क्रास्यु
क्रास्युको सन् २०१२ को चित्रण | |
| प्राणीको जानकारी | |
|---|---|
| अन्य नाम(s) | กระสือ, អាប आप, कुयाङ, पालासिक, ‘’क्याप्कुलाके’’ |
| समुह | पौराणिक प्राणी |
| उप-समूह | रात्रीचर, अ-मृत, प्रकाशमान |
| उत्पत्ति | |
| देश | थाइल्यान्ड, कम्बोडिया, लाओस, इन्डोनेसिया, मलेसिया, ब्रुनाई, सिङ्गापुर, फिलिपिन्स, म्यानमार, भियतनाम |
| क्षेत्र | दक्षिणपूर्वी एसिया (पूर्वी टिमोर बाहेक) |
क्रास्यु (थाई: กระสือ, pronounced [kra˨˩.sɯː˩˩˦]) दक्षिणपूर्वी एसियाको लोककथामा एक रात्रीचर स्त्री आत्मा हो। यो सामान्यतया युवा र सुन्दर महिलाको हावामा तैरिरहेको, छुट्टिएको टाउकोको रूपमा प्रकट हुन्छ जसको घाँटीबाट अन्तःअङ्गहरू जोडिएर तल झुन्डिएका हुन्छन्।[१]
क्रास्यु दक्षिणपूर्वी एसियाका विभिन्न क्षेत्रहरूमा पाइने समान पौराणिक प्राणीहरूको समूहमा पर्दछ। यी क्षेत्रीय भिन्नताहरू सबैमा साझा विशेषता भनेको घाँटीबाट झुन्डिएका अङ्गहरू सहित महिलाको अलग भएको टाउको हो। क्रास्युसँगै, कम्बोडियामा आप नामक (Khmer: អាប) प्रेत; लाओसमा कासु (लाओ: ກະສື, pronounced [kā.sɯ̌ː]); इन्डोनेसियामा कुयाङ (इन्डोनेसियाली: Kui'yang), पोक-पोक (इन्डोनेसियाली: Pok'Pok), वा लिएक (इन्डोनेसियाली: lei'yak), साथै पालासिक, पेलेसित वा पेनाङ्गल (मलय: Pe'nang'gal)रहेको मानिन्छ। यस प्रेतको फिलिपिन्सको टागालोग समुदाय अन्तर्गतको समकक्षी मनानाङ्गललाई मानिएको छ जसको तल्लो आधा शरीर अलग हुन्छ। मारानाओ मानिसहरूका लागि टाउको अलग हुने प्राणीलाई "कालिबादोत" भनिन्छ र भिसायनहरूले "ओक-ओक, उङ्गा-उङ्गा" वा वुग्वुग] (किनकि अङ्गहरू मध्य आकाशमा हल्लिँदा आवाज निकाल्छन्) भन्छन्। जापानको लोककथामा पनि योकाई प्राणीहरू नुकेकुबी र रोकुरोकुबी छन् जुन दक्षिणपूर्वी एसियाली समकक्षहरूसँग धेरै मिल्दोजुल्दो छन्।
थाई नृवंशविज्ञानी फ्राया अनुमान राजाधोनका अनुसार, क्रास्यु चम्किलो रूपमा प्रकट हुन्छ।[२] चमकको उत्पत्तिबारे प्रयास गरिएका व्याख्याहरूमा दलदल क्षेत्रमा मिथेनको उपस्थिति समावेश छ।[३] क्रास्यु प्रायः थाई लोककथाको पुरुष आत्मा क्राहाङसँगै बस्ने गरेको मानिन्छ।
यस आत्माको शरीरको तल्लो भाग नहुने भएकाले यो जमिनभन्दा माथि हावामा तैरिएर हिँड्ने गर्दछ। यसको घाँटीलाई विभिन्न तरिकाले प्रस्तुत गरिन्छ, जसमा कि त यसलाई केवल श्वासनली मात्र भएको देखाइन्छ वा कहिलेकाहीँ पूरै घाँटी नै समावेश गरिन्छ।[४] टाउको मुनिका अङ्गहरूमा सामान्यतया मुटु र आन्द्राको केही भागसहितको पेट समावेश हुन्छ[५] जसले गर्दा यस भूतको अतृप्त र खन्चुवा प्रकृतिको झल्को दिन्छ। थाई चलचित्र क्रास्यु भ्यालेन्टाइन मा यस भूतलाई फोक्सो र कलेजो जस्ता थप भित्री अङ्गहरूका साथ प्रस्तुत गरिएको छ तर ती अङ्गहरू निकै सानो आकारका र टाउकोको तुलनामा शारीरिक रूपमा अमिल्दा छन्।