खप्तड राष्ट्रिय निकुञ्ज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
खप्तड राष्ट्रिय निकुञ्ज
Khaptad National Park - a piece of heaven.jpg
खप्तड राष्ट्रिय निकुञ्ज
खप्तड राष्ट्रिय निकुञ्जस्थानको नक्सा देखाउंदै
नेपालको नक्सामा खप्तड राष्ट्रिय निकुञ्ज अवस्थित क्षेत्र
रहेको स्थान नेपाल
नजिकको सहर बझाङ
निर्देशांक २९°१६′१२″ उत्तर ८०°५९′२४″ पूर्व / २९.२७०००° उत्तर ८०.९९०००° पूर्व / 29.27000; 80.99000निर्देशाङ्क: २९°१६′१२″ उत्तर ८०°५९′२४″ पूर्व / २९.२७०००° उत्तर ८०.९९०००° पूर्व / 29.27000; 80.99000
क्षेत्रफल २२५ किमी2 (८७ वर्ग माइल)
स्थापना बि . स २०४२
सरकारी संस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय

खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटीअछाम जिल्लाको संगम स्थलमा अवस्थित छ। यसको क्षेत्रफल २२५ बर्ग कि.मी. छ। यो बि.स २०४२ मा स्थापना गरिएको हो। यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्दछ। समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ १२ हजार फिट अग्लो खप्तड लेक। खप्तडमा पनि लिइन्छ। यो ५० वर्ष पहिले खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ हो | सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड डोटी अछाम बझाङ र बाजुराको संगमस्थल हो। खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्। खप्तड बाबाको कुटी त्रिवेणी नदी खापर दह शिव मन्दिर सहस्रिलंग गणेश मन्दिर नागढुंगा केदारढुंगाजस्ता धार्मिक स्थल निकै प्रख्यात छन्। सदियौँदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौँ तीर्थयात्री भेला हुन्छन्। त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन्। सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ। यहाँ २५ मैदान मात्र छैनन्, वरिपरि ५३ वटा थुम्काहरू छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ।किम्वदन्ती अनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन्।[१]

कसरी जाने[सम्पादन गर्ने]

खप्तड पुग्ने धेरै बाटो भएपनि डोटीको सिलगढीबाट जाने बाटो धेरै चल्तीमा रहेको छ। सिलगढी पुग्नका लागि पूर्व-पश्चिम राजमार्गको अत्तरिया, कैलालीबाट नौ घण्टाको बस यात्रा गर्नुपर्छ। अत्तरियाबाट सिलगढीको एकतर्फी बस भाडा ५५० पर्छ भने,नेपालगञ्जबाट १,००० पर्छ।अथवा नेपालगञ्जबाट हवाईजहाजबाट डोटी उत्रिन पनि सकिन्छ। तपाई हेलिकोप्टरको व्यवस्था गर्न सक्नुहुन्छ भने सोझै खप्तड अवतरण गर्न पनि सकिन्छ। सिलगढी- साँफेबगर सडकखण्डको शान्तिनगरबाट खप्तड क्षेत्र जोड्ने सडक निर्माण शुरु भएकाले केही वर्षमा खप्तडको बाहिरी क्षेत्रसम्म गाडी पुग्ने आशा गरिएको छ। गन्तव्यस्थलका रूपमा खप्तड चर्चित भए पनि यो निकै अप्ठ्यारो गन्तव्य मानिन्छ। ०४३ देखि ०६४ सम्ममा खप्तड पुग्ने विदेशी पर्यटकको सङ्ख्या २५२ थियो। यसैबाट खप्तड मेहनती र जाँगरिलाको गन्तव्य हो भन्ने थाहा हुन्छ। खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ व्याग, खाना पकाउने सामानसँगै लिएर जानु बेस हुन्छ। साथै, चाउचाउलगायतका ड्राइफुड पनि बोक्नु राम्रो। यहाँ बास बस्नका चार धर्मशाला भए पनि तिनको उचित व्यवस्थापन अभाव छ। दुई साना होटल मेलामा मात्रै खुल्छन्। सिलगढी बाट बग्लेक हुदै झिगराना चेकपोस्ट पूग्ने । त्यसपछि सिधा उकालो गय पछि बीचपानी त्यसपछि तीन् घन्टाको सीधा बाटो बाट खप्तड पुगिन्छ ।[१]

खप्तड़ बाबा आश्रम[सम्पादन गर्ने]

खप्तड़ बाबा आश्रम खप्तड़ राष्ट्रिय निकुञ्ज भित्र पर्छ। खप्तड़ बाबा यहि राष्ट्रिय निकुञ्ज भित्र पर्ने त्रिवेणी मा बस्दथे उनि एक महान् दार्शनिक, चिकित्सक, वैज्ञानिक, र ज्योतिषीका रूपमा चिनिन्छन।[१]

चित्र दिर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]