खन्दोकार आशराफ होसेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खोन्दकार आशराफ होसेन
Portrait of a man standing in font of bookshelf
सन् २००८ मा होसेन
जन्म(१९५०-०१-०४)४ जनवरी १९५०
जयनगर, जामालपुर, ढाका, (पूर्वी पाकिस्तान (हाल बङ्गलादेश)
मृत्यु१६ जुन २०१३(2013-06-16) (उमेर ६३)
ढाका, बङ्गलादेश
निवासढाका, बङ्गलादेश
राष्ट्रियताबाङाली
शिक्षा
  • कलामा स्नातकोत्तर (भाषाविज्ञान)
  • कलामा स्नातकोत्तर (अङ्ग्रेजी)
  • विद्यावारिधि (अङ्ग्रेजी)
मातृ शिक्षाप्रतिष्ठान
  • लिड्स विश्वविद्यालय
  • ढाका विश्वविद्यालय
पेशा
  • कवि
  • निबन्धकार
  • अनुवादक
  • सम्पादक
  • प्रवक्ता
कार्यकालसन् १९८० को दशक-२०१२

खोन्दकार आशराफ होसेन (बङ्गाली: খোন্দকার আশরাফ হোসেন जन्म: ४ जनवरी १९५०, मृत्यु: १६ जुन २०१३) एक बङ्गलादेशी आधुनिक कवि, गद्य लेखक, साहित्यकार, विश्लेषक, सम्पादक, अनुवादक तथा प्राध्यापक थिए। उनले आफ्नो कार्यकालमा लगभग ८० कृतिहरू लेखेका थिए।[१][२]

बाल्यकाल तथा शिक्षा[सम्पादन गर्नुहोस्]

होसेनको जन्म सन् १९५० जनवरी ४ का दिन बङ्गलादेशको ढाकाको जमालपुर सदर उपजिल्लाको जयनगर गाउँमा भएको थियो। उनले ढाका विश्वविद्यालयबाट सन् १९७० मा बीए डिग्री र सन् १९७१ मा अङ्ग्रेजी भाषामा एमए डिग्री हासिल गरेका थिए। [३] उनले सन् १९७१ मा लिड्स विश्वविद्यालयबाट भाषाविज्ञानमा एमए हासिल गरेका थिए। उनले ढाका विश्वविद्यालयबाट अङ्ग्रेजी भाषामा विद्यावारिधि गरे भने उनले सन् १९८० मा लिड्स विश्वविद्यालयबाट अङ्ग्रेजी भाषाको अध्यापनमा स्नातकोत्तर डिप्लोमा हासिल गरेका थिए।

साहित्य जीवन[सम्पादन गर्नुहोस्]

होसेन ढाका विश्वविद्यालयमा अङ्ग्रेजी विभागका प्राध्यापक तथा अध्यक्ष थिए। सन् २०१३ मे मा उनी त्रिशाल, टाङ्गाइल जातियो कोबि काजी नजरुल इसलाम विश्वविद्यालयको तेस्रो कुलपतिको रूपमा नियुक्त भएका थिए।[४] उनी बिआरएसी विश्वविद्यालयको व्यवसायक सङ्घ संस्थानको समूहका तथा सङ्काय चयन समितिको सदस्य पनि भएका थिए। दशकौँ लामो अध्यापन कार्यकालमा उनी विद्यार्थी र उल्लेखनीयताको साथ आफ्नो अद्वितीय व्याख्यानको लागि आफ्ना विद्यार्थीहरू माझ अत्यधिक लोकप्रिय थिए। उनले थुप्रै बङ्गाली तथा अङ्ग्रेजी भाषाका कविता र निबन्ध सङ्ग्रहहरू प्रकाशन गरेका थिए। होसेन बङ्गालीबाट अङ्ग्रेजी र जर्मन, अङ्ग्रेजीबाट बङ्गालीमा अनुवाद गर्न सक्षम थिए। उनका कविताहरू अङ्ग्रेजी ,जर्मन, फ्रान्सेली, तेलगु र हिन्दीमा अनुवाद गरिएका छन्।[५] होसेनले एक साहित्यिक पत्रिका सम्पादन र प्रकाशित गर्ने गर्दथे जुन १९८५ मा बङ्गलादेशको नयाँ कवितामा केन्द्रित रहेको होसेन आफैले स्थापना गरेका थिए।[६] होसेनले सन् १९७० को दशकदेखि नागोरिक भन्ने नाटक समूहको संरक्षण गरे जुन बङ्गलादेश अग्रणी नाटक समूह हो जसमा होसेनले अध्यक्ष तथा नाटककार दुवैको रूपमा काम गरेका थिए।[७]

मृत्यु[सम्पादन गर्नुहोस्]

