कोहट सहर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
{{{official_name}}}

कोहट उर्दू: کوہاٹ)

पाकिस्तानको खैवर पख्तूनख्वा प्रदेशमा रहेको कोहट जिल्लाको सदरमुकाम सहर हो । यो सहर पश्तोका बङ्गस जनजातिहरूको सहरका रुपमा रहेको छ जो यस सहरमा १५ औं शताब्दी देखि बसोबास गर्दै आएका छन् । मध्य १९ औं शताब्दीमा यस सहर ब्रिटिस्ट साम्राज्यको शासनकालमा आएको थियो ।[१]

इतिहास[सम्पादन गर्ने]

भूगोल[सम्पादन गर्ने]

अवस्थिति[सम्पादन गर्ने]

कोहट उपत्यका

कोहट सहर पाकिस्तानको खैवर पख्तुनख्वाको कोहट जिल्लामा अवस्थित जुन समुन्द्री सतहबाट ४८९ मिटरको उचाइमा रहेको छ । यस सहरको उत्तर तर्फ कोहट दर्रा पर्छ भने यो सहर टोई नदिको बायाँ किनारमा छ जहाँबाट ८० किलोमिटर दुरी सम्म फैलिएको छ । कोहाट जिल्लाको कुल क्षेत्रफल २,५४५ वर्ग किलोमिटर रहेको छ । कोहट सहर अम्बाका लागि प्रख्यात छ ।

मौसम[सम्पादन गर्ने]

ग्रिष्म ऋतुमन टान्डा नदि

राष्ट्रिय निकुञ्ज[सम्पादन गर्ने]

टान्डा राष्ट्रिय निकुञ्ज[सम्पादन गर्ने]

टान्डा राष्ट्रिय निकुञ्ज कोहट सहरबाट केही दुरीमा रहेको छ । यो निकुञ्जको कुल क्षेत्रफल २८०० एकड छ जसमा टान्डा जलाशय छ जुन यहि सहरमा पर्छ । यो निकुञ्ज खैवर पख्तुनख्वाको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यस भित्र विभिन्न किसिमका जनावर, चराचुरुङ्गी र अनैठो रुख विरुवाहरू रहेका छन् । यो निकुञ्ज तिनवटा गाउँहरूले धेरेको छ जसमा बार, टान्डा बन्डा र खागजी रहेका छन् । यो निकुञ्जमा स्थानीय बासिन्दाहरूलाई घाँस काट्ने गाईवस्तु चराउने र दाउराहरू ल्याउने गर्नमा बन्देज गरिएको छ । यस निकुञ्ज विभिन्न किसिमका सङ्कटापन्न बन्यजन्तुहरू पाईन्छन् ।


यातायात[सम्पादन गर्ने]

रेल यातायात[सम्पादन गर्ने]

कोहट रेलवे स्टेसन र कोहट रेल लाईनको स्थापना सन् १८९७ मा सरुवात गरिएको थियो भने यसलाई सन् १९०२ मा पुणता दिइएको थियो । कोहट रेलवे स्टेसन कोहट-जन्ड रेलवेको अन्तिम रेल हो जसले दैनिक कोहट देखि रावलपिंडी सम्म जान्छ । यो रेलवे स्टेसन कोहट देखि थल सम्मको यात्रा गर्ने रेलको अन्तिम स्टेसन हो जसको चौडाइ मात्र २ फिट ६ इन्च रहेको छ । यस रेल सेवालनई सन् १९९१ मा बन्द गरिएको थियो ।

हवाई यातायात[सम्पादन गर्ने]

कोहट सहरमा ब्रिटिस्ट साम्राज्यको समयमा कोहट विमानस्थलको निर्माण गरेका थिए भनृ अहिले यो विमानस्थल पाकिस्तानी हवाई सेनाले प्रयोग गर्दै आएको छ । कोहट सहरमा आफ्नौ विमानस्थल नभएका करणले यस सहरले नजिकको सहर पेशावरको अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्दै आएको छ ।

सडक यातायात[सम्पादन गर्ने]

कोहट सहरको सबैभन्दा धेरै प्रयोग गरिने यातायातको माध्यम सडक हो । राष्ट्रिय राजमार्ग-५५ ले कोहट सहरलाई पेशावर र करनची जस्ता ठूला सहरहरूसँग जोडेको छ भने राजमार्ग-८० ले कोहट देखि देशको राजधानी ईस्लामाबाद सम्म जोडेको छ । कोहट सहरमा १.९ किलोमिटर लामो सुरुङ पनि रहेको छ जसलाई सन् २००४ मा पुण रुपमा निर्माण गरिएको थियो । यस सुरुङले खैवर पख्तुनख्वा प्रदेशको दक्षिण जिल्लाहरूसँग जोडेको छ । यस सुरुङलाई जापानी प्रबिधि द्वरा निर्माण गरिएको थियो जसका कारण यो सुरुङ दिगो र यातायातमा पनि सहजता मिलेको छ ।


शिक्षा[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "कोहट सहरको विवरण", गूगल बुक्स। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]