सामग्रीमा जानुहोस्

क्यापिटल गेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Capital Gate
photo of a tall, glass, somewhat cylindrical building that starts out straight and leans to the left
Capital Gate in 2013
नक्सा
सामान्य विवरण
प्रकारव्यवसायिक, होटल
वास्तुकलाको ढाँचाDeconstructivism
स्थानअबु धाबी, संयुक्त अरब एमिरेट्स
निर्देशाङ्क२४°२५′०७″N ५४°२६′०५″E / 24.418637°N 54.434692°E / 24.418637; 54.434692
निर्माणकार्यको थालनीसेप्टेम्बर २००७
Topped-out२०१०
सम्पन्न२०११
स्वामित्वअबु धाबी नेसनल एक्जिबिसन कम्पनी
उचाइ
छाना१६० मी (५२० फिट)
प्राविधिक विवरण
तला३५
भुईँ तला क्षेत्र५३,१०० मी2 (५,७२,००० वर्ग फिट)
योजना तथा निर्माण
वास्तुकारRMJM
संरचनात्मक इन्जिनियरTJEG
मुख्य ठेकदारअल हब्तूर इन्जिनियरिङ इन्टरप्राइज
सन्दर्भ
"Emporis building ID 322929", Emporis, मूलबाट अप्रिल २१, २०१६-मा सङ्ग्रहित। 
"क्यापिटल गेट", SkyscraperPage 

क्यापिटल गेट, जसलाई अबु धाबी झुकेको टावर पनि भनिन्छ, अबु धाबीमा अवस्थित एक गगनचुम्बी भवन हो। यो १६० मिटर (५२० फिट) अग्लो, ३५ तला अग्लो छ र यहाँ १६,००० वर्ग मिटर (१७०,००० वर्ग फिट) प्रयोगयोग्य कार्यालय छ।[] क्यापिटल गेट यो सहरको सबैभन्दा अग्लो भवनहरू मध्ये एक हो र १८° पश्चिमतर्फ[] झुकाएको डिजाइन गरिएको थियो, जुन पिसाको झुकेको टावर चार गुणा भन्दा बढी हो। यो भवनको स्वामित्व र बिकास अबु धाबी राष्ट्रिय प्रदर्शनी कम्पनी द्वारा गरिएको थियो। टावर राजधानीको केन्द्रबिन्दु हो।

परियोजना समयरेखा

[सम्पादन गर्नुहोस्]
  • सेप्टेम्बर २००७ (२००७-०९): सुरु
  • नोभेम्बर २००७ (२००७-११): जगको लागि ड्रिलिङ सुरु
  • अप्रिल २००८ (२००८-०४): मुख्य वालको निर्माण
  • फेब्रुअरी २००९: फसाड सम्पन्न
  • मे २००९: भवनको उचाई १०० मिटर (३३० फिट) पुगेको
  • जुन २००९: झुकावले आकार लिन सुरु
  • अक्टोबर २००९: भवनको आखिरी उचाई १६० मिटर (५२० फिट) पुगेको
  • डिसेम्बर २००९: बाहिरी मुख्य संरचना सम्पन्न
  • जनवरी २०१०: स्प्ल्यासको पहिलो चरण सम्पन्न
  • फेब्रुअरी २०१०: भित्री निर्माण सुरु
  • मार्च २०१०: अबु धाबी राष्ट्रिय प्रदर्शनी केन्द्रतर्फ पुल निर्माण सुरु
  • अप्रिल २०१०: अट्रियम छाना निर्माण सुरु
  • २०११: निर्माण सम्पन्न
  • डिसेम्बर २१, २०११: उद्घाटन

विश्व कीर्तिमान

[सम्पादन गर्नुहोस्]

२०१० जुनमा, गिनिज वर्ल्ड रेकर्ड्स ले क्यापिटल गेटलाई विश्वको "सबैभन्दा टाढा झुकेको भवन" को मान्यता दियो। [] नयाँ कीर्तिमान अनुसार क्यापिटल गेट टावर १८° पश्चिम झुकाइएर बनाइएको छ।[] गिनिज अपोइन्टेड अवार्ड्स कमिटिले २०१० बाहिरी निर्माण पूर्ण भएपछि जिनिज विश्व कीर्तिमानको मान्यता दिएको थियो।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Capital Gate / RMJM", ArchDaily (en-USमा), २०१८-०४-२८, मूलबाट २०१८-०७-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०९-२७
  2. "Capital Gate", Abu Dhabi National Exhibitions Company (ADNEC), २०१०, मूलबाट ११ जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुन २०१० अभिलेखिकरण ११ जुन २०१० वेब्याक मेसिन
  3. "Farthest man-made leaning building", जनवरी २०१०, मूलबाट २०१८-०७-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०१८
  4. Architect, verb: the new language of building, London New York, २०२३।