कौशिकी
| कौशिकी | |
|---|---|
कौशिकीको उत्पत्ति, देवी माहात्म्यको एक पाना, गुलर, हिमाचल प्रदेशबाट, लगभग १७५० वा सोभन्दा अघि। रेखाचित्र; जलरङ्ग। | |
| अन्य नामहरू | महासरस्वती, चण्डिका |
| आबद्ध | |
| वासस्थान | विन्ध्याचल, मणिद्वीप |
| मन्त्र | ॐ कौशिक्यै नमः |
| अस्त्र | त्रिशूल, घण्टी, धनुष र बाण, हलो, मुसल, शङ्ख, सुदर्शन चक्र |
| वाहन | सिंह |
| धर्मग्रन्थहरू | मार्कण्डेय पुराण, देवीभागवत पुराण, लक्ष्मी तन्त्र, शिव पुराण, देवी माहात्म्य, स्कन्द पुराण, त्रिपुरा रहस्य, कालिका पुराण |
| चाडपर्वहरू | नौरथा |
कौशिकी (संस्कृत: कौशिकी, शाअ 'कोषबाट निस्किएकी नारी',[१]) एक हिन्दु देवी हुन् जो पार्वतीको शरीरको कोषबाट प्रकट भएकी थिइन्।[२] असुर दाजुभाइ शुम्भ र निशुम्भलाई पराजित गर्नका लागि उनी पार्वतीको कोषबाट निस्किएकी थिइन् र उनी नै मातृकाहरूको अस्तित्वमा आउनुको कारण पनि थिइन्।
पौराणिक कथाहरू
[सम्पादन गर्नुहोस्]पुराण
[सम्पादन गर्नुहोस्]कौशिकीको कथा मार्कण्डेय पुराणको देवी माहात्म्यमा वर्णन गरिएको छ। देवी माहात्म्यका अनुसार, जब देवताहरूले देवी पार्वतीको स्तुति गरे तब उनको शरीरको कोषबाट देवी कौशिकी प्रकट हुन्छिन्। असुरहरूसँग लामो समयसम्म युद्ध गर्दा पार्वतीको वर्ण कालो भएको थियो। एक दिन, जब शिवले मुस्कुराउँदै देवीलाई 'काली' भनेर सम्बोधन गरेपछि पार्वतीले अपमानित महसुस गर्छिन्। उनले 'म आफ्नो कालो वर्ण परिवर्तन गर्न ब्रह्माको तपस्या गर्न जाँदैछु' भन्दै प्रस्थान गर्छिन्।
यसैबीच, शुम्भ र निशुम्भले देवताहरूलाई स्वर्गबाट निष्कासित गरिदिएका हुन्छन्। उनीहरू ब्रह्माका साथमा देवीको सहयोग माग्न हिमालयमा आउँछन्। ब्रह्माले पार्वतीलाई यस्तो घोर तपस्या किन गर्दैछिन् भनेर सोध्दा र पार्वतीले मलाई यो कालो रङ्ग मन पर्दैन जुन मेरो पतिलाई पनि मन पर्दैन भनेर जवाफ दिन्छिन्
तिनीहरू कुरा गर्दै गर्दा, पार्वतीको कालो छालाबाट एक दिव्य देवी प्रकट हुन्छिन्। पार्वतीको कोषबाट उत्पन्न भएकाले उनलाई कौशिकी भनिन्छ। आफ्नो कालो छाला त्याग गरेपछि, गोरो वर्णकी पार्वती 'गौरी' नामले चिनिन थाल्छिन्। देवी कौशिकी, जसलाई अम्बिका वा चण्डिका पनि भनिन्छ, महासरस्वतीको अवतार हुन्। उनका आठ हातहरू छन् भने उनको वाहन सिंह हो। उनी असुर दाजुभाइ शुम्भ र निशुम्भलाई मार्न हिमालय जान्छिन् र उनी मातृकाहरूको उत्पत्ति हुनुको कारण पनि बन्छिन्।[३]
चण्ड र मुण्ड नामक सेनापतिहरूले कौशिकीको झलक देखेपछि शुम्भलाई उनीसँग विवाह गर्न भन्छन्। मातृकाहरूको सहयोगमा, जसमा त्रिमूर्तिका स्त्री स्वरूपहरू ब्रह्माणी, वैष्णवी र माहेश्वरी, साथै वाराही, नारसिंही, शक्ति र उनको कालो स्वरूप चामुण्डा (काली) सम्मिलित थिए, कौशिकी र उनको सेनाले असुरहरूलाई परास्त गर्न र प्राकृतिक व्यवस्था पुनर्स्थापित गर्न घमासान युद्ध लड्छन्।[४]
