क्याडलिक बिस्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


यो एक प्रकारको एकदमै आरामदायी तथा सुविधा सम्पन्नताले भरिएको कार हो ।यो कार निक्कै लक्ज़री र हाइटेक प्रकारको रहेको छ।यस्तो प्रत्येक कार बनाउन करिब मिलियन डलर लाग्ने गर्छ।

विशेषता[सम्पादन गर्नुहोस्]

यो कारमा बम वा गोलीले कुनै पनि क्षति पुर्याउँदैन र सुरक्षाको हिबासले निक्कै भरपर्दो मानिन्छ। यो कारको सीसा यति बलियो छ की बम वा गोलीले समेत फुटाउन सक्दैन। कारको टायरमा सिन्थेटिक फाइबर प्रयोग गरिएको छ जुन बीच बाटोमै पड्किने वा फाट्ने कुनै डर हुँदैन। यदि फाटेमा कार रिङ मात्रे पनि सजिलै गुड्न सकन गरी बनाइएको छ। यसका साथै कारभित्रै अक्सिजनको दिन मिल्ने व्यवस्था गरिएको छ। 'क्याडलिक बिस्ट'को तौल करिब ८ टन रहेको छ भने यसको ढोकालाई पनि मजबुत तरिकाले बनाइएको छ जसलाई कुनै प्रकारको केमिकल वा बायोलोजिकल रियाक्सनले असर गर्न सक्दैन। ९६ किलोमिटर प्रतिघण्टाको गतिमा कुद्ने यो कारमा नाइट भिजन क्यामरा, साउण्ड प्रुफ, जीपीएस ट्याकिङ, गन, टीयर ग्यास सेल्स र स्याटालाइट कम्युनिकेशन सिस्टम समेत जडान गरिएको छ।

प्रयोग[सम्पादन गर्नुहोस्]

यो कारको प्रयोग हाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने गर्दछन्। यही कार यसअघि पूर्व राष्ट्रपति बाराक ओबामाले पनि यही कारको प्रयोग गरेका थिए।

ह्वाइट हाउसका अनुसार यस्तो प्रकारको कार राष्ट्रपति भवनमा केबल १२ वटा मात्रै रहेको छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]