjoːzɛf ˈʔaːdənaʊɐ] ) सन् १९४९ देखि १९६३ सम्म पश्चिम जर्मनीको प्रथम चान्सलरको रूपमा कार्यभार सम्हालेका एक जर्मनेली राजनेता तथा राजनीतिज्ञ थिए। सन् १९४६ देखि १९६६ सम्म उनी जर्मनेली इसाई गणतान्त्रिक सङ्घका प्रथम नेता थिए भने उनको नेतृत्वमा देश प्रभुत्वशाली शक्ति बनेको थियो। आडनावरलाई युरोपेली सङ्घका संस्थापकहरू मध्ये एक मानिन्छ।

एक क्याथोलिकको रूपमा आडनावर, भाइमर गणराज्यमा जर्मनेली क्याथोलिक केन्द्र पार्टीका (डोयच चेन्ट्रुम्स पार्टी) एक प्रमुख राजनीतिज्ञको साथसाथै कोलोनका नगरप्रमुख (सन् १९१७–१९३३) र प्रशिया राज्य परिषद्को अध्यक्षको रूपमा काम गरेका थिए। सङ्घीय गणतन्त्रात्मक राज्यको प्रारम्भिक वर्षहरूमा उनले देशलाई नाजीकरणबाट बाहिर निकाल्न र देशको पुनरुत्थानका लागि फ्रान्स, बेलायतसंयुक्त राज्यसँग नजिकको सम्बन्ध कायम गर्न प्रमुख भूमिका निर्वाह गरेका थिए।[] सत्तामा रहँदाका वर्षहरूमा उनले दोस्रो विश्वयुद्धको विनाशबाट पश्चिम जर्मनीको अर्थतन्त्रलाई पुनर्स्थापन गरी यसलाई बजार-आधारित उदार लोकतन्त्र, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र आर्थिक समृद्धि सहित देशलाई युरोपमा केन्द्रीय स्थानमा पुर्‍याउने प्रयास गरेका थिए।[]

  1. आडनावरले कानुनी रूपमा चान्सलरको उपाधि प्राप्त गरेको भएतापनि जर्मनीको विभाजनका कारण उनी सपूर्ण जर्मनीका चान्सलर थिएनन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Konrad Adenauer (1876–1967)", मूलबाट २६ डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०१९
  2. Richard Hiscocks, The Adenauer era (1975) p. 290

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]