होसेनेको मृत्यु १६ जुन २०१३ का दिन दिउँसोको १२ बजे ढाकाको ल्याब-एड अस्पतालमा हृदयाघातका कारण भएको थियो।[८][९][१०] स्वास्थ्य जटिलताका कारण उनलाई १४ जुनदेखि ढाकाको ल्याबएड स्पेसलिइज्ड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।[११] उनी जुन १६, २०१३ का दिन बिहानको ८:३० बजे हृदयाघातको सिकार बनेका थिए भने उनको मृत्यु बिहानको ११ बजे भएको थियो।[१२] बिरामी होसेनको उपचार भइरहेको थियो जब उनको ६३ वर्षको उमेरमा मृत्यु भयो।

ग्रन्थतालिका[सम्पादन गर्नुहोस्]

प्रकाशित ग्रन्थ सङ्ख्या[सम्पादन गर्नुहोस्]

खोन्दकार आशराफ होसेन
bibliography
कविताहरू
अनुवादहरू९०
प्रबन्ध
सम्पादित
सन्दर्भहरू


कविता[सम्पादन गर्नुहोस्]

काव्य सङ्कलन[सम्पादन गर्नुहोस्]

  • নির্বাচিত কবিতা (১৯৯৫, বিশাকা)
  • কবিতা সমগ্র (২০০৫, শিখা প্রকাশনী, ২য় সংস্করণ ২০১০, জনান্তিক)
  • অন বেহুলাস রাফ্ট[१३]
  • বাংলাদেশের কবিতা: অন্তরঙ্গ অবলোকন (বাংলা একাডেমি)
  • চিরায়ত পুরাণ (ফ্রেন্ডস বুক কর্নার)
  • বিশ্বকবিতার সোনালি শাশ্ব (আগামী প্রকাশনী)
  • রোমান্টিক ও আধুনিক কবিতার অক্ষ-দ্রাঘিমা (নিউ এজ)
  • কবিতার অন্তর্জামী (নান্দনিক)
  • আধুনিক উত্তআধুনিক ও অন্যান্য
  • প্রসঙ্গ [१४]

अनुवाद[सम्पादन गर्नुहोस्]

  • টেরি ঈগলটন/সাহিত্যতত্ত্ব (মূল: নিউ এজ)
  • সফোক্লিসের রাজা ঈদিপাস (মূল: বিশ্বসাহিত্য কেন্দ্র)
  • ইউরিপিডিসের আলসেস্টিস (বিশ্বসাহিত্য কেন্দ্র)[१५]
  • ইউরিপিডিসের মিডিআ (বিশ্বসাহিত্য কেন্দ্র)
  • পাউল সেলানের নির্বাচিত কবিতা (জার্মান-বাংলা, বাংলা একাডেমি)
  • ডেভিড অ্যাবারক্রম্বির সাধারণ ধ্বনিতত্ত্ব

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Six Seasons Review (vol. 2, Number 3&4)", University Press Limited, २००२, आइएसबिएन 978-984-05-1652-0 
  2. "Anti-India forces involved in mutiny: Bangladesh author", The Times of India, ४ जनवरी २०१०।  वेब्याक मेसिन अभिलेखिकरण २५ अक्टोबर २०१२ मिति
  3. Khondakar Ashraf Hossain, Department of English, University of Dhaka = Archive.today अभिलेखिकरण १८ जुन २०१३ मिति
  4. "New VC at JKKNIU", The Independent, Dhaka, ७ मे २०१३, मूलबाट ২০ জুন ২০১৩-मा सङ्ग्रहित। 
  5. কবি খোন্দকার আশরাফ হোসেন আর নেই वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-३० मिति
  6. "Professor Dr. Khondakar Ashraf Hossain", bracu.ac.bd, BRACU, अन्तिम पहुँच मार्च ८, २०१८ 
  7. 104. Padma Meghna Jamuna - 207 208 - PADMA MEGHNA
  8. Zaynul Abedin (८ मार्च २०१५), "Khondakar Ashraf Hossain", The Daily Star (Bangladesh) (Dhaka), अन्तिम पहुँच २०१८-०३-०८ 
  9. "Khondakar Ashraf no more", bdnews24.com, ४ जनवरी १९५०, अन्तिम पहुँच २०१३-०६-१७ 
  10. "Prof. Ashraf Hossain passes away", The Independent (Dhaka), अन्तिम पहुँच २०१३-०६-१७ 
  11. "Prof Khondakar Ashraf Hossain passes away", The Daily Star, अन्तिम पहुँच २०१३-०६-१७ 
  12. "Professor Khondakar Ashraf Hossain dies", Dhaka Tribune, मूलबाट २६ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०६-१७ 
  13. "রবীন্দ্রনাথ ইয়েট্‌স গীতাঞ্জালি", अन्तिम पहुँच २०१८-०३-०८ [dead link]
  14. "On Behula's Raft: Selected Poems", uplbooks.com.bd, UPL Co., Ltd, २००८, अन्तिम पहुँच २०१८-०३-०८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-०९ मिति
  15. "বাঙালির দ্বিধা ও রবীন্দ্রনাথ এবং বিবিধ তত্ত্বতালাশ" (बाङ्लामा), अन्तिम पहुँच २०१८-०३-०८ [dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]