क्लाउदिया सेन्बाउम
क्लाउदिया सेन्बाउम पार्दो | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|
२०२५ मा क्लाउदिया सेन्बाउम पार्दो | |||||||||
| ६६ औँ मेक्सिकोका राष्ट्रपति | |||||||||
| पदमा १ अक्टोबर २०२४ | |||||||||
| पूर्वाधिकारी | आन्द्रेस मानुएल लोपेस ओब्रादोर | ||||||||
| ८ औँ मेक्सिको सिटीको सरकार प्रमुख | |||||||||
| पदमा ५ डिसेम्बर २०१८ – १६ जुन २०२३ | |||||||||
| पूर्वाधिकारी | मीगेल आङ्खेल मान्सेरा | ||||||||
| उतराधिकारी | मार्टी बात्रेस | ||||||||
| ७ औँ त्लाल्पान को प्रतिनिधि मण्डल प्रमुख | |||||||||
| पदमा १ अक्टोबर २०१५ – ६ डिसेम्बर २०१७ | |||||||||
| पूर्वाधिकारी | हेक्टर ह्युगो हर्नान्डेज रोडरीगेज | ||||||||
| उतराधिकारी | फर्नान्डो हर्नान्डेज पलासियोस | ||||||||
| सङ्घीय जिल्लाको वातावरण सचिव | |||||||||
| पदमा ५ डिसेम्बर २००० – १५ मे २००६ | |||||||||
| मेयर | आन्द्रेस मानुएल लोपेस ओब्रादोर | ||||||||
| पूर्वाधिकारी | अलेहान्द्रो एन्सीनास् रोद्रीगेस् | ||||||||
| उतराधिकारी | एदुआर्दो वेगा लोपेस् | ||||||||
| व्यक्तिगत विवरण | |||||||||
| जन्म | क्लाउदिया सेन्बाउम पार्दो २४ जुन १९६२ | ||||||||
| दल | मोरेना (सन् २०१४ - ) | ||||||||
अन्य राजनीतिक आबद्धता | पि.आर.डी (सन् १९८९–२०१४) | ||||||||
| दम्पतीहरू | |||||||||
| सन्तान | २ | ||||||||
| आमाबुबाहरू |
| ||||||||
| शिक्षा | न्यासनल अटोनमस युनिभर्सिटी अफ मेक्सिको (विज्ञानमा स्नातक, विज्ञानमा स्नातकोत्तर, विद्यावारिधि) क्यालिफोर्निया विश्वविद्यालय (विद्यावारिधि) | ||||||||
| हस्ताक्षर | |||||||||
| |||||||||
क्लाउदिया सेन्बाउम पार्दो (जन्म २४ जुन १९६२) एक मेक्सिकन वैज्ञानिक र राजनीतिज्ञ हुन् जो सन् २०२४ देखि ६६औँ मेक्सिकोको राष्ट्रपतिका रूपमा कार्यरत छिन्। उनी सन् २०१८ देखि २०२३ सम्म मेक्सिको सिटीको सरकार प्रमुख अर्थात् मेयर थिइन्। उनी मेक्सिको सिटीको प्रमुखमा निर्वाचित हुने पहिलो महिला र पहिलो यहुदी व्यक्ति हुन्।[१][२] उनी मोरेना (नेसनल रिजेनेरेसन मुभमेन्ट) दलकी सदस्य हुन्।[३][४] सेन्बाउमले सन् २०२४ को मेक्सिकी आम निर्वाचनमा राष्ट्रपतिका लागि सफलतापूर्वक प्रतिस्पर्धा गर्दै शानदार जित हाँसिल गरिन्। उनी राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला र पहिलो यहुदी व्यक्ति हुन्।[५][६]
प्रारम्भिक जीवन
[सम्पादन]क्लाउदिया सेन्बाउम पार्दोको जन्म मेक्सिको सिटीमा भएको थियो। उनका पिताका यहुदी हजुरबुबा-हजुरआमा १९२० को दशकमा लिथुआनियाबाट मेक्सिको सिटीमा बसाईँ सरी आएका थिए। उनका आमाबुबा दुवै वैज्ञानिक हुन्। उनकी आमा एक जीववैज्ञानिक र न्यासनल अटोनमस युनिभर्सिटी अफ मेक्सिकोको विज्ञान सङ्कायकी प्राध्यापक हुन् भने उनका बुबा एक रासायनिक इन्जिनियर हुन्। न्यासनल अटोनमस युनिभर्सिटी अफ मेक्सिकोमा विद्यार्थी छँदा उनी कोन्सेहो एस्टुडियान्टिल युनिभर्सिटारियो (विश्वविद्यालय विद्यार्थी परिषद्) की सदस्य थिइन्। उक्त समूहले पछि 'पार्टी अफ द डेमोक्रेटिक रिभोल्युसन' (लोकतान्त्रिक क्रान्ति पार्टी) स्थापना गर्न सहयोग पुर्याएको थियो। उनले क्यालिफोर्निया विश्वविद्यालय, बर्क्लेमा सन् १९९१ देखि १९९४ सम्म चार वर्षमा आफ्नो विद्यावारिधीको शोधकार्य पूरा गरिन्।
