खड्क बहादुर बस्याल (सार्की)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


खड्क बहादुर बस्याल (सार्की)

समानुपातिक तर्फ नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने खड्कबहादुर बस्याल सार्की सुर्खेत, उत्तरगंगाका स्थायी बासिन्दा हुनुहुन्छ। २०२१ सालमा वामपन्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका सार्की नेपाली कांग्रेसमा २०३६ सालदेखि सक्रिय रहँदै आउनुभएको छ। आफ्ना बुबा देवबहादुर बस्यालको प्रेरणाबाट राजनीतिमा लागेका सार्की पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा लोकतान्त्रिक आन्दोलनमा लाग्दा मात्र २६ पटक पक्राउ पर्नुभएको थियो। २०५१ सालदेखि हालसम्म नेपाली काङ्ग्रेस सुर्खेत जिल्ला उपसभापति रहँदै आएका सार्की दलित संघका केन्द्रीय सह-अध्यक्ष समेत हुनुहुन्छ। यसअघि उहाँ दलित सङ्घ जिल्ला अध्यक्ष र पार्टी जिल्ला सदस्य रहिसक्नुभएको छ। एसएलसी सम्म अध्ययन गर्नुभएका सभासद सार्की आठ छोरी र एक छोराका पिता हुनुहुन्छ। समाजसेवा उहाँको रुचिको क्षेत्र हो र उहाँ कृषि तथा गृल उद्योगमा समेत संलग्न हुनुहुन्छ। "महाकाली मेटल वर्कसप"को सञ्चालन गरिरहनुभएका सार्की लगनशीलता र स्वाभिमानलाई विशेष महत्व दिनुहुन्छ। दलितहरूलाई राज्यका सबै अङ्गमा आरक्षण हुनुपर्ने मान्यता राख्‍ने सभासद सार्की संविधानसभामा पनि यसै मुद्दालाई प्रमुखतासाथ उठाउने बताउनुहुन्छ।

[१]

सन्दर्भ[सम्पादन गर्ने]