[६] भित्री अङ्गहरू कहिलेकाहीँ ताजा रगतले लतपतिएको[७] र चम्किरहेको रूपमा पनि देखाइन्छ।[८] आधुनिक प्रस्तुतिहरूमा यसका दाँतहरू प्रायः यक्ष (थाई: ยักษ์) वा भ्याम्पायर जस्तै तिखा दाह्रासहितको हुने गर्छन्।[९] चलचित्र आन्द्रा भुँडी खाने प्रेतात्माहरू (आधिकारिक रूपमा, क्रास्यु साओ) मा यसको टाउको वरिपरि एउटा प्रभावमण्डललाई देखाइएको छ।[१०]
क्रास्यु यस क्षेत्रका धेरै चलचित्रहरूको विषय बनेको छ जसमाक्रास्यु आमा (आधिकारिक रूपमा,កូនអើយ ម្តាយអាប) को नामले पनि चिनिने एक डरलाग्दो क्याम्बोडियाली चलचित्र पनि समावेश छ। खमेर रुज युगमा स्थानीय लोककथामाथि लगाइएको दमन र चलचित्र निर्माणको शून्यता पछि जनवादी गणतन्त्र क्याम्पुचियामा बनेको यो पहिलो चलचित्र हो।[११]
फिलिपिन्समा पनि यस्तै प्रकारको भूत छ, जसलाई मानानाङ्गल भनिन्छ। यो एक स्थानीय आत्मा हो जसले गर्भवती महिलाहरूलाई सताउने गर्दछ।[१२][१३][१४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Spirits, Thailand: Thaiworldview, २००८।
- ↑ Essays on Thai Folklore, Editions Duang Kamol, आइएसबिएन ९७४-२१०-३४५-३
- ↑ "Mthai News Reporter", मूलबाट २६ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१२। अभिलेखिकरण २६ मार्च २०२० वेब्याक मेसिन
- ↑ Krasue film posters
- ↑ "Movie poster", मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१२। अभिलेखिकरण ४ मार्च २०१६ वेब्याक मेसिन
- ↑ Krasue representation
- ↑ Krasue Sao book cover
- ↑ "Glowing Krasue", मूलबाट ३ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१२। अभिलेखिकरण ३ मार्च २०१६ वेब्याक मेसिन
- ↑ "Krasue Sawath ("กระसือสวาท"), Thai dubbed version of Hong Kong movie 'Witch with the Flying Head' film poster", मूलबाट १ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अगस्ट २०१२। अभिलेखिकरण १ मार्च २०२१ वेब्याक मेसिन
- ↑ Ghosts of Guts Eater scene
- ↑ Konm Eak Madia Arb film poster
- ↑ Alip, Eufronio Melo (१९५०), Political and Cultural History of the Philippines, Philippines: Alip & Brion Publications।
- ↑ Ramos, Maximo D. (१९७१), Creatures of Philippine Lower Mythology, Philippines: Phoenix Publishing, आइएसबिएन 978-971-06-0691-7।
- ↑ Bane, Theresa (२०१०), Encyclopedia of Vampire Mythology, USA: McFarland & Company, Inc., आइएसबिएन 978-0-7864-4452-6।