राष्ट्रपति काल (२०२४–वर्तमान)
[सम्पादन]सेन्बाउमले १ अक्टोबर २०२४ मा मेक्सिकोको ६६औँ राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरिन्।[७] उनी देशको पहिलो महिला र पहिलो यहुदी राष्ट्रपति बनेकी हुन्।[५][६] २ अक्टोबर २०२४ मा, त्लातेलोल्को नरसंहारको स्मृति दिवसको अवसरमा सेन्बाउमले एक आदेश जारी गर्दै उक्त नरसंहारका लागि देश जिम्मेवार रहेको स्वीकार गरिन् र पीडितहरूसँग सार्वजनिक रूपमा क्षमायाचना गरिन्। नोभेम्बर २०२४ मा, सेन्बाउमले राष्ट्रपतिका रूपमा आफ्नो पहिलो विदेश भ्रमण गर्दै रियो द जेनेरियोमा आयोजित जी-२० शिखर सम्मेलनमा सहभागिता जनाइन्। त्यहाँ उनले विश्वव्यापी सैन्य खर्चको १% रकम वन पुनःरोपण (पुनर्वनीकरण) प्रयासहरूमा लगाउने प्रस्ताव राखिन्।[८] सम्मेलनका क्रममा सेन्बाउमले तत्कालिन अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडो, चिनियाँ राष्ट्रपति सी जिन फिङ, र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्।[९] ६ नोभेम्बर २०२४ मा, सेन्बाउमले २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयी भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिइन्।[१०] मेक्सिकन आयातमा २५% भन्सार शुल्क (ट्यारिफ) लगाउने ट्रम्पको धम्कीपछि, उनले ट्रम्पलाई पत्र पठाउँदै यसले ल्याउन सक्ने आर्थिक क्षतिका बारेमा सचेत गराइन्।[११][१२][१३] अमेरिकी न्याय विभागले मेक्सिकन आपराधिक गिरोहहरूले प्रयोग गर्ने ७४% हतियार अमेरिकाबाटै आएको तथ्य सार्वजनिक गरेपछि, उनले अमेरिकाबाट मेक्सिकोका आपराधिक समूहहरूतर्फ हुने साना हतियारको प्रवाहप्रति पनि चिन्ता व्यक्त गरिन्।[१४] १ फेब्रुअरी २०२५ मा, ट्रम्पले भन्सार शुल्क थप्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि सेन्बाउमले भन्सार र गैर-भन्सार दुवै प्रकारका जवाफी कदम चाल्ने चेतावनी दिइन्।[१५] दुई दिनपछि, दुवै नेताहरूबीच एक महिनाका लागि भन्सार शुल्क रोक्ने सहमति भयो; जसमा सेन्बाउमले सीमामा १०,००० नेसनल गार्डका जवानहरू पठाउने र ट्रम्पले मेक्सिकोतर्फ हुने हतियार तस्करीविरुद्ध कारबाही गर्ने प्रतिबद्धता जनाए।[१६][१७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Mexico City elects first Jewish mayor", Jewish Telegraphic Agency, २ जुलाई २०१८, अन्तिम पहुँच २१ जुलाई २०२६।
- ↑ Weber, Jonathan (२०१८-०७-०२), "Mexico City elects first Jewish, female mayor", The Jerusalem Post, अन्तिम पहुँच २०२६-०७-२१।
- ↑ Zerega, Georgina (१२ जुन २०२३), "Claudia Sheinbaum dejará su cargo el 16 de junio para ser “la primera mujer en encabezar los destinos” de México" [Claudia Sheinbaum will leave her post the 16th of June to become "the first woman to lead the fate of the nation" of Mexico], El País (es-MXमा), अन्तिम पहुँच २१ जुलाई २०२६।