शिव पुराणले कौशिकीलाई उग्रतारासँग जोड्दछ। यसमा उल्लेख भएअनुसार कौशिकीलाई उनको स्रोत पार्वतीका कारण मातङ्गी पनि भनिन्छ।
उहाँलाई नै उग्रतारिका र महान उग्रतारिका भनिन्छ। उहाँ जुन स्रोतबाट प्रकट हुनुभयो, त्यसैको आधारमा उहाँलाई मातङ्गी भनिन्छ।
— शिव पुराण, उमा संहिता, अध्याय ४७, श्लोक १५
कालिका पुराणले कौशिकीलाई देवी मातङ्गीको शरीरबाट जन्मिएको शक्तिको रूपमा वर्णन गरेको छ। देवीभागवत पुराणले कौशिकीलाई देवी पार्वतीको शरीरबाट बाहिर निस्किएको शक्तिको रूपमा वर्णन गर्दछ भने पुराणको सुरुमा उनलाई 'कौशिकी' भनिएको छ।[५][६][७][८][९]
हे राजा! जब पीडित देवताहरूले यसरी स्तुति गरे, तब देवीले आफ्नो शरीरबाट अर्को अत्यन्त सुन्दर रूप सिर्जना गर्नुभयो। यो सिर्जित रूप, अम्बिका देवी, सबै लोकमा कौशिकीको नामले चिनिन थाल्नुभयो, किनकि उहाँ देवी पार्वतीको शारीरिक कोषबाट बाहिर निस्कनुभएको थियो।
— श्रीमद् देवी भागवत, पाँचौँ स्कन्ध, अध्याय २३, श्लोक १:२

सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Bhattacharji, Sukumari; Sukumari (१९९८), Legends of Devi (अङ्ग्रेजीमा), Orient Blackswan, आइएसबिएन 978-81-250-1438-6।
- ↑ Mitter, Sara S. (१९९१), Dharma's Daughters: Contemporary Indian Women and Hindu Culture (अङ्ग्रेजीमा), Rutgers University Press, पृ: 78, आइएसबिएन 978-0-8135-1678-3।
- ↑ Bhattacharji, Sukumari; Sukumari (१९९८), Legends of Devi (अङ्ग्रेजीमा), Orient Blackswan, पृ: 29, आइएसबिएन 978-81-250-1438-6।
- ↑ Bhattacharji, Sukumari; Sukumari (१९९८), Legends of Devi (अङ्ग्रेजीमा), Orient Blackswan, पृ: 31–35, आइएसबिएन 978-81-250-1438-6।
- ↑ Wangu, Madhu Bazaz (२००३), Images of Indian goddesses : myths, meanings and models, New Delhi: Abhinav Publications, पृ: १८५, आइएसबिएन 81-7017-416-3।
- ↑ Jones, Constance A.; Ryan, James D. (२००७), "Virashaivas", Encyclopedia of Hinduism, New York, NY: Facts On File, पृ: ४८९, आइएसबिएन 978-0-8160-5458-9।
- ↑ Sinha, A. K. (२००९), Approaches to history, culture, art and archaeology, New Delhi: Anamika Publishers, पृ: ५००, आइएसबिएन 9788179752487।
- ↑ Mitter, Sara S. (१९९१), Dharma's daughters : contemporary Indian women and Hindu culture (2. print. संस्करण), New Brunswick, N.J.: Rutgers University Press, पृ: ७८, आइएसबिएन 0-8135-1677-3।
- ↑ Kinsley, David (१ डिसेम्बर १९७५), "Freedom from Death in the Worship of Kali", Numen 22 (3): 183–207, जेएसटिओआर 3269544, डिओआई:10.2307/3269544।