खजुरो
स्वरूप

खजुरो (अङ्ग्रेजी: centipede) एउटा माटोमा बस्ने आर्थ्रोपड हो जुन जमिनमा, खाल्डोमा कि रूखको बोक्रामुनि लुकेको पाइन्छ। यसको शरीर लामो र खण्डित हुन्छ र टाउकोमा दुईवटा धागोहरू पाइन्छन्। यसको हरेक खण्डमा दुईवटा खुट्टा जोडिएका हुन्छ। पहिलो जोडी खुट्टामा बिखालु नङ्ग्रो हुन्छ। संसारमा खजुरोका झन्डै ८००० वोटा प्रजातिहरू छन्। बच्चा जन्मेपछि, यसले आफुलाई डल्लो बनाएर आफ्ना सबै बच्चाहरूलाई सुरक्षित राख्ने गर्छ। टोकेको अवस्थामा, बेसार, कालो नुन, घिउ सबै मिसाएर टोकेको घाउमा लगाउनुहोस्। कानमा पसेमा, कालो नुन मिसाइएको पानी कानमा हाल्दा तुरुन्तै बाहिर निस्किन्छ।
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]येसलाई पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- कनसुत्लो