- ↑ "Mexico City mayor to step down to pursue historic bid for presidency", Reuters (अङ्ग्रेजीमा), १२ जुन २०२३, अन्तिम पहुँच २१ जुलाई २०२६।
- 1 2 Madry, Kylie; Valentine, Hilaire (२ जुन २०२४), "Mexico's Sheinbaum poised to become first woman president", Reuters।
- 1 2 "Sheinbaum poised to become Mexico's first female, Jewish president", Israel Hayom, जुन ३, २०२४, अन्तिम पहुँच जुलाई २१, २०२६।}
- ↑ "Por qué junio y octubre son las nuevas fechas clave para las elecciones 2024 de México", CNN en Español, २० जनवरी २०२४, मूलबाट २६ मार्च २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुलाई २०२६।
- ↑ Manetto, Francesco (२०२४-११-१९), "At G20 summit, Mexico's Sheinbaum defends allocating 1% of global military spending to reforestation", EL PAÍS English (en-usमा), अन्तिम पहुँच २०२६-७-२४।
- ↑ López-Castro, Por Fernanda (२०२४-११-१९), "Sheinbaum tuvo reuniones bilaterales con 6 presidentes en Cumbre del G20 en Brasil; así fueron los encuentros", infobae (es-ESमा), अन्तिम पहुँच २०२६-०७-२४।
- ↑ Camhaji, Elías (२०२४-११-०७), "Sheinbaum felicita a Trump para apagar el nerviosismo en México: "Tuvimos una llamada muy cordial"", El País México (es-MXमा), अन्तिम पहुँच २०२६-०७-२४।
- ↑ Morland, Sarah; O'Boyle, Brendan (२०२४-११-२७), "Mexican president warns Trump tariffs will kill jobs, hints at retaliation", Reuters, अन्तिम पहुँच २०२६-०७-२४।
- ↑ "Mexico's president warns Trump over threat to institute crippling tariffs", MSNBC.com (अङ्ग्रेजीमा), २०२४-११-२७, अन्तिम पहुँच २०२६-०७-२४।
- ↑ Villagran, Lauren, "Mexico's president sends warning over Trump's proposed tariffs", USA TODAY (en-USमा), अन्तिम पहुँच २०२६-०७-२४।
- ↑ "Sheinbaum usará informe de armas de EU en negociaciones con Trump", www.proceso.com.mx (spanishमा), अन्तिम पहुँच २०२६-०७-२४।
- ↑ Murray, Warren; Bekiempis, Victoria (२०२५-०२-०२), "Canada and Mexico hit back after Trump signs order for punishing tariffs", The Guardian (en-GBमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच २०२६-०७-२४।
- ↑ Phillips, Tom (२०२५-०२-०३), "Donald Trump and Mexican president announce one-month pause in US tariffs", The Guardian (en-GBमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच २०२६-०७-२४।
- ↑ Imbert, Fred; Mangan, Dan (२०२५-०२-०३), "Trump pauses Mexico tariffs for one month after agreement on border troops", CNBC (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०७-२४।