सामग्रीमा जानुहोस्

खड्गमान सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खड्गमान सिंह बस्न्यात
मन्त्री
राजश्रीराजा त्रिभुवन
व्यक्तिगत विवरण
जन्मवि.सं. १९६४
निधनवि. सं. २०५५
आर्यघाट
दलप्रचण्ड गोर्खा
नेपाल प्रजा परिषद

खड्गमानसिंह बस्न्यात एक नेपाली राणाबिरोधी राजनीतिज्ञ थिए।[]

सिंहको जन्म सन् १९०७ मार्चमा काठमाडौँ, नेपाल भएको थियो।[] डिल्लीबजारमा दिलिपसिंह वस्नेत र दीर्घकुमारीका छोरा थिए । उनले पटना विश्वविद्यालयबाट म्याट्रिक दिएपछि राणाविरोधी आन्दोलनमा लागे।[]

प्रचण्ड गोर्खा र जेलजीवन

[सम्पादन]

बि.सं १९८८ मा उनले खण्डमानसिंह, मैनाबहादुर, रङ्गनाथ शर्मा, उमेशविक्रम शाह आदि सँग मिलेर प्रचण्ड गोर्खा नामक गोप्य संगठन स्थापना गरे, जुन नेपालको सत्ताबाट राणा वंशलाई हटाउन सुरु गरिएको थियो।[] तर एक सदस्यले त्यो कुराको भण्डाफोर गर्दा उमेशविक्रमलाई पाल्पा, अन्यलाई सर्वस्यसहित कारावास भयो। खण्डमानसिंह र मैनाबहादुर जेलमै मरे। २००७ सालमा खड्गमानसिंह छुटे र २० वर्षमा गलफन्दी र नेलबाट मुक्ति पाए।[]

२००७-२०१७

[सम्पादन]

सात सालको क्रान्ति २००७ माघमा खड्गमानसिंह रिहा भए। जेलमा उनी टंकप्रसाद सँगै बसेका थिए र उनीसँगै रिहा भए। जेलबाहिर आउनासाथ सर्वसाधारणको भीडले छोप्यो । उठाएर बोक्ने, अँगालो हाल्ने फूल दिने, माला लगाइदिने भयो। त्यहाँबाट नयाँ सडकको ढोकासम्म आउन दुई घन्टा लागेको थियो । यट्खा टोलमा आठ बजे राति पुग्दा भीडले जिन्दावादको नारा लगायो। त्यसपछि खड्गमान सिंहले ‘स्वर्गबाट हेर्नोस् हे वीर हो । जाग्यौं हामी कर्तव्य सम्झेर’ भन्ने गीत गाए । प्रचण्ड गोर्खामा आफू मात्र बाँकी रहेकाले र टंकप्रसादसँग जेल बसेकाले खड्गमान पनि प्रजापरिषद्मा प्रवेश गरे। उनको विवाह राजा त्रिभुवनकै नातेदार प्रजाराज्य लक्ष्मीसँग राजकीय सम्मानका साथ विवाह भयो।[] पहिलो मातृकाप्रसादको मन्त्रिपरिषद्मा उनी मन्त्री पनि भए। केशर सम्शेर जबराको परामर्शदातृ सरकारमा उनी परराष्ट्रमन्त्री बनेका थिए ।[]

२०१७-२०४६

[सम्पादन]

पञ्चायतमा अञ्चलाधीश हुँदै पाकिस्तान[], इरान[] र टर्कीका लागि शाही नेपाली राजदूत भए। सिंहकी श्रीमती प्रज्ञाराज्यलक्ष्मी सिंह राष्ट्रिय पञ्चायतकी उपाध्यक्ष पनि थिइन् ।

पछि आफू पञ्च नभएको र घरजग्गा नजोडेको भन्दै २०४६ सालको जनआन्दोलनलाई समर्थन गरे।

पुस्तक ‘जेलबाहिर बयालीस वर्ष’ मा लेखे ।

मृत्यु

[सम्पादन]

उनको मृत्यु २०५५ सालमा भएको थियो। प्रजापरिषद् र राष्ट्रिय झन्डामा ओडाएर आर्यघाटमा उनको अन्त्येष्टि भयो।

उनको मृत्यु क्षयरोग भएको थियो।

कार्यहरू

[सम्पादन]

सन्दर्भहरू

[सम्पादन]
  1. "प्रचण्ड गोर्खाको उत्खनन", Annapurna Post (नेपालीमा), मूलबाट १३ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ नोभेम्बर २०२१
  2. Who's Who-Nepal, 1992, १९९२, अन्तिम पहुँच १३ नोभेम्बर २०२१
  3. "खड्गमान सिंह – नइ एकेडेमी" (en-USमा), अन्तिम पहुँच २०२६-०६-२३ अभिलेखिकरण २०२६-०५-११ वेब्याक मेसिन
  4. The History of Constitutional Development of Nepal, 1948-1980, १९८१, अन्तिम पहुँच १३ नोभेम्बर २०२१
  5. सुवेदी, राजाराम (२०५०), "प्रचण्ड व्यक्तित्व", जनमत ५३: ७–१०।
  6. भट्टराई, मदनकुमार (फागुन २२, २०८१), "प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्", www.ratopati.com (Nepaliमा), अन्तिम पहुँच २०२६-०६-२३
  7. नारायण, गोविन्द (२००९ भाद्र १०), "श्री ५ महाराजाधिराजका सेक्रेटरीयट नारायणहीटी दरवार काठमाडौंको परामर्शदाताहरुको काम कर्तव्य", नेपाल गजेट
  8. अधिकारी, कल्याणविक्रम, "श्री ५ महाराजाधिराजबाट पाकिस्तानका लागि शाही नेपाली राजदूत पदमा श्री खड्गमान सिंहलाई नियुक्त गरिबक्सेको", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२६-०७-१९
  9. अधिकारी, कल्याणविक्रम, "श्री ५ महाराजाधिराजबाट शाही नेपाली राजदूत श्री विश्व प्रभानलाई युगोस्लाभियाका लागि र खङ्गमान सिंहलाई इरानका लागि पनि शाही नेपाली राजदूतमा नियुक्त गरिबक्सेको", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२६-०७-१९