सामग्रीमा जानुहोस्

क्रेटर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चन्द्रमामा अरिस्टार्कस र हेरोडोटस क्रेटरहरू, एपोलो १५ द्वारा लिइएको तस्बिर

क्रेटर भनेको कुनै आकाशीय पिण्डमा रहेको गोल वा लगभग गोलाकार खाल्डो हो जुन कुनै विस्फोटक ढङबाट बनेको हुन्छ, चाहे त्यो ज्वालामुखी विस्फोट होस्, अन्तरिक्षबाट खसेको उल्कापिण्ड होस्, वा जमिन भित्रको कुनै अन्य विस्फोट होस्। विस्फोटको कारण प्राकृतिक वा कृत्रिम हुन सक्छ (जस्तै आणविक बमको विस्फोट) हुन सक्छ।

यदि स्थिति अनुकूल छ भने, क्रेटर एउटा क्रेटर तालमा परिणत हुन सक्छ।[] यसको लागि क्रेटरमा तुलनात्मक रूपमा समतल र ठोस पर्खालहरू हुनु आवश्यक छ, र बाढीको पानी, वर्षा, हिउँ, मुहानहरू, वा अन्य भूमिगत पानी जस्ता पानीको स्रोत हुनु आवश्यक छ। [][]

शब्द उत्त्पति

[सम्पादन गर्नुहोस्]

अंग्रेजीमा "क्रेटर" शब्दको प्रयोग १७ औं शताब्दीमा मात्र सुरु भएको थियो, र यसको मूल शब्द ग्रीकबाट आएको हो।

क्रेटरका केहि प्रकार निम्नानुसार छन् -

प्रहार क्रेटर

[सम्पादन गर्नुहोस्]
  • प्रहार क्रेटर कुनै खगोलीय पिण्डमा सानो वस्तु धेरै उच्च गतिमा ठोक्किँदा बन्छ।

ज्वालिमुखी क्रेटर

[सम्पादन गर्नुहोस्]

ज्वालामुखि विस्फोटबाट बन्ने क्रेटर

ज्वालामुखी क्रेटर ज्वालामुखी गतिविधिको कारणले गर्दा जमिनमा रहेको कचौरा स्वरुपको खाल्डो हो, जुन सामान्यतया ज्वालामुखीको मुख माथि अवस्थित हुन्छ।[]

भूस्खलन क्रेटर

[सम्पादन गर्नुहोस्]

जमिनमुनि विस्फोट (प्रायः आणविक परीक्षण विस्फोट) को कारण जमिन भत्किँदा सिर्जना भएको

  • उम्लिरहेको लाभासँग पानी मिसिएर विस्फोट हुँदा बनेको मार (क्रेटर)

पिट क्रेटर गुफा वा खाल्डोमाथिको छाना भत्किँदा बनेको खाल्डो हो।

पिट क्रेटर बुध ग्रह, शुक्र,[][] पृथ्वी, मंगल ग्रह,[]चन्द्रमामा भेटिन्छ।[]

विस्फोट क्रेटर

[सम्पादन गर्नुहोस्]

जमिनमुनि विस्फोटबाट भग्नावशेष बाहिर निस्कँदा (अर्थात्, पहिरोबाट नबनेको) बनेको

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. John Arthur Thomson, Mountain and Moorland (1921), p. 33.
  2. Scott, William Berryman (१९२२), Physiography: The Science of the Abode of Man, New York: P.F. Collier & Son, पृ: 101, ओसिएलसी 7015885
  3. Science and Technology Encyclopedia, University of Chicago Press, २०००, पृ: 78, 131।
  4. "Volcanic Craters", nps.gov (अङ्ग्रेजीमा), National Park Service, अन्तिम पहुँच २०२२-१०-२१
  5. Davey, "Pit Crater Chain Clustering in Ganaki Planitia, Venus: Observations and Implications", lpi.usra.edu, LPSC।
  6. Davey, S.C.; Ernst, R.E.; Samson, C.; Grosfils, E.B. (८ जनवरी २०१३), "Hierarchical clustering of pit crater chains on Venus", Canadian Journal of Earth Sciences 50 (1): 109–126, डिओआई:10.1139/cjes-2012-0054, बिबकोड:2013CaJES..50..109D
  7. Wyrick, "Pit Crater Chains Across the Solar System", lpi.usra.edu
  8. "Planetary Analog Sites: 3. Pit Craters", University of Hawaii, ५ मार्च २०१५, अन्तिम पहुँच २३ फेब्रुअरी २०१९